Nepal Chamber of Commerce

Call Directions Website

Nepal Chamber of Commerce Nepal Chamber of Commerce (NCC), was established in the year 1951 (2007 BS).

16/09/2026
Nepal–India dialogue. Shared ideas. Sustainable solutions. 🇳🇵🤝🇮🇳Our President, Mr. Kamlesh Kumar Agrawal, joins NDTV Wor...
21/08/2026

Nepal–India dialogue. Shared ideas. Sustainable solutions. 🇳🇵🤝🇮🇳

Our President, Mr. Kamlesh Kumar Agrawal, joins NDTV World on 27 August to discuss waste, circularity, trade and cross-border collaboration.

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिलकाठमाण्डौं, श्रावण १४ । ने...
30/07/2026

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल
काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही स्थानमा हालै घटेका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । चेम्बरले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै वर्तमान परिस्थितिमा संयमता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई प्राथमिकता दिन सबै पक्षसँग आग्रह गरेको छ ।
बुधबार जारी वक्तव्यमा नेपाल चेम्बर अफ कमर्सले नेपाल विभिन्न धर्म, संस्कृति तथा समुदायबीचको आपसी सम्मान, सद्भाव र सहअस्तित्वको भावनामा आधारित राष्ट्र भएको उल्लेख गर्दै यही विविधता देशको सबैभन्दा ठूलो शक्ति रहेको जनाएको छ । चेम्बरले सामाजिक सद्भाव र सहिष्णुताको संरक्षण तथा प्रवद्र्धन गर्नु सबै नागरिकको साझा जिम्मेवारी भएको बताएको छ ।
चेम्बरले संवेदनशील परिस्थितिमा अफवाह, भ्रामक सूचना तथा कुनै पनि प्रकारका हिंसात्मक गतिविधिबाट टाढा रहन नागरिकहरूलाई अपिल गरेको छ । वक्तव्यमा कुनै पनि असहमति वा मतभेद मानव जीवन, सामाजिक सद्भाव र राष्ट्रिय एकताभन्दा ठूलो हुन नसक्ने उल्लेख गरिएको छ ।
नेपाल चेम्बर अफ कमर्सले शान्ति, सुरक्षा तथा जनजीवनलाई पुनः सामान्य बनाउन नेपाल सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि, प्रतिपक्षी दल तथा समुदायका अगुवाहरूले गरिरहेका प्रयासहरूको प्रशंसा गरेको छ । साथै, सबै सम्बन्धित पक्षलाई खुला संवाद, पारदर्शिता, निष्पक्षता तथा आपसी सम्मानका आधारमा निरन्तर समन्वय र सहकार्य गर्न आग्रह गरिएको छ ।
वक्तव्यमा धार्मिक अगुवा, सामाजिक संघसंस्था, युवा समूह, नागरिक समाज, सञ्चारमाध्यम तथा निजी क्षेत्रलाई सामाजिक सद्भाव अभिवृद्धि गर्न, सबै धर्म र समुदायप्रति सम्मानको भावना विकास गर्न तथा एकतामूलक वातावरण निर्माणमा सक्रिय योगदान दिन अनुरोध गरिएको छ । दिगो शान्ति र स्थायित्व सबैको साझा प्रयासबाट मात्र सम्भव हुने चेम्बरको भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्सले आर्थिक समृद्धि र सामाजिक सद्भाव एकअर्काका परिपूरक रहेको उल्लेख गर्दै स्थिर र सुरक्षित वातावरणमा मात्र व्यवसाय, उद्योग तथा लगानी विस्तार हुन सक्ने जनाएको छ । समुदायहरूबीचको एकताले परिवार, समाज र अर्थतन्त्रलाई बलियो बनाउने विश्वास पनि चेम्बरले व्यक्त गरेको छ ।
चेम्बरले प्रभावित व्यवसायहरूको पुनःस्थापना, समुदायबीच सहकार्य तथा जनविश्वास पुनर्निर्माणका लागि आवश्यक सकारात्मक पहलमा साथ दिन सदैव तयार रहेको प्रतिबद्धता जनाएको छ । सरकार, स्थानीय समुदाय तथा सरोकारवालासँगको सहकार्यमार्फत निजी क्षेत्रले पुनर्निर्माण, पुनरुत्थान तथा दीर्घकालीन शान्ति र समृद्धि स्थापनामा महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास वक्तव्यमा व्यक्त गरिएको छ ।
नेपाल चेम्बर अफ कमर्सले वर्तमान समय विभाजनभन्दा सहिष्णुता, टकरावभन्दा संवाद र मतभेदभन्दा राष्ट्रिय एकतालाई प्राथमिकता दिने समय भएको उल्लेख गर्दै सबै नेपालीलाई सद्भाव, सहिष्णुता र सामाजिक एकताको गौरवशाली परम्परालाई थप सुदृढ बनाउन आह्वान गरेको छ ।
चेम्बरले सरकार, प्रतिपक्षी दल, निजी क्षेत्र, समुदायका अगुवा, नागरिक समाज तथा सम्पूर्ण नेपाली जनताबीचको सहकार्य, विश्वास र एकतामार्फत प्रभावित क्षेत्रमा चाँडै नै शान्ति पूर्णरूपमा पुनःस्थापित हुने तथा ती क्षेत्र अझ एकताबद्ध, सुदृढ र समृद्ध बन्दै अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।

Join us in celebrating the 70th Anniversary of Nepal–Japan Diplomatic Relations through a series of cultural, business a...
26/07/2026

Join us in celebrating the 70th Anniversary of Nepal–Japan Diplomatic Relations through a series of cultural, business and investment programs that strengthen friendship and collaboration between our two countries.

माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ज्यूको प्रमुख आतिथ्यतामा नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित “आर्थिक तथा व्यावसायि...
18/06/2026

माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ज्यूको प्रमुख आतिथ्यतामा नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित “आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि अनुकूल लगानीमैत्री वातावरण र अर्थतन्त्रका समसामयिक विषय” सम्बन्धी छलफल तथा संवाद कार्यक्रम l

साउदी अरेबियाका राजदूत महामहिम  फहद मोहम्मद ए. मनिखर सँग चेम्बर भवनमा भएको भेटवार्ता कार्यक्रमका केही झलकहरू            ...
27/05/2026

साउदी अरेबियाका राजदूत महामहिम फहद मोहम्मद ए. मनिखर सँग चेम्बर भवनमा भएको भेटवार्ता कार्यक्रमका केही झलकहरू

नेपाल निर्माण व्यवसायी महासंघका नव-निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरूलाई नेपाल चेम्बर अफ कमर्सद्वारा आयोज...
26/04/2026

नेपाल निर्माण व्यवसायी महासंघका नव-निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरूलाई नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित स्वागत कार्यक्रम।

Few Glimpses from the 75th AGM (2082) of Nepal Chamber of Commerce ,Celebrating 75 glorious years of unity, leadership, ...
12/04/2026

Few Glimpses from the 75th AGM (2082) of Nepal Chamber of Commerce ,Celebrating 75 glorious years of unity, leadership, and contribution to Nepal’s economic growth.

SEJON सँग ‘भोलिको अर्थतन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रमका केही झलकहरू”
03/02/2026

SEJON सँग ‘भोलिको अर्थतन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रमका केही झलकहरू”

७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्सद्वारा “Customs Protecting Society Through Vigilance and...
25/01/2026

७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्सद्वारा “Customs Protecting Society Through Vigilance and Commitment” भन्ने नाराका साथ आयोजित कार्यक्रम माननीय अर्थमन्त्री श्री रामेश्वरप्रसाद खनालज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न। उक्त अवसरमा भन्सार विभागका महानिर्देशक श्री श्याम प्रसाद भण्डारीज्यूलाई सम्मानका केही झलकहरू।

Address

Jamal
Kathmandu
00977

Opening Hours

Monday 10:30 - 17:30
Tuesday 10:30 - 18:00
Wednesday 10:30 - 18:00
Thursday 10:30 - 18:00
Friday 10:30 - 18:00
Sunday 10:30 - 18:00

Telephone

+977-1-4230947

Alerts

Be the first to know and let us send you an email when Nepal Chamber of Commerce posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share