Anjila Tumbapo Subba

Anjila Tumbapo Subba

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Anjila Tumbapo Subba, Sports, from kathmandu, Kathmandu.

International Goal keeper | Nepal National Team & Sethu FC Captain | Professional Football Player | Motivational Speaker | Sports Empowerment Advocate | Brand Ambassador| Product Influencer And Armed Police Force Goal Keeper #ATS16

03/09/2026

आज पहिलो पटक आमासँग सँगै प्लेनको यात्रा गर्दै सिक्किम जाने क्रममा अलिकति ढिला भएर एयरपोर्ट पुग्यौं। सबै कुरा उडानका लागि तयार भइसकेको थियो, तर Buddha Air का स्टाफ सदस्य र उहाँको सम्पूर्ण टिमले अत्यन्तै तत्परताका साथ सहयोग गरेर हामीलाई समयमै प्लेनसम्म पुर्‍याउनुभयो।
उहाँहरूको यो उत्कृष्ट सेवा, दयालु व्यवहार र उत्कृष्ट टिमवर्कका लागि Buddha Air को सम्पूर्ण टिमलाई हृदयदेखि नै धेरै-धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु! 🙏✈️ ❤️🕉️
🙏Buddha Air

Photos from Anjila Tumbapo S***a's post 31/08/2026

❤️ “मैदानमा जितका लागि खेलिन्छ, तर वास्तविक जीवनको जित समाज र मानिसको अनुहारमा मुस्कान ल्याउनुमा हुन्छ।”

आज मेरो आमाको जन्मदिन! 🎉🕉️🎂❤️🙏
हालै नेपालमा आएको भीषण बाढी र पहिरोले हाम्रा धेरै दाजुभाइ-दीदीबहिनीहरूलाई ठूलो विपत्तिमा पारेको छ। त्यसैले आमाको यो विशेष दिनलाई अझ अर्थपूर्ण बनाउन हामीले आमा र मेरो तर्फबाट ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा रु. 40,444 सहयोग हस्तान्तरण गरेका छौँ।

हाम्रो सानो प्रयासले विपत्तिमा परेकाहरूलाई केही राहत पुगोस्। आमा, तपाईंको संस्कार र आशीर्वाद सधैं यसरी नै मार्गदर्शन बनिरहोस्। जन्मदिनको धेरै धेरै शुभकामना आमा! 🎂💐

31/08/2026

🎂जन्मिएदेखि आजसम्म कहिल्यै आमाको जन्मदिनमा सँगै हुन पाएको थिएन। तर आज भाग्यवश आमाको जन्मदिनमा सँगै हुन पाउँदा र आमालाई पहिलोपटक श्री पशुपतिनाथको दर्शन गराउन पाउँदा मन औधी खुसी भएको छ। भगवानले मेरो आमालाई सधैँ निरोगी, सुखी र दीर्घायु राखून्। जन्मदिनको धेरै धेरै शुभकामना आमा! ❤️🙏✨🕉️🎂

Photos from Anjila Tumbapo S***a's post 22/08/2026

SADA Production ले Anjila चलचित्रलाई सिक्किममा प्रदर्शन गरेको विशेष अवसरमा मलाई पनि निमन्त्रणा गरी यति धेरै माया, सम्मान र आत्मीय स्वागत गर्नुभएकोमा म हृदयदेखि नै आभारी छु। यो केवल एउटा निमन्त्रणा मात्र नभई, मेरो लागि अविस्मरणीय अनुभव र ठूलो सम्मान बनेको छ। SADA Production को सम्पूर्ण टिम तथा सम्पूर्ण सिक्किम परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको स्नेह, र सम्मान सधैं मेरो मनमा विशेष स्थानमा रहनेछ। आगामी दिनहरूमा पनि यस्तै सुन्दर सहकार्य र भेटघाट भइरहोस् भन्ने शुभकामना। धेरै धेरै धन्यवाद! 🙏❤️

19/08/2026

Hello Sikkim
See you tomorrow at vajra cinema hall gangtok 😊❤️

18/08/2026

See you soon Sikkim ❤️🙏💚🕉️

17/08/2026

मैदानमा देशको नाम उच्च बनाउने हाम्रो चेली पुजा रानामगरलाई अब हाम्रो साथ चाहिएको छ! ❤️

उहाँलाई NSJF बजाज पल्सर स्पोर्ट्स अवार्डको 'पिपल्स च्वाइस' विधामा जिताउनका लागि 'Khalti' App मार्फत आफ्नो अमूल्य भोट दिनुहोला। उहाँको मेहनत र खेलप्रतिको समर्पणलाई सम्मान गरौं!

📲 भोट कसरी गर्ने?
१. Khalti App खोल्नुहोस्।
२. NSJF Sports Award वा Voting ब्यानरमा जानुहोस्।
३.Puja Rana Magar लाई सेलेक्ट गरी भोट गर्नुहोस्!

आउनुहोस्, एकजुट भएर हाम्रा खेलाडीलाई जिताऔं! 🙌

15/08/2026

यो संसार जतिनै ठूलो र रङ्गीन भए पनि आमाको काख जत्तिको सुरक्षित र प्यारो ठाउँ अन्त कतै छैन। ❤️ 🥹💚🕉️

14/08/2026

फुटबलको मैदानमा धेरै अगाडि बढेँ होला, तर जिन्दगीको मैदानमा सधैँ मभन्दा अगाडि उभिएर मलाई बाटो देखाउने र जोगाउने मेरी आमा हुनुहुन्छ। मैदानको जित त एउटा खेल मात्र हो, मेरो जीवनको सबैभन्दा ठूलो ट्रफी त आमाको मुस्कान हो। ⚽❤️👑

11/08/2026

समय बगेर जान्छ, तर केही पलहरू जिन्दगीभरका लागि आफ्नै भइरहन्छन्।
❤️💚

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


From Kathmandu
Kathmandu