18/04/2026
त्रिभुवन आर्मी क्लबका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले आज कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् ।
कुनै पनि खेलको प्रशिक्षक, खेलाडी तथा खेल विशेषज्ञसङग प्रत्येक्ष खेलकुदको कुरा ।।।
18/04/2026
त्रिभुवन आर्मी क्लबका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले आज कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् ।
16/04/2026
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको आयोजनामा हाइ लेभल स्पोर्ट्स सेमिनार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । सेमिनारको औपचारिक उद्घाटन भने राखेपका सदस्य–सचिव रामचरित्र मेहताले शुक्रबार गर्नु हुने छ ।
सेमिनारमा राखेपमा कार्यरत विभिन्न १२ खेलका ३० प्रशिक्षक सहभागी छन् । उहाँहरुलाई सुशिलनरसिंह राणाले एप्लाइड सायन्स, जगदीश भट्टले मोटिभेसन र स्पोर्ट्स म्यानेजमेन्ट, सञ्जय महर्जनले स्पोर्ट्स न्युट्रिसन तथा लक्ष्मण अधिकारीले बायो मेकानिकल सम्बन्धी ज्ञान दिनु हुनेछ । सेमिनार बैशाख १२ गतेसम्म चल्ने छ ।
12/04/2026
राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ को उपाधि पुरुषतर्फ नेपाल एपीएफ क्लबले जित्दा महिलातर्फ त्रिभुवन आर्मी क्लब विजेता बनेको छ।
12/04/2026
नेपाली कराते खेलाडी एरिका गुरुङले कराते वान प्रिमियर लिगमा रजत पदक जितेकी छन् ।
चीनको सिचुवान प्रान्तस्थित लेसनमा आज भएको महिला ६८ केजीमाथि तौल समूहको फाइनलमा एरिका कजाखस्तानकी सोफिया बेरत्सेभासँग २–१ ले पराजित भइन् ।
11/04/2026
नेपालकी स्टार कराते खेलाडी एरिका गुरुङ चीनमा जारी कराते वान प्रिमियर लिगको ६८ केजी माथिको तौल समूहको फाइनलमा प्रवेश गरेकी छिन् ।
03/04/2026
२० औं एनएनआईपीए स्पोट्र्स अवार्ड
अयोजक : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ।
स्थान : चण्डेश्वरी मन्दिर परिसर, बनेपा नगरपालिका ।
अवार्ड विजेताहरु ः
सर्वोत्कृष्ट खेलाडी ः श्यान्टु श्रेष्ठ (टेबलटेनिस) र एरिका गुरुङ (कराते) ।
प्रतिभाशाली खेलाडी ः अभिषेक बराल (तेक्वान्दो) र स्वस्तिका तिरुवा (बक्सिङ) ।
गजराज जोशी आदर्श खेल व्यक्तित्व पुरस्कार ः भलिबल प्रशिक्षक कुमार राई ।
एनएनआईपीए खेल पत्रकारिता पुरस्कार ः उदिप्तसिंह क्षेत्री ।
वर्ष उत्कृष्ट पारा खेलाडीको अवार्ड ः प्रभा आङडेम्बे ( एथलेटिक्स) ।
वर्ष उत्कृष्ट खेलाडी अवार्ड ः एरिका गुरुङ (कराते), मीन कार्की (फेन्सिङ), तिलक पुन (आर्चरी), मौलिक महर्जन (ट्रायथलन), एर्विन श्रेष्ठ (पौडी), सुनिरा थापा (टेनिस), रशिला महर्जन (ब्याडमिन्टन), रविना चौधरी (कबड्डी), दीक्षा मगर (जुडो), प्रीति राई (फुटबल), अच्युटकृष्ण खरेल (साइक्लिङ),, सन्तोषी श्रेष्ठ (एथलेटिक्स), अमरेशकुमार यादव (कुस्ती), अभिषेक बराल (तेक्वान्दो), स्वस्तिका तिरुवा (बक्सिङ), शिवजी सिलवाल (उसु), सुमित्रा रेग्मी (भलिबल), निकेश रखाल मगर (बास्केटबल), सद्भाव आचार्य (गल्फ), दिलिप यादव (भारोत्तोलन), रविन चेपाङ (¥याफ्टिङ एन्ड क्यानोइङ), निलिमा पाण्डे (हक्की), निशा राई (ह्यान्डबल), सुमित तमखु (जिम्न्याष्टिक), श्यान्टु श्रेष्ठ (टेबलटेनिस) र लक्ष्मी राई (स्की) ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, सुवर्ण श्रेष्ठ र भानबहादुर चन्द, राखेपका सदस्य जगतसिंह धामी र जगत टमटा, बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य र उपमेयर विमला सापकोटा दाहाल, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलाडी संघका मानार्थ अध्यक्ष दीपक विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नु भयो ।
Pic : hamrokhelkud
01/04/2026
आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप–२०२६ खेल्ने ४८ वटै टोलीको टुङ्गो लागेको छ ।
30/03/2026
इटालियन मुख्य प्रशिक्षकमा गुग्लिएल्मो एरेनाले आइतबार लाओसविरुद्ध खेल्ने नेपाली राष्ट्रिय टोली घोषणा गरेका छन् । पहिलोपटक राष्ट्रिय टोली सम्हाल्ने अवसर पाएका प्रशिक्षक एरेनाले २३ सदस्यीय नेपालको टोली घोषणा गर्दा सिनियर खेलाडी अञ्जन विष्ट र एरिक विष्टलाई बाहिर राखेका छन् ।
25/03/2026
ब्रेकिङ - राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ३ महिनाका लागि निलम्बन गरेको छ।
08/03/2026
फुटबल खेलाडी संघले ३ बुँदे मागसहित एन्फा कम्पलेक्समा तालावन्दी गरेको छ ।
फुटबल खेलाडीहरु एन्फा परिसरमा विरोध गर्न पुगेको अवस्थामा प्रशिक्षक संघका पदाधिकारीले एन्फासँग वार्ता गर्न भन्दै ‘मध्यस्तकर्ता’ बन्न खोजेपछि खेलाडीहरुको असन्तुष्टि ।
03/03/2026
नेपाली राष्ट्रिय यू–२० टिमकाे घाेषणा ।।।
मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले धरवेन्द्र कुँवरको कप्तानीमा प्रतियोगिताका निम्ति २३ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेका छन् ।