19/09/2026
हार्दिक बधाई तथा शुभकामना! 💐💐
ललितपुर जिल्ला भलिबल संघको अधिवेशनबाट श्री रवि बोगटीज्यूको अध्यक्षतामा नयाँ कार्यसमिति चयन हुनुभएकोमा नवनिर्वाचित अध्यक्षज्यू, सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरूलाई जावलाखेल भलिबल प्रशिक्षण केन्द्र (JVTC) को तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।
ललितपुर जिल्लामा भलिबल खेलको विकास, विस्तार तथा प्रतिभावान् खेलाडी उत्पादनमा यहाँहरूको नेतृत्वले महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएका छौँ। आगामी कार्यकालमा संघले थप प्रभावकारी रूपमा कार्य गर्दै खेल क्षेत्रको उन्नयनमा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गर्दछौँ।
जय भलिबल! 🏐🇳🇵
जावलाखेल भलिबल प्रशिक्षण केन्द्र (JVTC)