21/01/2026
अष्टांग योग { Ashtanga Yoga }
Eight limbs of Yoga योग के 8 चरण 🧘📶
यमनियमासनप्राणायामप्रत्याहारधारणाध्यान समाधयोsष्टावङ्गानि।। (योगसूत्र- 2.29)
1. यम - पांच सामाजिक नैतिक नियम
✓अहिंसा : वाणी से, विचारों से और कर्मों से किसी भी जीव जगत को हानि नहीं पहुँचाना।
✓सत्य: मन, वचन और कर्म से सत्यता का पालन करना ।
✓अस्तेय : चौर्य प्रवृत्ति से निवृत्ति अर्थात् चोरी इत्यादि ना करना।
✓ब्रह्मचर्य :चेतना को ब्रह्म के ज्ञान में स्थिर करना या सभी इन्द्रिय-जनित सुखों में संयम बरतना ।
✓ अपरिग्रह : आवश्यकता से अधिक का संचय नहीं करना और दूसरों की वस्तुओं को प्राप्त करने की इच्छा ना करना।
2. नियम - पाँच व्यक्तिगत नैतिक नियम
√ शौच : शरीर और मन की शुद्धि ।
√ सन्तोष: जो कुछ जीवन में प्राप्त हैं उसमें संतुष्ट रहना।
√ तप: द्वन्दों को सहन करना, स्व अनुशासन में रहना।
√ स्वाध्याय: गुरुओं द्वारा रचित ग्रंथों को पढ़ना और आत्मचिंतन, आत्म निरीक्षण करना।
√ ईश्वर-प्रणिधान: मन, वचन से समस्त शुभ और अशुभ कर्मों को ईश्वर के प्रति पूर्ण समर्पित करना , पूर्ण श्रद्धा, पूर्ण विश्वास और निष्ठा के साथ ईश्वर को ही अपना सर्वस्व मानना।
3. आसन : अष्टांग अंग का तीसरा अंग है आसन।
4. प्राणायाम: प्राणायाम का अर्थ है प्राणों का आयाम अर्थात प्राणों का विस्तार ।
5. प्रत्याहार: इन्द्रियों को उनके आहार विषयों से विमुख कर देना।
6. धारणा : चित्त को किसी एक विचार में बांध लेने की क्रिया को धारणा कहा जाता है।
7. ध्यान : ध्यान चेतन मन की एक प्रक्रिया है, जिसमें व्यक्ति अपनी चेतना बाह्य जगत् के किसी चुने हुए दायरे अथवा स्थल एवं स्थान विशेष पर केंद्रित करता है।
8. समाधि: ध्यान की उच्च अवस्था को समाधि कहते हैं। जब साधक ध्येय वस्तु (जिसका वह ध्यान कर रहा है) के ध्यान में पूरी तरह से डूब जाता है और उसे अपने अस्तित्व का ज्ञान नहीं रहता है तो उसे समाधि कहा जाता है।
ये योग के आठ अंग है।
Source: Fb
20/12/2025
Garuda Mudra is a hand gesture that balances body energy, reduces lethargy, boosts circulation, improves digestion (gas, constipation), enhances mental clarity, stabilizes moods, and supports the lymphatic system for detoxification, symbolizing strength, freedom, and focus by balancing the Vayu (air) element in the body,
21/11/2025
सफल विचारमा नै सफलताका सबै विषयवस्तुहरू समाहित हुन्छन्। तपाईं आस्था र विश्वासका साथ "सफल" शब्द बारम्बार दोहोर्याइ राख्नुहोस्। त्यसपछि तपाईंलाई तपाईंको अवचेतन मस्तिष्कले सफल हुन बाध्य बनाउँछ ।। 💟🌼
18/11/2025
संघर्ष जारी राख्नुस्,
सपना देख्न नछोड्नुस्
किनकि असम्भव
भन्ने कुरा केही छैन
यो दुनियामा, तपाईं
केवल हिम्मत नहार्नुस।। 🤗❤️🌹
©️ - आज्ञात
16/11/2025
"सन्तुलन बाहिर होइन, मनको शान्ति मै रहन्छ"
🟦 शीर्षासन (King of Asanas)
योगमा शीर्षासनलाई “आसनहरूको राजा” भनिन्छ। शरीर र मनलाई एकसाथ सन्तुलित गर्ने भएकले यो आसन अत्यन्त प्रभावशाली, परिष्कृत र उन्नत अभ्यासको प्रतीक मानिन्छ। नियमित र सही विधिबाट गरिएको शीर्षासनले मस्तिष्क, स्नायु तन्त्र, रक्तप्रवाह, सन्तुलन शक्ति तथा आध्यात्मिक चेतनामा महत्वपूर्ण प्रभाव पार्दछ।
🟦 शास्त्रीय आधार
📜 घेरण्ड संहिता
“शिरोपरि स्थिरं देहं यः स्थापयति योगवित्।
स शिरषासनमाख्यातं तस्मै सिद्धिः प्रयच्छति॥”
भावार्थ:
जो साधक आफ्नो शरीरलाई शिरमाथि स्थिर रूपमा राख्छ, उसैलाई शीर्षासनको सिद्धि प्राप्त हुन्छ। यसले शरीर, मन र आत्मालाई उच्च क्षमतातर्फ डोर्याउँछ।
📜 हठयोग प्रदीपिका
हठयोगमा शिरलाई तल र पैतालालाई माथि राख्ने आसनहरूलाई “विपरीतकरण” भनिएको छ, जसले बुढ्यौली ढिलो बनाउने, मन शान्त गर्ने र प्राणशक्ति सन्तुलित गर्ने उल्लेख गरिएको छ। शीर्षासन ती आसनहरू मध्ये सर्वश्रेष्ठ मानिन्छ।
🟦 शीर्षासनका प्रमुख फाइदाहरू;
(क) मानसिक/मस्तिष्क सम्बन्धी फाइदा
✔ मस्तिष्कमा रगत प्रवाह बढेर Memory, Concentration, Focus मा सुधार,
✔ Stress, Anxiety, Depression घटाउने,
✔ Pineal & Pituitary gland सक्रिय भई Hormonal balance गर्ने,
✔ Nervous System बलियो बनाउने,
(ख) शारीरिक फाइदा
✔ शरीरको सन्तुलन क्षमता अत्यधिक वृद्धि गर्ने,
✔ कन्धा, बाहू, पेट र मेरुदण्ड सुदृढीकरण गर्ने,
✔ पाचनशक्ति सुधार गर्ने,
✔ रक्तसञ्चारमा सुधार गर्ने,
✔ प्राणशक्ति माथितिर केन्द्रित भएर Clarity बढ्ने,
(ग) आध्यात्मिक फाइदा
✔ ऊर्जा तल्लो चक्रबाट माथि उठ्छ
✔ सहस्रार चक्र सक्रिय हुन्छ
✔ आत्मबोध र मानसिक स्थिरता
🟦 शीर्षासन कसरी गर्ने ?
👉 पहिलो शर्त: यो आसन अनुभवी शिक्षकको निगरानीमा सिकिनुपर्छ।
१. वज्रासनमा बस्ने,
२. गहिरो स्वासप्रश्वास लिएर मनलाई शान्त बनाउने
३. हातको त्रिकोण बनाउने,
४. दुवै कुहिनालाई भुइँमा टेकेर औँलाहरू जुधाएर त्रिकोण बनाउने,
५. दुवै कुहिनाको दूरी काँध बराबर राख्ने,
६. हातले बनाएको खोपी भित्र टाउकोको अघिल्लो भाग हल्का राख्ने,
७. तौल हात र कन्धामा बराबर राख्ने,
८. घुँडा उठाएर कूल्हा माथि उठाउने,
९. शरीर लगभग “V” आकारमा बनाउने,
१०. एक–एक गर्दै घुँडा मोडेर पेटतिर तानेर बिस्तारै खुट्टा माथि उठाउने,
११. अन्त्यमा खुट्टा सीधा ९०° मा,
१२. श्वास सामान्य १५–३० सेकेन्डबाट सुरू गर्ने,
🟦 शीर्षासन गर्दा सावधानी (Precautions)
❌ उच्च रक्तचाप (High BP)
❌ हृदय रोगका बिरामी
❌ आँखाको समस्या Glaucoma, Retina issue
❌ घाँटी (Cervical) समस्या
❌ Sinus अधिक भएको अवस्थामा
❌ गर्भवती महिलाहरू
🟦 कसरी सुरक्षित रहने?
✔ भित्तामा टेकाएर सुरू गर्नु,
✔ पठार, योगम्याट वा नरम सतह प्रयोग गर्ने
✔ खाली पेट
✔ १० मिनेट शान्त मुद्रा (बालासन) गरेर समाप्त गर्ने,
🟦 बालक/किशोरहरूका लागि शीर्षासन
✔ १२ वर्षभन्दा कम उमेरमा धेरै समय गर्न नहुने
✔ शिक्षकको मार्गदर्शन अनिवार्य
✔ १०–१५ सेकेन्डबाट सुरू
✔ घाँटीमा दवाव नपरोस्
शीर्षासनलाई राजयोग मा मन स्थिरता, प्राण नियन्त्रण र सहस्रार चक्र सक्रिय गर्ने अत्यन्त प्रभावकारी आसन मानिन्छ। ध्यान गर्नुअघि वा प्राणायामपछि ३०–६० सेकेन्ड शीर्षासन गर्नाले मन एकाग्र हुन्छ। शीर्षासन शारीरिक मात्र होइन, मानसिक, प्राणिक र आध्यात्मिक सबै स्तरमा लाभदायक अभ्यास हो। तर यो आसन “धैर्य, अभ्यास र सुरक्षा” का आधारमा मात्र सिद्ध हुन्छ।
✍️ Yogi Prince Neupane
Picture: Google
14/11/2025
खाना खाएपछि शरीरलाई विश्राम होइन, सन्तुलन चाहिन्छ। बज्रासन त्यो सन्तुलनको अवस्था हो, जहाँ शरीर, मन र प्राण एकै लयमा बग्छन्।
खाना हाम्रो शरीरका लागि मात्र ऊर्जा प्राप्त गर्ने माध्यम होइन, यो जीवन सन्तुलन र चेतनाको अभिव्यक्ति पनि हो। हामीले कस्तो खाना खान्छौं, कसरी खान्छौं, र त्यसपछि शरीरलाई कस्तो अवस्थामा राख्छौं भन्ने कुराले हाम्रो सम्पूर्ण स्वास्थ्यमा गहिरो प्रभाव पार्छ।
यही सन्दर्भमा योगशास्त्रले विशेष रूपमा “खाना खाएपछि केही समय बज्रासनमा बस्ने” सिफारिस गरेको छ।
मानिसको स्वास्थ्य, पाचन प्रक्रिया, मानसिक शान्ति तथा जीवनशैलीसँग योग अत्यन्तै घनिष्ट रूपमा जोडिएको छ। योगशास्त्रले शरीरलाई स्वस्थ राख्ने मात्र होइन, भोजनपश्चात् कसरी बस्ने भन्ने सूक्ष्म ज्ञान पनि दिन्छ। त्यसमध्ये सबैभन्दा महत्त्वपूर्ण आसन “बज्रासन” हो।
🟩 बज्रासन के हो ?
संस्कृत शब्द ‘वज्र’ अर्थात् बल, स्थिरता र दृढताको प्रतीक हो।
बज्रासन भन्नाले शरीर, मन र प्राणलाई स्थिर बनाउने आसन हो। जसले पाचनशक्ति, मानसिक शान्ति, र स्नायु प्रणालीलाई सुदृढ बनाउँछ। यो आसन सबै उमेरका मानिसले गर्न सक्छन्। विशेष गरी खाना खाएपछि केही मिनेट यस आसनमा बस्नु अत्यन्त लाभदायक मानिन्छ।
🟩 बज्रासन गर्ने तरिका
१. नर्म जमिनमा म्याट बिछ्याएर बस्नुहोस्।
२. दुबै खुट्टालाई घुँडासम्म मोडेर खुट्टाको औंलाहरू पछाडि मिलाउनुहोस्।
३. शरीरलाई खुट्टाको बलमा राख्दै ढाड सिधा बनाउनुहोस्।
४. दुबै हातलाई घुँडामाथि राख्नुहोस् र आँखाहरू बन्द गरेर लामो गहिरो स्वास लिनुहोस्।
५. यस आसनमा कम्तीमा ५ देखि १५ मिनेट बस्न सकिन्छ।
( तल फोटोमा पनि हेर्न सक्नुहुन्छ )
🟩 खाना खाएपछि बज्रासन बस्दा हुने फाइदाहरू
१. बज्रासन गर्दा पेटको अंगहरूमा सन्तुलित दबाब पर्छ, जसले खाना सहज रूपमा पचाउन सहयोग गर्छ। ग्यास, अपच, र एसिडिटी जस्ता समस्या हटाउँछ।
२. यस आसनले रक्त प्रवाहलाई सन्तुलित राख्छ, जसले मुटु र मस्तिष्क दुवैमा सकारात्मक प्रभाव पार्छ।
३. मोटोपन नियन्त्रण: पेट वरिपरि बोसो जम्न नदिई शरीरलाई आकर्षक बनाउँछ।
४. घुँडा, पिँडुला, र ढाडका स्नायुहरूलाई बलियो बनाउँछ। नियमित अभ्यासले शरीर लचकदार हुन्छ।
५. मानसिक शान्ति र एकाग्रता: शरीर स्थिर हुँदा मन पनि स्थिर रहन्छ। अध्ययन, ध्यान वा आध्यात्मिक साधनामा एकाग्रता बढ्छ।
६. दृष्टि र ज्योति वृद्धि: योग शास्त्रका अनुसार बज्रासनले नेत्र शक्तिलाई पनि सुदृढ बनाउँछ।
🟩 कसले बस्न नहुने? (Precautions)
❌ घुँडाको ठूलो समस्या भएका
❌ ताजा चोट भएका
❌ खुट्टा सुन्निने समस्या भएका
(तर बज्रासनको अभ्यासले शरीरमा धेरै सुधार ल्याउँछ चिकित्सक/योग शिक्षकसँग परामर्श लगेर यसको अभ्यास गर्न सकिन्छ। आफ्नो शारीरिक अवस्था हेरेर.)
आजको व्यस्त जीवनशैलीमा साना तर नियमित योग अभ्यासहरूले ठूलो परिवर्तन ल्याउन सक्छ। खाना खाएपछि १० मिनेट बज्रासनमा बस्ने बानिले तपाईंको स्वास्थ्य, अनुशासन र आत्मशक्ति सबैमा निखार आउँछ। स्वस्थ रहनुहोस्, सन्तुलित रहनुहोस्, र जीवनलाई योगमय बनाउनुहोस्। बज्रासन केवल आसन मात्र होइन, जीवनशैली नै सुधार्ने एक अचुक उपाय हो।
शास्त्रीय आधार (घेरण्ड संहिता), आयुर्वेद, र आधुनिक विज्ञान सबैले यसलाई भोजनपश्चात् लाभदायक मान्छन्।
👉 त्यसैले योगशास्त्र भन्छ “अन्धकारलाई सराप्नु भन्दा आफूले नै दियो बाल्नु उत्तम।”
स्वास्थ्यका लागि बज्रासन त्यही दियो हो। सानो प्रयास, ठूलो परिणाम।
~बिभिन्न पुस्तकहरू, योग–आयुर्वेद विशेषज्ञहरूको सल्लाह–मार्गदर्शन र अनुभवलाई समेटेर, सोही ज्ञानलाई आफ्नै शब्दमा प्रस्तुत गर्ने प्रयास गरेको छु।
फोटो: Google
Prince Neupane Rsm
12/11/2025
बितेको समय हाम्रो शिक्षक हो,
वर्तमान समय हाम्रो कर्मको मैदान हो,
यही मैदानमा हामीले आफ्नो भविष्य निर्माण गर्छौं।
तसर्थ,
विगतका गल्तीहरूबाट सिकौं,
वर्तमानमा आफ्ना सपनाहरूको बीउ रोपौं,
र भविष्यमा तिनै बीउहरू सफलताको फूल बनेर फुल्नेछन्।
Prince Neupane Yoga Prince Neupane Rsm Prince Neupane
12/02/2024
तपाईंलाई शान्ति र सन्तुष्टि चाहिँन्छ भने त्यसकाे लागि तपाईंले धेरै लोभ र तर्कहरूको त्याग्नु गर्नु पर्छ।🙏🤗☘️
08/02/2024
सबैको अगाडि झुकनलाइ मेरो सिर धानको बाला होइन ! म सिर त्यस्को अगाडी झुकाउनेछु जसले मलाई सिर उठाउन सिकाएको थियो !!©️
01/09/2022
✍️ निरोगी बन्ने ८ वटा टिप्सहरु..............👇
_स्वास्थ्य नै सम्पत्ति हो । त्यसैले अन्य कुरामा भन्दा पहिले स्वास्थ्यमा ध्यान दिनुपर्छ । यसका लागि केही त्याग र केही नियमको पालना अनिवार्य हुन्छ । तर,रोगी भएपछि पछुताउने हामिहरु निरोगी बन्न सामान्य व्यवहार अपनाउदैनौं । खासगरी उचित खानपिन र स्वस्थ जीवनशैलीले मात्रै जीवन सुखमय बनाउछ ।
_फलफूल र सागसब्जीमा
भिटामिन, पोषण र खनिजयुक्त सन्तुलित फलफुल र तरकारीले स्वस्थ बनाउँछ । यिनीहरूमा पर्याप्त पोषण तत्व र न्युन क्यालोरी हुन्छ जसले शरिरलाई स्वस्थ बनाउँछ । जतिपनि फलफूल खान सकिन्छ खाए हुन्छ । तर ताजाचाहि हुनुपर्छ । मौसमी फलफुल तथा सब्जीहरुमा काउली ,स्पिनिच,गाजर,बन्दा लगायतका हरियो तरकारी खानुपर्छ ।
_मासु कम,
मासुजन्य खानेकुरा घटाएकै राम्रो हुन्छ । डेरीका उत्पादन उपभोग गर्दा राम्रो हुन्छ । गेडागुडी खादा खैरा गेडागुडी रोज्नुपर्छ । किनकी प्राय सेतो गेडागुडीमा पोषणतत्व कम हुन्छ ।
_जंम फुड नखाने
प्याक गरिएका खाना स्वास्थ्यका लागि फाइदा जनक मानिदैन । प्याकेटमा राखिएका र परिष्कृत गरिएका खानेकुराले स्वास्थ्यमा गम्भीर असर गर्छ ।
_पर्याप्त पानी पिउने
प्रसस्त पानी पिउनुपर्छ । स्वास्थ्यलाई ठिक राख्न पानीको उपयोगीता वर्णन गरी साध्य छैन् । जतिखेर पानी हाईडेड रहनुपर्छ पानीले शरिरको छाला, कपाल,नङ,अन्य अंङ र दिमागलाई समेत स्वस्थ बनाउँछ । विज्ञहरुका अनुसार सकभर चिसो पानी पिउँदा शरिरलाई हित गर्छ ।
_व्यायाम
कहिले पनि आरामदायी जीवन रोज्नु हुदैन । स्वस्थ रहन सकृय हुनुपर्छ । फटाफट हिड्नुपर्छ । यसले मुटु र मस्तिष्क दुवैलाई फाईदा पुर्याउँछ । दैनिक २ घण्टा हिड्दा विभिन्न रोगबाट मुक्ति मिल्ने अध्ययनले देखाएका छन् । मोटोपनले विभिन्न रोग निम्त्याउने भएकोले पनि हिड्डुल गर्नु उपयुक्त हुन्छ ।
_मदिरा सेवन कम
सकभर मदिरा पिउनुहुदैन । यदि पिउने नै हो भने थोरै मात्रामा पिउनु पर्छ ।
_राम्रोसँग पकाउने
राम्रोसँग पकाएर खानुपर्छ । त्यसो त कतिपय सागसब्जी र तरकारीलाई काँचै खाँदा पनि फाइदा हुन्छ । तरकारी पकाउँदा राम्रो तेलको छनौट गर्नुपर्छ । खानेकुरालाई धेरै फ्राई गर्नु हुँदैन । खानामा सकभर नुन धेरै राख्नुहुँदैन ।
_चिल्लो कम
चिल्लो खादै नखाने भन्ने होइन । तर स्वस्थ र सिमित मात्रामा चिल्लो खानुपर्छ । कपाल चिल्लो बनाउन , नङ स्वस्थ बनाउन र पाचन प्रणालीलाई सामान्य रुपमा काम गर्न शरिरमा सामान्य चिल्लोको आवश्यक पर्छ । जैतुनको तेल,एभोडाको तेल , नटको चिल्लो प्रयोग स्वस्थ मानिन्छ । तिनीहरूबाट लिईने चिल्लो लाई थप मात्रामा होईन कि पुरकको रुपमा प्रयोग गर्नु पर्छ । चकलेट खानु भन्दा एकमुठी आलमन्ड खाँदा उत्तम हुन्छ ।