Khelkud News

Khelkud News

Share

This page is created only world wide different game event update.

07/06/2026

अत्तरिया भलिबल प्रतियोगितामा आयोजक टोली च्याम्पियन !
अत्तरिया न्यू सृजनशील युवा क्लबद्वारा आयोजित वडा स्तरीय खुला भलिबल प्रतियोगिताको उपाधि आयोजक टोलीले जितेको छ। फाइनलमा गोदावरी–१० लाई पराजित गर्दै टोली च्याम्पियन बनेको हो। प्रतियोगिता तीन दिनसम्म सञ्चालन भएको थियो।
पुरा समाचार कमेन्टमा ....

07/06/2026

नेपाल फाइनलमा प्रवेश !
नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोट सेमिफाइनलमा ओमानलाई ८ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको छ। लोकेश बमको अविजित ४४ रन र करण केसीको ३ विकेटको उत्कृष्ट प्रदर्शनमा नेपालले ९५ रनको लक्ष्य ९.२ ओभरमै पूरा गर्‍यो।
पुरा समाचार कमेन्टमा ...

06/06/2026

श्रेयस अय्यर भारतको नयाँ टी–२०आई कप्तान, १५ वर्षीय वैभव सूर्यवंशी पहिलोपटक सिनियर टोलीमा,
पुरा समाचार कमेन्टमा ...

06/06/2026

विश्वप्रसिद्ध फुटबल स्टार लियोनेल मेस्सीका लागि FIFA World Cup 2026 का लागि विशेष आधिकारिक बुट्स सार्वजनिक भएका छन्। एडिडासले ‘El Último Tango’ नामको सिग्नेचर फोर्स बुट्स अनावरण गरेको हो, जसमा अर्जेन्टिनाको झण्डा र सुनौलो डिजाइन समावेश गरिएको छ।

06/06/2026

धनगढी रंगशालामा सम्पन्न राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्समा अत्तरिया तेक्वान्दो डोजाङका ५ प्रशिक्षार्थी राष्ट्रिय रेफ्री बन्न सफल भएका छन्। यस उपलब्धिले कैलाली जिल्लाको तेक्वान्दो क्षेत्रमा गौरव थपेको छ।
पुरा समाचार कमेन्टमा ...

06/06/2026

इतिहासकै ठूलो विश्वकप : फिफा विश्वकप २०२६ खेल तालिका (नेपाली समय अनुसार) !
फिफा विश्वकप–२०२६ जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुँदैछ। इतिहासमै पहिलो पटक ४८ टोली सहभागी हुने प्रतियोगितामा कुल १०४ खेल खेलाइनेछन्।
पुरा समाचार कमेन्टमा ...

04/06/2026

कुशलको शतकमा नेपालको तुफानी ब्याटिङ, मलेसियासामु २७६ रनको विशाल लक्ष्य
पुरा समाचार कमेन्टमा ...

04/06/2026

🏏 कुशल भुर्तेलको लगातार दोस्रो शतक!
लगातार दुई खेलमा शतक प्रहार गर्दै Kushal Bhurtel उत्कृष्ट लयमा देखिएका छन्। विस्फोटक ब्याटिङका साथ उनले फेरि एकपटक नेपाली समर्थकको मन जितेका छन्।
Back-to-back Centuries! Kushal Bhurtel is on fire! 🇳🇵🔥🏏

04/06/2026

🏏 मलेसियाविरुद्ध कुशल भुर्तेलको विस्फोटक शतक!
४४ बलमै १० चौका र ७ छक्काको मद्दतले १०० रन पूरा गर्दै Kushal Bhurtel ले आक्रामक र उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका छन्। सुरुदेखि नै विपक्षी बलरमाथि दबाब सिर्जना गर्दै उनले नेपाली क्रिकेट समर्थकलाई रोमाञ्चक इनिङ्सको स्वाद चखाए।
R-100 | B-44 | 4s-10 | 6s-7
तपाईंलाई कुशलको यो शतकीय इनिङ्स कस्तो लाग्यो? 👏🇳🇵

02/06/2026

एसियन गेम्समा नेपालको ऐतिहासिक प्रवेश, पुरुष क्रिकेट टोली छनोट
पुरा समाचार कमेन्टमा ...

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Kathmandu