07/11/2025
♟️ शोक सन्देश 🌺
यस माउन्ट एभरेस्ट चेस एण्ड सोसिएल क्लबका अध्यक्ष, श्री मोहन कार्कीज्यूको असामयिक निधनबाट हामिलाई गहिरो आघात पुगेको छ।
श्री कार्कीज्यू नेपालमा बुद्धिचाल खेलको एक प्रेमी, एक प्रेरणा र एक अग्रणी व्यक्तित्व थिए। वंहाको अथक परिश्रम, दूरदर्शी नेतृत्व र बुद्धिचाललाई प्रवर्द्धन गर्ने अटूट समर्पणले नै यस खेललाई गोकर्णेश्वरमा नयाँ उचाइमा पुर्याएको थियो। माउन्ट एभरेस्ट चेस एण्ड सोसिएल क्लबलाई एक सशक्त संस्था बनाउनुको साथै युवा प्रतिभाहरूलाई प्रोत्साहन दिंदै आउनुभएको योगदान सदैव स्मरणीय रहनेछ।
हामी सम्पूर्ण क्लब सदस्यहरू तथा नेपाली बुद्धिचाल जगतको तर्फबाट दिवंगत आत्मालाई श्रद्धाञ्जली अर्पण गर्दछौं र शोकाकुल परिवारज्यूहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।
आर्थिक तथा स्रोतको कमि हुदां पनि छोटो समयमै वहॅाको कार्यकालमा भएका केहि महत्वपुर्ण उपलब्धिहरु:
१. यस क्लबको स्थापना तथा चेस खेलबाट समाजमा योगदान दिने दुरद्रिष्टि
२. मेयर कप र्यापिड चेस टुर्नामेन्ट
३. मेयर कप क्लासिकल चेस टुर्नामेन्ट
४. नेपालि खेलाडिलाई ग्रान्डमास्टर संग अनलाईन सिमुलटेनियस तथा प्रशिक्षण
५. विभिन्न राष्ट्रिय खेलाडिहरु तथा चेस खेलका अग्रजहरुलाई सम्मान
६. गोकर्णेश्वर नगरमा रहेका बिभिन्न स्कुल तथा अन्य स्थान (जस्तै मेलम्चि, सांखु आदि)मा समेत चेसको प्रतियोगिता तथा प्रशिक्षण
७. देश भित्र हुने गरेका बिभिन्न चेस टुर्नामेन्टमा क्लबको तर्फबाट सहभागिताको लागि व्यक्तिगत तर्फबाट पनि धेरै हौसला तथा सहयोग
८. गोकर्णेश्वरमा बिध्यार्थीलाई चेस प्रशिक्षणको सुरुवात, आदि…
साथै भविष्यमा धेरै भन्दा धेरै चेस प्रतियोगिता तथा प्रशिक्षण गरि समाजमा योगदान दिने वंहाको सपना रहेको हुदां यस क्लब वंहाको त्यो सपना साकार पार्दै वंहा प्रति श्रद्धाञ्जली अर्पण गर्ने द्रिढता व्यक्त गर्दछौं।
सम्पूर्ण माउन्ट एभरेस्ट चेस एण्ड सोसिएल क्लब परिवार!
-————-—————————-
Condolence Message
It is with profound grief and a deep sense of loss on the untimely demise of Mr. Mohan Karki, the President of the Mt. Everest Chess and Social Club.
Mr. Karki was a pillar, an inspiration, and a pioneering figure for the game of chess in Nepal. His tireless efforts, visionary leadership, and unwavering dedication to promoting chess elevated the game to new heights. His contributions in building the Mt. Everest Chess and Social Club into a robust institution, while consistently nurturing young talents, will forever be remembered.
On behalf of all the club members and the Nepali chess fraternity, we pay our heartfelt tributes to the departed soul and extend our deepest condolences to the bereaved family. Our prayers are with you, that you may find the strength to bear this immense sorrow and loss.
May his soul rest in eternal peace.
The entire Mt. Everest Chess and Social Club Family
♟️ 🌺
23/10/2025
25/03/2025
10/03/2025
04/03/2025
27/02/2025
25/02/2025
12/02/2025