02/03/2024
युवा सन्जाल कावासोती- ८ द्वारा आयोजित दोश्रो खुल्ला फुटसल प्रतियोगिता २०८० मा हाम्रो यस रोयल राइनो फुटबल क्लबले कावासोति -१३ बाट A र B गरि दुइ वटा टिम दर्ता गरेको थियौ । जुन खेल आज २०८०/११/१९ गते भएको थियो र सो खेलमा हाम्रो रोयल राइनो फुटबल क्लब ले सबै टिमलाइ पछि पार्दै पहिलो र दोश्रो स्थान हासिल गर्न सफल भएको छ। मिहिनेत गरेर खेल्ने सम्पुर्ण क्लबका साथिहरुलाइ धेरै धेरै धन्यवाद र हार्दिक बधाई । 🏆🏆👏👏👏
🏆
27/02/2024
यस रोयल राइनो फुटबल क्लबका खेलाडि साथि नवराज गुरुङ (Nawang Gurung ) बैदेशिक रोजगरिको क्रममा बाहिर जादै हुनुहुन्छ । साथिको यात्रा सफल र उज्जल भविष्य को कामना गर्दछौ ।
- रोयल राइनो फुटबल क्लब परिवार ⚽️
18/01/2024
कावासोती नगरपालिकाको कार्यलयको आयोजनामा टेन स्टार युवा क्लबको समान्वयमा आयोजित कावासोती नगरस्तरीय फूटबल प्रतियोगिता २०८0को उद्घाटन खेल निम्न अनुसारको रहेको छ
kawasoti-05 VS kawasoti12(2:00)
10/01/2024
नगर स्तरिय फुटबल प्रतियोगिता यहि मिति २०८०/१०/०५ गते बाट सुरु हुने भनि जानकारि आयको हुनाले कावासोति -१३ को टिम गठन गर्नु पर्ने भएकोले कावासोति -१३ मा बसोबास गर्नु हुने खेल प्रेमि साथि भाइहरुलाइ तपसिलको मिति , समय र स्थानमा उपस्थित भैदिनु हुन हार्दिक अनुरोध गर्द्छु ।
तपसिल
मिति :- २०८०/०९/२६ गते
समय :- दिउसो ०४:०० बजे
स्थान :- कावासोति-१३ , गैरि ( जैबिक खेल मैदान )
अनुरोधक
दिपक बोहोरा
।। अध्यक्ष ।।
रोयल राइनो फुटबल क्लब
कावासोति- १३, गैरि
14/12/2023
Lw aaj hami Yeta tira xam hai 😊
सयपत्री युवा क्लबले आयोजना गरेको 2nd SADBHAV SAYPATRI 7"A" SIDE FOOTBALL TOURNAMENT अन्तर्गत भोलि मिति २०८०/०८/२८ गते हुने दोस्रो राउण्डको पहिलो खेल दिउँसो ठिक १:३० मा हुनेछ भने दोस्रो खेल ठिक २:४५ बजे हुनेछ।🥅⚽
प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार १ रुपैयाँ नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् भने दोस्रो हुने टिमले ३० हजार १ रुपैयाँ नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् ।
त्यसैगरी उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई पनि जनही २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने छ।
हाम्रो मुख्य प्रायोजन कावासोतीको सदभाव एजुकेशन रहेको छ भने प्रतियोगिताको सहयोगी संस्था कावासोती -१६ को कावासोती अस्पताल रहेको छ ।
08/12/2023
सयपत्री यूवा क्लव ले आयोजना गरेको 2nd SADBHAV SAYAPATRI 7'A' SIDE FOOTBALL TOURNAMENT को आज उदघाटन खेल ROYAL RHINO FC र सयपत्री यूवा क्लव(प्यारोट) बिच भएको थियो र सो खेलमा ५-१ गोल अन्तरले Royal Rhino FC ले जित हासिल गरेको छ ।
त्यस्तै खेलको Man of the match हामि सबैको प्यारो भाइ तारा थापा मगर हुन सफल भएका छन ।
29/11/2023
Royal Rhino FC का Member प्यारो साथि Amit Mahato लाइ आज पर्न गएको जन्मदिनको अवसरमा शुस्वास्थ्य दिर्घायुको कामनाका साथै करोडौ करोड शुभकामना ब्यक्त गर्दछौ |