Giving Up Is Not In The Blood Sir. Its not in the blood - NIMS DAI
Rest in peace Nims Purja & JUSTICE for Garima Chaudhary.
Pic - Our KURDAN FOOTBALL ACADEMY in futsal tournament.
Kurdan Football Academy
Sameer jung karki
23/08/2026
Giving Up Is Not In The Blood Sir. Its not in the blood - NIMS DAI
Rest in peace Nims Purja & JUSTICE for Garima Chaudhary.
Pic - Our KURDAN FOOTBALL ACADEMY in futsal tournament.
17/08/2026
एस.के.टी नेपाल प्राइभेट लिमिटेडका चेयरम्यान र नेपाल एग्रिकल्चर मेसिनरी इन्टरप्रेनर एसोसिएसनका अध्यक्ष कृष्ण शर्माज्यूले हाम्रो कुर्दन फुटबल एकेडेमीलाई जर्सी सहयोग गर्नुभएकोमा उहाँ र उहाँको कम्पनी एस के.टी.लाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ र आगामी दिन हरूमा पनि साथ र सहयोगको अपेक्षा गर्दछौं। कुर्दन फुटबल एकेडेमी परिवार उहाँ र उहाँको कम्पनी लाई सफलताको शुभकामना व्यक्त गर्दछौँ।
कुर्दन फुटबल एकेडेमीले १६ वर्ष उमेरमुनिका भाइबहिनीहरूलाई फुटबल प्रशिक्षण दिँदै आएको छ। तपाईँहरू पनि आफ्नो बालबालिकाहरूलाई फुटबल प्रशिक्षण गराउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला।
सम्पर्क मोबाइल नम्बर :- ९८५१०१८६८७
(समिर जंग कार्की)
प्रशिक्षण गराइने स्थान:- कुर्दन फुट्सल, ढुङ्गेअड्डा,
चन्द्रागिरी-१५
प्रशिक्षण गराइने समय:- बेलुका ५ बजेदेखि ६ बजेसम्म
(आइतबार - शुक्रबार)
21/06/2026
कुर्दन फुटबल एकेडेमीले छैठौं थाहा गोल्ड कप को उपाधि जित्न सफल भएको छ। पालुङको इन्द्रायणी चौरमा भएको फाइनल खेलमा चितलाङ फुटबल क्लबसँग खेल समयमा बराबरी १-१ गोल भएको हुँदा खेल पेनाल्टीमा पुगेको र पेनाल्टीमा ४-२ गोल अन्तरले चितलाङ फुटबल क्लबलाई पराजित गर्दै उपाधि जित्न सफल भयौं। खेलमा अविरल रिजालले पेनाल्टीमार्फत बराबरी गोल गर्नुभयो भने खेलका म्यान अफ द म्याच सन्तोष महत चुनिए। त्यसैगरी प्रतियोगिताको बेस्ट डिफेन्डर हाम्रो कुर्जन फुटबल एकेडेमीका क्याप्टेन कमल श्रेष्ठ चुनिए। प्रतियोगिताभरि हामीलाई साथ, सहयोग र समर्थन गर्ने सम्पूर्ण खेलप्रेमी दाजुभाईहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
19/06/2026
छैठौँ थाहा गोल्डकपको सेमिफाइनल खेलमा कुर्दन फुटबल एकेडेमीले पाखुरे युवा क्लबलाई पराजित गर्दै फाइनलको यात्रा सुनिश्चित गरेको छ। सेमिफाइनल खेलमा कुर्दन फुटबल एकेडेमीले पाखुरे युवा क्लबलाई ३-०गोल अन्तरले पराजित गर्न सफल भए र खेलमा कुर्दन फुटबल एकेडेमीका लागि Sujit Budhathoki , Dawa Norbhu Sherpa र अविरल रिजाल ले समान एकएक गोल गर्नुभयो। साथै खेलका म्यान अफ द म्याच कुर्दन फुटबल एकेडेमीका अविरल रिजाल चुनिए।
फाइनल खेल चितलाङ फुटबल क्लब विरुद्ध २०८३ साल असार ६ गते शनिबारको दिन दिउँसो १२ बजे पालुङ्ग को इन्द्रायणी चौरमा हुने भएकोले खेलाडीको मनोबल उच्च राख्न सम्पूर्ण खेलप्रेमी साथीभाइहरूले मैदानमा गई समर्थन जनाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं साथै यो खेलको प्रत्यक्ष प्रसारण goalnepal.comBagmatiमा पनि हेर्न सकिनेछ।
18/06/2026
आज भएको छैठौँ थाहा गोल्डकप २०८३ को खेलमा हाम्रो कुर्दन फुटबल एकेडेमीले पारिजात युवा क्लबलाई २–० गोलले पराजित गर्न सफल भई सेमिफाइनल प्रवेश गरेको छ। कुर्दन फुटबल एकेडेमीको लागि अविरल रिजाल र सुजित बुढाठोकीले एकएक गोल गर्न सफल हुनुभयो। सेमिफाइनल खेल भोलि बिहान ९ बजे पाखुरे युवा क्लबसँग रहेको छ। खेलाडीको मनोबल उच्च बनाउनको लागि सम्पूर्ण समर्थकहरूलाई उपस्थित भई टिमको हौसला बढाइदिन हार्दिक अनुरोध गर्दछौं साथै फेसबुक पेज goalnepal.comBagmatiमा पनि लाइभ हेर्न सक्नुहुनेछ।
18/06/2026
कुर्दन फुटबल एकेडेमीले छैठौं थाहा गोल्डकपमा सहभागी जनाएको र आज हाम्रो पहिलो खेल पारिजात युवा क्लबसँग बिहान ९ बजे रहेको हुनाले टिमको हौसला बढाउनलाई सम्पूर्ण खेलप्रेमी दर्शकहरूलाई मैदानमा गई खेल हेरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं र साथै हाम्रो खेल goalnepal.comBagmati मा प्रत्यक्ष प्रसारण पनि हेर्न सकिनेछ।
1st Kurdan inter chandragiri futsal tournament 2083 ⚽🏆
Closing ceremony 🏅🎉
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
DHUNGAADDA
Kathmandu