Nepal Self-Defense Martial Art

Nepal Self-Defense Martial Art

Share

Nepal Self Defence martial Art organization is for the better formulation of sports (Especially tar All Martial Art Sports .

08/06/2026

नमस्ते सम्पूर्ण अभिभावकज्यू तथा खेलाडी भाइबहिनीहरूमा।

नेपाल सेल्फ डिफेन्स मार्सल आर्ट क्लबमा हाल हाम्रो कलर बेल्ट (green belt , Blue belt haf green belt प्राप्त खेलाडी नानीबाबुहरूले नयाँ आएका white belt खेलाडीहरूलाई सिकाउने अभ्यास गरिरहनुभएको छ। हामीले उहाँहरूलाई हप्तामा एक दिन जुनियर विद्यार्थीहरूलाई प्रशिक्षण गराउने अवसर प्रदान गर्दै आएका छौँ।

मार्सल आर्ट भनेको केवल पञ्चिङ, किकिङ र फाइटिङ मात्र होइन। नेपाल सेल्फ डिफेन्स मार्सल आर्ट क्लबले बच्चाहरूलाई आत्मविश्वास, नेतृत्व क्षमता, अनुशासन र जिम्मेवारीको भावना विकास गराउने उद्देश्यका साथ प्रशिक्षण दिँदै आएको छ। आफूले सिकेको सीपलाई व्यवहारमा उतार्दै आत्मविश्वासका साथ अगाडि बढ्न सकून् भन्ने हाम्रो मुख्य लक्ष्य हो।

धेरै बालबालिकाहरू सुरुवाती चरणमा बोल्न अप्ठ्यारो मान्ने, आफूमा आत्मविश्वासको कमी महसुस गर्ने वा “मबाट हुँदैन” भन्ने सोच राख्ने गर्नुहुन्थ्यो। तर निरन्तर अभ्यास, प्रशिक्षण र बेल्ट प्रमोशनपछि आज ती नै खेलाडीहरू जुनियर विद्यार्थीहरूलाई सिकाउन सक्ने अवस्थामा पुग्नुभएको छ। उहाँहरूमा आएको यो सकारात्मक परिवर्तन देख्दा हामी अत्यन्त खुसी र गौरवान्वित छौँ।

यस सफलताका पछाडि अभिभावकज्यूहरूको विश्वास, सहयोग र निरन्तर प्रोत्साहनको ठूलो भूमिका रहेको छ। आफ्ना नानीबाबुहरूलाई नियमित रूपमा प्रशिक्षणमा पठाइदिनुभएकोमा सम्पूर्ण अभिभावकज्यूहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

हामी आगामी दिनहरूमा पनि अझ उत्कृष्ट, प्रभावकारी र गुणस्तरीय प्रशिक्षण प्रदान गर्दै बालबालिकाहरूको शारीरिक, मानसिक तथा व्यक्तित्व विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दछौँ।

धन्यवाद।
नेपाल सेल्फ डिफेन्स मार्सल आर्ट क्लब 🙏🥋🇳🇵

NSMA
https://maps.app.goo.gl/b75jx6dGz29N5yF96?g_st=ic

https://www.tiktok.com/?_r=1&_t=ZS-950B5hKeN9e

Contact number - 9702423876
Location Kathmandu kapan Pragati Chowk, Budhanilkantha

05/06/2026

kapan

03/06/2026

बधाई तथा शुभकामना सन्देश

Nepal Self Defense Martialart अन्तर्गत रहेको Taekwondo डोजाङका प्रशिक्षक आकाश दाहालज्यूको मार्गदर्शनमा निरन्तर मेहनत, अनुशासन र लगनशीलताका साथ प्रशिक्षण गर्दै आइरहनुका साथै पढाइमा पनि उत्कृष्ट प्रदर्शन गरेका कारण एक खेलाडी बाबुले विशेष NSMA ब्याग उपहार प्राप्त गर्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

Taekwondo डोजाङको खेलाडी भएर यस्तो उपलब्धि हासिल गर्नुभएकोमा सम्बन्धित खेलाडी बाबुलाई विशेष बधाई छ। साथै उहाँलाई सही मार्गदर्शन, प्रेरणा र प्रशिक्षण प्रदान गर्नुहुने प्रशिक्षक आकाश दाहालज्यूलाई पनि हार्दिक बधाई तथा सम्मान व्यक्त गर्दछौँ।🙏👏

आगामी दिनहरूमा पनि यस्तै अनुशासन, मेहनत र समर्पणका साथ अझ उत्कृष्ट उपलब्धिहरू हासिल गर्दै जानुहोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ।👏🙏

Nepal Self Defense Martialart परिवारका तर्फबाट सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना। 🥋🏆👏

29/05/2026

kapan 🥊

23/05/2026

आज मिति २०८३ साल २ महिना ९ गतेका दिन हाम्रो Self Defense Martialart Club बाट Taekwondo खेलाडी नानीबाबुहरूलाई swimming 🏊‍♀️ कार्यक्रममा सहभागी गराइएको थियो। Taekwondo प्रशिक्षणसँगसँगै हामीले खेलाडीहरूको शारीरिक तथा मानसिक विकासका लागि एक्स्ट्रा एक्टिभिटी अन्तर्गत स्विमिङ प्रशिक्षण पनि सञ्चालन गरेका थियौँ।

यस कार्यक्रममा सहभागी भई आफ्ना नानीबाबुहरूलाई प्रोत्साहन गर्नु हुने सम्पूर्ण अभिभावकज्यूहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। 🙏साथै कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण गुरुज्यूहरू तथा स्विमिङ कोचहरूलाई पनि विशेष धन्यवाद।🙏

हामी आगामी दिनहरूमा पनि Taekwondo सँगसँगै खेलाडीहरूको क्षमता विकासका लागि यस्ता सकारात्मक तथा उपयोगी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जानेछौँ। धन्यवाद। 🙏

https://maps.app.goo.gl/b75jx6dGz29N5yF96?g_st=ic

https://www.tiktok.com/?_r=1&_t=ZS-950B5hKeN9e

Contact number - 9702423876
Location Kathmandu kapan Pragati Chowk, Budhanilkantha

Photos from Nepal Self-Defense Martial Art's post 23/05/2026

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Kapan
Kathmandu