Ritu Ayurved And Patanjali Sewa Kendra

Ritu Ayurved  And Patanjali Sewa Kendra

Share

Yoga
Ayurveda
Nature
Health
Meditation
Medication
Naturopathy

06/09/2022

के तपाईं बिना अप्रेसन आयुर्वेदिक औषधिको सेवनबाट पायल्स, फिस्टुला र फिसरको उपचार गराउने सोचमा हुनुहुन्छ ?

सामान्यतया पायल्स रोग त्यस्तो रोग हो जुन मलद्धारसँग सम्बन्धित छ । मानिसहरुको भिन्न जीवनशैली र खानपानले गर्दा थुप्रैलाई आजकाल धेरै प्रकारको रोग लाग्ने गर्दछ। यसमध्ये पायल्स रोग धेरै मानिसहरुको समस्या भएको छ। लोकलाजका कारण धेरै मानिसहरुले पायल्स रोगको बारेमा खुलेर परिवारसँग कुरा गर्दैनन् । अझ कतिलाई त पायल्स रोग के हो भन्ने नै थाहा हुँदैन । यसको लक्षण भनेको दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने गर्दछ। पायल्स रोगीमध्ये कसैको पीप बग्छ, अंगुरको झुप्पोजस्तो पलाएको हुन्छ र रातो सुन्निएको डल्लो हुन्छ। यो रोग लाग्दा कसैलाई रगत आउँछ भने कसैलाई आउँदैन।

कारणहरु :
पायल्स हुनुको मुख्य कारण जीवनशैली र खानपान हो। पानी कम खाने, हरियो सागपात नखाने, शारिरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, बढि चिया पिउने, माछामासु तथा सुख्खा खानेकुरा जस्तै चाउचाउ, बिस्कुट, चाउमिन बढि खाने, अनियमित खानपान, अनिन्द्रा, धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तीको अत्यधिक प्रयोग कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउनेजस्ता समस्या बढी हुन्छ। दिसा कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा पिसाब लागेको बेलामा नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी हुनु पनि यसको कारण हो। शरीरलाई आवश्यकभन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएका कारण पायल्स हुन्छ ।

फिस्टुला

मलद्वार वरिपरिको सरसफाइको कमीका कारणले उत्पन्न हुने मलद्वार वरिपरिका रोगहरू मध्येको प्रमुख रोग फिस्टुला हो। यो फिस्टुला एक नली आकारको घाउ हो जसको बाहिरी मुख मलद्वार वरिपरिको छालामा र भित्री मुख मलाशय -मलद्वार भित्र मल संचय हुने ठूलो आन्द्रामा खुलेको हुन्छ। यो घाउ नली आकारको लामो र कसै कसैमा बाङ्गो हुने हुनाले यसभित्र पटक पटक संक्रमण भइरहन्छ।

मलद्वार वरिपरि दिसा गरिसकेपछि राम्रोसंग सरसफाई नगर्नाले यो रोग निस्कन्छ। सरसफाइको कमीले गर्दा मलद्वार वरिपरिका ग्रन्थीहरूमा संक्रमण हुने, मलद्वार वरिपरि पिलोहरू उत्पन्न भइरहने र फुटिरहने सिलसिला चलिरहँदा यस्तो नली आकारको फिस्टुलाको उत्पत्ति हुन्छ। अन्य केही रोगहरू जस्तै टि.बि., सिफिलिज जस्ता रोगहरूका कारण पनि फिस्टुलाको उत्पत्ति हुन्छ।

लक्षण : मलद्वार वरिपरि फिस्टुलाको बाहिरी मुखबाट समय समयमा पिप निस्करहने, दुख्ने, चिलाउने आदि फिस्टुलाका लक्षण हुन्। यो रोग, बढी पिडादायी नभए पनि रोगीको दैनिकीलाई असजिलो बनाउने खालको हुन्छ ।

फिसर

मलद्वार वरिपरि हुने रोगहरूमा सबै भन्दा पिडादायक रोग फिसर हो। निरन्तर कब्जियत हुँदा दिसा गर्न बल लगाउने क्रममा मलद्वार तथा मलाशयको भित्री छाला -भित्रि भित्ताको पत्र च्यातिएर बनेको घाउलाई फिसर भनिन्छ। फिसर पुरुषमा भन्दा महिलाहरूमा बढी हुने गर्दछ र यो प्रायः मलद्वारको पछिल्लो पट्टि भागमा हुने गर्दछ।

फिसर रोगको मुख्य कारण कब्जियत नै हो। कब्जियतका कारण दिसा गर्न बल लगाउँदा मलद्वार तथा मलाशयको भित्रि भित्ता च्यातिन गई यो रोग उत्पन्न हुन्छ। कब्जियत गराउने खानपान जस्तै : माछा, मासु, अण्डाको बढी सेवन गर्दा, मैदाबाट बनेको खानेकुरा फास्ट फुड तथा जंक फुडको बढी सेवन गर्दा यो रोग लाग्छ। त्यसै गरी रेसादार खानेकुरा, हरियो सागपात, तरकारी फलफूल आदिको कम सेवन तर मसलेदार र गरम मसला बढी हालेको खानेकुराको बढी सेवन गर्नेलाई यो रोग लाग्ने सम्भावना अधिक हुन्छ।

लक्षण : दिसा गर्ने समयमा अन्यन्त पीडा हुनु, दिसा गरिसकेपछि पनि मलद्वार दुखिरहनु पोलिरहनु र दिसाको अन्तमा थोरै मात्रामा ताजा रगत देखा पर्नु यस रोगका लक्षण हुन्। त्यसै गरी अन्य समयमा पनि मलद्वार दुख्नु चिलाउनु, ओसिलो हुनु आदि अन्य लक्षण हुन्। फिसर पूरानो भएपछि फिसर भएको स्थानको माथी मलद्वार बाहिर मांस पिण्ड देखिन्छ। यी लक्षणका अलावा निरन्तर कब्जियत हुनु र दिसा गर्दा पिडा हुने हुनाले दिसा गर्न डराउनु आदि लक्षण देखा पर्छन्।

नियमित रुपमा आयुर्वेद औषधि सेवन गर्नाले पायल्स, फिस्टुला र फिसरबाट छुटकारा पाउन सकिन्छ, थप जानकारी र परामर्शको लागि काठमाडौमा रहेको गङबु बिजि महल अगाडि थानिमाइ आयुर्वेद औषधालयमा सम्पर्क गर्न सकिन्छ ।

सम्पर्क न. 9844474485
9847939534

04/09/2022
Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Bhrikuti Chowk, Kapan
Kathmandu