Lion Tel-Aviv FC

Lion Tel-Aviv FC

Share

`खेल हारजित हो, संयम खेलाडीको परिचय´खेलका माध्यमबाट नेपालीहरुलाइ एकठाउँमा जोड्ने सुक्ष्म चेष्टा⚽️🇳🇵

05/06/2026

भलिबलका उत्कृष्ट खेलाडी, फुटबलमा टोलीलाइ चाहीँदा जुनसुकै स्थानबाट खेल्न सक्ने, आवश्यक पर्दा क्यामेरा बोकेर खेल लाइभ गर्ने, खेलअनुसारको कमेन्ट्रि पनि गर्ने, साथै खेल बाहेकका धेरै क्षेत्रमन दखल राख्ने Lion Tel-Aviv FCका बहुप्रतिभाशाली खेलाडी विश्व लिम्बु उर्फ.Maila Bajeको आज पर्न गएको जन्मदिनको अवसरमा उहाँलाइ सुख, शान्ति, समृद्दि अनि धेरै प्रगतिको कामना सहित जन्मदिनको असीम शुभकामना व्यक्त गर्दछौँ।🦁💐

Photos from JSC - Jhapa Super Cup Israel's post 22/05/2026
15/05/2026

आजको मैत्रीपूर्ण खेलमाRajib Ryan Raiको ह्याट्रिकको मद्दतमा Lion Tel-Aviv FCले United Darjeeling FC, Israelलाइ ३-२ गोल अन्तरले पराजित गर्दै खेलमा जीत दर्ता गरेको छ।👏💪🏽

15/05/2026

2nd half;
Lion Tel-Aviv FC vs United Darjeeling FC, Israel.

15/05/2026

1st half;
Lion Tel-Aviv FC vs United Darjeeling FC, Israel.

28/04/2026

⚽️Friendly match:👀
Lion Tel-Aviv FC vs United Darjeeling FC, Israel;
📅Date: Friday, 15 May, 2026,
⏰Time: 09:30PM Israel time,
🏟️Venue: Shetrit National Sports Center, Tel Aviv.
, .

27/04/2026
24/04/2026

Lion Tel-Aviv FCका फरवार्ड बिबेक जङ्ग बाेगटीको आज पर्न गएको जन्मदिनको अवसरमा; उहाँलाइ सु-स्वास्थ्य, दीर्घायु साथै धेरै प्रगतिको कामना सहित जन्मदिनको असीम शुभकामना व्यक्त गर्दछौँ।💐

Photos from Lion Tel-Aviv FC's post 15/02/2026

यहि मिति २०२६फेब्रुअरी १३ र १४ तारिखका दिन, Manipur Gurkha Community Israelद्वारा आयोजित 1st Lt Subedar Niranjan Singh Chhetri Memorial Trophy 2026मा हामी Lion Tel-Aviv FCसहभागी भएका थियौँ। विभिन्न सिलसिलामा इजरायलमा अवस्थित भारत र नेपालका नेपालीभाषीहरुद्वारा स्थापित जम्मा नौँ फुटबल टोलीहरुको सहभागिता रहेको उक्त प्रतियोगीताको क्वाटरफाइनल खेलमा United Rehovot F.Cसँग जीत निकाल्दै सेमिफाइनल प्रवेश गर्यौँ र सेमिफाइनलमा United Darjeeling FC Israel सँग पराजित भएसँगै यस फुटबल प्रतियोगिताबाट बाहिरिएका थियौँ। 'खेल हारजित हो, संयम खेलाडीको परिचय' भन्ने हाम्रो क्लबको मूल नारालाइ मनन गर्दै हामी जीत/हारका बाबजुद पनि खेल साथै स्वास्थ्य, एकता, मित्रता, सद्भाव र सहकार्यको यात्रालाइ निरन्तरता दिँदै जाने छौँ।💪🏽
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल प्रवेश गरी; उपविजेता बनेको टोली United Darjeeling FC, Israel र विजेता टोली Manipur Gorkha FCलाइ बधाई साथै आगामी दिनहरुमा पनि शुभकामना व्यक्त गर्दछौँ। व्यक्तिगत विधामा उतकृष्ट प्रदर्शन गरी उपाधि जित्न सफल सबै खेलाडीहरुलाइ बधाई साथै शुभकामना व्यक्त गर्दछौँ। हाम्रो टोली Lion Tel Aviv FC को तर्फबाट Rehovot FC बिरुद्दको क्वाटरफाइनल खेलमा Man of the Match साथै प्रतियोगितामा ४ गोल गर्दै प्रतियोगिताको उच्च गोलकर्ताको उपाधि जित्न सफल भएकोमा V-vek Pathak लाइ बधाई, धन्यवाद साथै शुभकामना व्यक्त गर्दछौँ।👏
प्रतिस्प्रधात्मक, व्यवस्थित, तथा स्तरीय प्रतियोगिता आयोजना गर्ने आयोजक Manipur Gurkha Community Israelलाइ धेरै धन्यवाद। प्रतियोगिता स्तरिय र प्रतिस्पर्धात्मक बनाउने सम्पूर्ण फुटबल क्लबका संस्थापक, फुटबल क्लबहरु, खेलाडी, रेफ्रि, कोच, म्यानेजर, सबैप्रति आभार व्यक्त गर्दछौँ। खेल हेर्न मैदानमा उपस्थित खेलप्रेमी अतिथि, दर्शक, समर्थकहरुलाइ धन्यवाद, तपाइहरुको उर्जाले खेल रोमाञ्चक बनेको थियो; साथै उद्घोषक, फोटोग्राफर, पत्रकार, यहाँहरुसबै्प्रति धन्यवाद प्रकट गर्दछौँ।🙏
इजरायलमा कार्यरत सम्पुर्ण नेपाली भाषीहरुबीच एकता, मित्रता, सद्भाव, कायम गरी खेललाइ अझै स्तरिय, रोमाञ्चक, रङ्गिन, साथै प्रतिस्पर्धात्मक बनाउने यस किसिमका प्रतियोगिताहरु निरन्तर आयोजना हुँदै जाऊन्, यस यात्रा हाम्रो निरन्तर साथ रहने छ।⚽️

'खेल हारजित हो, संयम खेाडीको परिचय'
Lion Tel-Aviv FC🦁⚽️🙏

14/02/2026

Manipur Gurkha Community Israel द्वारा आयोजित 1st Lt. Subedar Niranjan Singh Chhetri Memorial Trophy 2026 को सेमिफाइनल खेलमा United Darjeeling FC, Israelसँग 2-1 गोल अन्तरले पराजित भएसँगै हाम्रो प्रतियोगिताको अगाडीको यात्रामा पुर्णविराम लागेको छ। बधाई छ युनाइटेड दार्जिलिङ् एफ्.सी.लाइ साथै अगाडीको यात्राको लागि शुभकामना।

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Kathmandu