Music Therapy Workshop, Kids and their Parents,
Nurturing the Soul
Kalpavrikshya Satsang Studio
Kalpavrikshya Satsang Studio
"Nurturing the soul"
Banganga Municipality-2, Kapilvastu Nepal
Kalpavrikshya Satsang Studio
Banganga Municipality-2,Pipara Kapilvasatu Nepal
17/09/2024
https://youtu.be/ecOWTEE0GOg?si=vBuBsxCIZNP-ubpf
पितृ दाेष भयानक समस्या हाे ? पितृकाे उद्धार कसरी गर्नेे ? #pitridosh Acharya Kamal Poudel के पितृ दाेष भयानक समस्या हाे ? पितृकाे उद्धार कसरी गर्नेे ? Acharya Kamal Poudel
30/10/2023
Chandra Sajh at Laxman Ghat. Sadhana Chanting
20/10/2023
डिजिटल प्लेटर्फम मार्फत विश्वभर छरिएर रहनुभएका नेपालि ज्योतिष ,गुरुजन, पण्डित जी, पुरोहितहरू सम्पूर्ण लाई जोड्ने महाअभियानमा सहभागी बनौं।
म बन्दै छु स्मार्ट "पण्डित जी" तपाईं नि?
स्मार्ट बन्न चाहने र विश्व मा नै आफनो उपस्थिति जनाउन चाहनेले तलको लिँकमा क्लिक गर्नुहोस्।
Google Forms: Sign-in Access Google Forms with a personal Google account or Google Workspace account (for business use).
21/09/2023
https://www.youtube.com/watch?v=KlAcj9kjCmI&t=88s
जसले गर्दा जीवनमा असफलता, असन्तुष्टि, डर, चिन्ता, दुर्घटना, अमंगल, काममा अवरोध, निद्रा नलाग्ने, रात्रिमा पटक–पटक निद्रा टुट्ने, रातीमा भोक प्यास अधिक लाग्ने, सानो–सानो कुरामा घरमा क्लेष बढ्नु, खानामा पटक–पटक केश फेला पर्नु पितृदोषका लक्षणहरू हुन् । आकस्मिक परिघटनाहरू आउने, गर्भ नबस्ने, आदि हुने गर्दछन् यस्तो अवस्थामा मनुष्य विक्षिप्त बनेर मृत्युवरण गर्न पनि सक्छन् ।
पितृदोष के हो ? पितृदोष कसरी लाग्छ । पितृदोष कसरी हटाउने ? पितृलाई कसरी खुसी राख्न सकिन्छ ? #पितृदोष #श्राद्धपक्ष #श्राद्ध Disclaimer : Health Videos are for information only and shall not be treated as a replacement to consultation & me...
14/09/2023
कुशे औंसी सनातन हिन्दू परंपरामा भाद्र महिनाको अमावस्या (औंसी) का दिन मनाइने पर्व हो । सम्पूर्ण धार्मिक एवं पितृकार्यहरुमा प्रयोग गरिने कुशलाई वैज्ञानीक भाषामा (Eragrostis Cynosuroides) भनिन्छ l कुश एउटा धार्मिक आस्था बोकेको धारीलो घाँस हो । नेपालको तराईदेखि पहाडसम्म सहजै पाइने कुशको जराबाट विभिन्न प्रकारका औषधीहरु पनि बनाइन्छ । प्राचीनकालमा कुशको प्रयोग गुरुकुलदेखि राजदरवारसम्म पनि हुने गर्दथ्यो l वैदिक साहित्यमा यसको अनेकौं ठाउँमा उल्लेख पाइन्छ l
अथर्ववेदमा यसलाई क्रोधशामक र अशुभनिवारक बताइएको छ भने कौटिल्यको अनुसार यसबाट एक विशेष प्रकारको तेलपनि निकालिन्थ्यो l भावप्रकाशानुसार कुश त्रिदोषघ्न (कफ, वात, पित्त) र शैत्यगुण (शीत) विशिष्ट हो भने यसको जराले मूत्रकृच्छ्र, अश्मरी, तृष्णा, वस्ती र प्रदररोगसमेतमा पनि महत्वपूर्ण भूमिका निभाउंछ l
धार्मिकशास्त्रानुसार कुशको विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ त्यो धारण नगरी कुनै पनि धर्मकार्य गरिँदैन । कुश घरमा राख्नु मात्र पनि पवित्र मानिन्छ l
स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि l करौ सदर्भौ कुर्वीत तथा संध्याभिवादने l l
अर्थात् नुहाँउदा, जप गर्दा, दानगर्दा, पुजापाठ, पितृकार्यमा समेत प्रयोग हुने बहूपयोगी कुशलाई हिन्दू धर्मावलम्बिहरुले महत्वका साथ हेर्दछन् ।
कुशको उत्पत्त्ति कसरी भयो भन्ने संदर्भमा पौराणिक आख्यानहरु पनि पाइन्छन् l जब भगवान् श्रीहरिले वराह अवतार धारण गर्नुभयो तब हिरण्यकशिपुको सहोदर हिरण्याक्षको वध गरिसकेपछि पृथ्वीलाई जलबाट बाहिर निकाली उनको निर्धारित स्थानमा राख्नुभयो, त्यसपछि वराहले पनि आफ्नो प्रवृत्ति अनुसार शारीरमा लागेको पानी झार्दा संग-संगै शरीरको रौँ पनि पृथ्वीमा झरेको थियो l सोही रौँबाट कुशको उत्पत्ति भएको हो l स्वयं भगवान् वराहको रौँबाट उत्पन्न भएको कारणैले गर्दा कुशलाई अत्यन्त पवित्र मानिएको हो l
यस्तै, स्वस्थानीको कथाप्रसङ्गमा पनि वृन्दाले विष्णु भगवानलाई श्राप दिएकी थिइन् कि घाँस नुपरोस्, त्यही घाँस नै कुशरूपमा आएको भन्ने कुरा त्यहीं स्पष्ट छ । जसरी पनि भगवानसँग सम्बन्धित भएर धार्मिक कृत्य सम्पादन गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ ।
कुशको महिमालाई यथर्ववेद, श्रीमद्भगवद्गीता, गरुडपुराण, तथा विष्णुपुराणमा समेत वर्णन गरिएको छ । बिना कुशले गरिएको कर्म निष्फल मानिएको छ-
पूजाकाले सर्वदैव कुशहस्तो भवेच्छुचि: l कुशेन रहिता पूजा विफला कथिता मया l l
कुश संग्रह गर्ने विधि
धार्मिक मान्यतानुसार कुशमा साक्षात् ईश्वरको वास हुन्छ l संसारका सृष्टि, स्थिति र लयकर्ता ब्रह्मा, विष्णु र महेशको निवास कुशमा हुने गर्दछ l जरासहित कुश उखेल्ने शास्त्रीय विधान रहेको छ l किनभने कुशको अग्रभागमा रुद्र, मध्यमा केशव तथा मूलमा परमपिता ब्रह्माको निवास हुन्छ l त्यसैले कुश उखेल्दा निम्नस्थ मंत्र उच्चारण गर्दै प्रार्थना गर्नुपर्छ-
कुशाग्रे वसते रुद्र: कुशमध्ये तु केशव: । कुशमूले वसेद्ब्रह्मा कुशान् मे देहि मेदिनी ।।
विरञ्चिना सहोत्पन्नं परमेष्ठिन्निसर्गज: । हरतु सर्व पापानि दर्भ स्वस्तिकरो भव ।।
यस प्रकार प्रार्थना गरिसकेपछि कुश भएको स्थानमा गएर पूर्वोत्तर (इशानकोण) फर्की निम्नमंत्रको उच्चारण गर्दै कुश उखेल्नुपर्छ-
पूर्वं मंत्रं समुच्चार्य तत: पूर्वोत्तरा मुख: l हुँफट्कारेण मंत्रेण सकृच्छित्वा समुद्धरेत् l l
यसरी प्रार्थना गरेपछि "ॐ हुँ फट् स्वाहा" मन्त्र उच्चारण गरी कुशको फेदमा समाएर उखेल्नुपर्छ । यसरी विधिपूर्वक यस दिन उखेलेको कुश व्रत, दान, पुण्यकर्म, पूजा, श्राद्ध आदि कर्ममा वर्षदिनसम्म प्रयोग गर्न सकिन्छ । शास्त्रीय भाषामा ‘अयातयामा’ अर्थात् वर्षदिन सम्मका लागि यस दिन उखेलेको कुश बासी हुँदैन भनिएको छ । परदेश आदिको प्रवासमा या कर्मकालको अवस्थामा कुश नपाइएमा कास, जौ, दूबो, उशीर, कुन्द, गहुँ, धान, मूँज तथा बाबियोलाई पनि कुशसमान व्यवहारमा ल्याउन सकिन्छ भनी धर्मशास्त्रमा बताइएको छ । यस्तै यिनीहरूको अभावमा सुन, चाँदी र तामाको पनि प्रयोग गर्न सकिने शास्त्रवचन रहेको छ l यथा-
कुशाः काशा यवा दूर्वा उशीराश्च सकुन्दकाः । गोधूमा ब्रीहयो मौञ्जा दशदर्भाः सबल्वजाः ।।
कुशाः काशाः शरा दूर्वा यवगोधूमवल्वजाः । सुवर्णं राजतं ताम्रं दशदर्भाः प्रकीर्तिताः ।। इति
08/09/2023
अब पुरोहित नपाएर हैरान हुनु पर्दैन किनकि हामी छौं तपाईंको साथमा।
एक कल फोन को भरमा ,पुरोहित तपाईंको घरमा।
९७४५४४१७०७
हाम्रा सेवाहरु:
१. पुरोहित सेवा।
२. पूजा सामग्री प्याकेज।
३. विवाह, व्रतबन्ध, रुद्री पाठ ,जन्म दिवश मनाउने लगायत सम्पुर्ण कर्मकाण्ड संग सम्बन्धित सेवाहरु उपलब्ध।
४. वास्तु तथा ज्योतिष परामर्श।
५. पन्चेबाजा तथा नौमती बाजाको व्यवस्था।
६. अनलाईन पुरोहित सुबिधा।
नोट: हाल हाम्रो सेवा रुपन्देही र कपिलवस्तु जिल्लामा रहनेछ। शीघ्र नेपालका प्रमुख शहरहरुमा यो सेवा उपलब्ध गराउने जानकारी पनि गराउन चाहन्छौं।
अग्रिम बुकिङ अनिवार्य छ।
विस्तृत जानकारीका लागि सम्पर्क
कल्पवृक्ष सत्संग स्टूडियो प्रा .लि
- 9745441707
- 9821027707
02/09/2023
पण्डित र पुजासामाग्री सम्बन्धि कस्तो समस्या भोग्नु परेको छ?
कस्तो सुविधा भए हुन्थ्यो भन्ने चाहनुहुन्छ?
कृपया हामिलाई भन्नुहोस्।
समाधान लिएर आउँदै छौ हजुरहरुको माझमा।
अब पुरोहित नपाएर हैरान हुनु पर्दैन किनकि हामी छौं तपाईंको साथमा।
एक कल फोन को भरमा ,पुरोहित तपाईंको घरमा।
हाम्रा सेवाहरु:
१. पुरोहित सेवा
२. पूजा सामग्री प्याकेज
३. विवाह, व्रतबन्ध, रुद्री पाठ ,जन्म दिवश मनाउने लगायत सम्पुर्ण कर्मकाण्ड संग सम्बन्धित सेवाहरु उपलब्ध।
४. वास्तु तथा ज्योतिष परामर्श।
५. पन्चेबाजा तथा नौमती बाजाको व्यवस्था।
नोट: हाल हाम्रो सेवा रुपन्देही र कपिलवस्तु जिल्लामा रहनेछ। शीघ्र नेपालका प्रमुख शहरहरुमा यो सेवा उपलब्ध गराउने जानकारी पनि गराउन चाहन्छौं।
अग्रिम बुकिङ अनिवार्य छ।
विस्तृत जानकारीका लागि
कल्पवृक्ष सत्संग स्टूडियो प्रा .लि
९७४५४४१७०७
20/05/2023
एक दिने जीवन व्यवस्थापन तथा Career Counselling कार्यक्रम
Career Counselling and Life Management Program
Organizer: Kalpavrikshya Satsang Studio
Co-Organizer: Organic Devine Group
Educational Partner: New Horizon College, Butwal
सन्तान पढाइमा कमजोर भए भनेर गाली होइन कमजोरी हुनुको कारण थाहा हुनु आवश्यक छ,
त्यसैले संस्कारी ,ज्ञानी र अब्बल सन्तानका लागि हाम्रो अभियान
"संस्कारशाला"
हाम्रा कक्षा को बिशेषताहरु:
१. संस्कार सहित जीवनोपयोगी सीप का कक्षाहरु
२. मस्तिष्क तेज बनाउने योग कक्षा
३. स्मरण शक्ति तेज बनाउने टेक्निक सिकाइने
४. स्वस्थ मस्तिष्क र स्वस्थ शरीरका लागि डाईट प्लान
५. जिबनमा सुखी र खुसी हुने कला
६. पढेका कुरा सजिलै सम्झिने तरिका र उपाय सिकाइने
७. वाककला ,आत्मविश्वास र सकारात्मक चिन्तनमा वृद्धि
८. मोबाइल, टीभी र ल्यापटप काे अत्याधिक प्रयोगलाई कम गराउने उपायहरू
सन्तानका लागि लगानी ,उनीहरूको उज्ज्वल भविष्य नै हाम्रो आम्दानी।।
आफ्नो सिट आजै सुरक्षित गर्नुहोस्
सम्पर्क
कल्पवृक्ष सत्सङग् स्टुडियो
Kalpavrikshya Satsang Studio
वाणगंगा -०२, पिपरा, कपिलवस्तु
९७४५४४१७०७, ९८२१०२७७०७
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Banganga Municipality-2 Pipara Kapilvastu
Kapilvastu
32809
Opening Hours
| Monday | 06:00 - 18:00 |
| Tuesday | 06:00 - 18:00 |
| Wednesday | 06:00 - 18:00 |
| Thursday | 06:00 - 18:00 |
| Friday | 06:00 - 18:00 |
| Saturday | 06:00 - 18:00 |
| Sunday | 06:00 - 18:00 |