17/05/2023
: आईसीसीले सार्वजनिक गरेको नयाँ एकदिवसीय बलिङ वरियतामा सन्दीप लामिछाने १९ औं स्थानमा पुगेका छन्।
यस पृष्ठमा सबै खेलकुद समाचार उपलब्ध छन्
17/05/2023
: आईसीसीले सार्वजनिक गरेको नयाँ एकदिवसीय बलिङ वरियतामा सन्दीप लामिछाने १९ औं स्थानमा पुगेका छन्।
17/05/2023
राष्ट्रिय वाणिज्य बैंकले नेपाली क्रिकेट खेलाडीलाई जनही रु एक लाख र अफिसियललाई जनही रु पचास हजार दिने घोषणा गरेको छ ।
17/05/2023
विश्वकप छनौट खेल्ने स्कटल्याण्डको टोली घोषणा
16/05/2023
अर्को वर्ष बंगलादेशमा आयोजना हुने आईसीसी महिला टी-२० विश्वकपको एसिया क्वालिफायर अगष्ट-सेप्टेम्बरमा मलेसियामा आयोजना हुने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले मंगलबार महिला टी-२० विश्वकपको ‘क्वालिफिकेसन पाथवे’ सार्वजनिक गरेको छ ।
जसअनुसार एसिया क्वालिफायर अगष्ट २८ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुनेछ । जसमा नेपालसहित ११ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
एसिया क्वालिफायरमा नेपाल र आयोजक मलेसियासहित, थाइल्याण्ड, युएई, हङकङ, भुटान, चीन, बहराइन, कुवेत, म्यानमारले प्रतिस्पर्धा गर्नेछन् ।
जसबाट शीर्ष दुई टिम ग्लोबल क्वालिफायरमा प्रवेश गर्नेछन् ।
एसियासहित अफ्रिका र युरोपबाट २/२ तथा अमेरिका र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट १/१ टिम ग्लोबल क्वालिफायरमा छानिनेछन् ।
16/05/2023
: एसिया कप क्रिकेटलाई लिएर पीसीबीले नयाँ हाइब्रेट मोडलको प्रस्ताव अगाडी बढाएको छ । जस अन्तर्गत भारतको खेल बाहेकका समूह चरणका ४ खेल पाकिस्तानमा खेलिने छन् । भने बाँकी सबै खेल अन्य देशमा खेलिने छन । यो विषयमा पीसीबी, बीसीसीआई र एसीसी बीच हप्ता दिन भित्र बैठक बस्दै छ ।
16/05/2023
: एभरेष्ट प्रिमियर लिग ईपीएलले नेपाल क्रिकेट संघ क्यान विरुद्ध सर्वोच्च अदालतमा हालेको मुद्दा फिर्ता लिएको छ । क्यानले नेपाल टी–२० लिग आयोजनाका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग कानूनविपरीत सम्झौता गरेको भन्दै ईपीएलका सञ्चालक आमिर अख्तरले ११ जेठमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
मुद्दा फिर्ता लिएसंगै इपीएल आयोजना गर्न मिल्ने भएको छ ।
15/05/2023
नेपाल क्रिकेट संघले भैरहवामा अवस्थित सिद्धार्थ क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्रीकेट मैदान बनाउने उदेश्य र योजनाका साथ ACC काे बिकास कार्यक्रम अन्तर्गत रोलर सहयोग गरेको छ । आज एक कार्यक्रम बीच उक्त रोलरको साचो नेपाल क्रीकेट संघका सदस्य श्री प्रशान्त बिक्रम मल्लले रुपन्देही क्रिकेट संघका सन्स्थापक अध्यक्ष श्री प्रेम कुमार सेन्चुरी र सन्स्थापक काेषाध्यक्ष श्री ऋषिकेश अग्रवाललाई हस्तान्तरण गर्नु भयो ।
📷 : CAR
14/05/2023
मलेशिया विरुद्धको टि-२० आई सिरिजको लागि नेपाली महिला टिम घोषणा
14/05/2023
नेपाली क्रिकेटले खेल्ने अगामी प्रतियोगिता
👉 ICC World Cup Qualifier (H) Zimbabwe - 18 June - 9 July 2023
👉 ACC Emerging Teams Asia Cup (H) Sri Lanka - July 2023
👉 Asia Cup (H) Pakistan - Sep 2-17,2023
👉 ICC T20 World Cup Asia Qualifier (H) Nepal - Nov 1-10,2023
13/05/2023
: नेपाल मे ३१ मा दक्षिण अफ्रिकाको प्रिटोरिया जाँदैछ
दक्षिण अफ्रिकामा ३ खेल खेल्ने, स्कटल्याण्ड र नेदरल्याण्ड्स विरुद्ध १-१ खेल, तेस्रो टोली अझै निश्चित हुन बाँकी
त्यसपछि नेपालले जुन ११ मा जिम्बावे भ्रमण गर्नेछ
दुई आधिकारिक वार्मअप खेलहरू खेल्नेछ जुन सबै टोलीहरूका लागि ICC द्वारा प्रदान गरिएको छ (1 टेस्ट राष्ट्र विरुद्ध र 1 एसोसिएट राष्ट्र विरुद्ध)
-क्यान अध्यक्ष, चतुरबहादुर चन्द ग्लोबल टिभी मार्फत
13/05/2023
: नेपालले आईसीसी टि-२० विश्वकप एसिया छनौट आयोजना गर्ने भएको छ । प्रतियोगिता नोभेम्बर १-१० सम्म काठ्माण्डौमा आयोजना हुने छ । जहाँ ८ टिमको सहभागिता रहने छ । भने फाइनल खेल्ने दुई टिमले २०२४ को टि २० विश्वकप खेल्ने छन् ।
सहभागी टिम :
१. नेपाल 🇳🇵
२. युएई 🇦🇪
३. ओमान 🇴🇲
४. हङकङ 🇭🇰
५. सिंगापुर 🇸🇬
६. बहराईन 🇧🇭
७._______?
८._______?
बॉकी २ टिम छनौट प्रतियोगिताबाट आउने