Anjila Tumbapo Subba

Directions Website Contact the business

Anjila Tumbapo Subba Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Anjila Tumbapo Subba, Sports, from kathmandu, Kathmandu.
(1)

International Goal keeper | Nepal National Team & Sethu FC Captain | Professional Football Player | Motivational Speaker | Sports Empowerment Advocate | Brand Ambassador| Product Influencer And Armed Police Force Goal Keeper

The world may judge the moment, but I'll always remember the inspiration. My idol, my hero, Cristiano Ronaldo. ❤️🐐 SIUUU...
02/10/2026

The world may judge the moment, but I'll always remember the inspiration. My idol, my hero, Cristiano Ronaldo. ❤️🐐 SIUUU! ⚽ ❤️🕉️🙏

कहिल्यै नबिर्सिने एउटा सानो रहर थियोकहिलेकाहीँ जिन्दगीले सबैभन्दा ठूलो उपहारट्रफी दिएर होइन,एउटा सानो रहर पूरा गरिदिएर द...
29/09/2026

कहिल्यै नबिर्सिने एउटा सानो रहर थियो

कहिलेकाहीँ जिन्दगीले सबैभन्दा ठूलो उपहार
ट्रफी दिएर होइन,
एउटा सानो रहर पूरा गरिदिएर दिन्छ।

आज म त्यही रहर भेट्न गएकी थिएँ।

इलामबाट काठमाडौं आएको
भर्खरको त्यो बच्चा मन,
स्कुल जाने बाटोमा
एउटा क्याफे पर्थ्यो।
भित्र विदेशीहरू हाँस्दै,
कफीको कप समातेर
आफ्नै दुनियाँमा हराइरहेका हुन्थे।

म बाहिरबाट हेर्थेँ,
“कफी भनेको कस्तो होला?
एक दिन म पनि
यहीँ बसेर खान पाएँ भने…”

त्यो बेला
सपना पनि महँगो लाग्थ्यो,
र क्याफेको ढोका
मेरो पहुँचभन्दा धेरै टाढा।

तर मसँग अर्को सपना थियो "फुटबल।"
त्यही सपनालाई पछ्याउँदै
घाम, पसिना, आँसु
र अनगिन्ती संघर्षहरू पार गरेँ।

आज,
नौ–दस वर्षपछि,
म नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान बनेर
त्यही क्याफेको ढोका खोलेँ।

मैले
एउटा कोल्ड ब्रु coffee,ra एउटा sandwich अर्डर गरेँ।

जब त्यो कफी
मेरो अगाडि आयो,
मेरा हातले कप समाते।

तर काँपिरहेको
हात थिएन।

काँपिरहेको थियो
दस वर्षअघिको एउटा अधुरो सपना।

पहिलो सिप लिएँ।

र अचानक…

आँखा रसाए।

कफी तितो थियो कि मिठो,
मलाई थाहा भएन।

किनकि
त्यो स्वादभन्दा धेरै
म सम्झनाहरू पिइरहेकी थिएँ।

कसैलाई प्रभावित गर्न होइन,
कसैलाई देखाउन होइन
आफ्नै सानो मनलाई भन्न,
“हेर, तिम्रो त्यो रहर
म बिर्सिएकी थिइनँ।”

एउटा स्यान्डविच,
एउटा कोल्ड ब्रु कफी,
र एउटा सिट

सायद संसारका लागि
यो सामान्य पल थियो।
तर मेरो लागि,
यो एउटा जित थियो
ट्रफीभन्दा ठूलो,
तालीभन्दा गहिरो।

र मैले
आफैँलाई र त्यो सानो केटीलाई, एउटा सानो धन्यवाद दिएँ| जो त्यस बेला क्याफेभित्र पस्न सकिन,
मनमनै अँगालो हालेर भनेँ

“हेर,
हामीले सपना पूरा गर्यौं।
ढिलो भयो,
तर हामी आइपुग्यौं।”

सायद,
आफ्नो सबैभन्दा ठूलो सफलता भनेको
अरूलाई प्रमाणित गर्नु होइन रहेछ, कुनै दिन
सिसाबाहिर उभिएर सपना देखेको
आफ्नै सानो स्वरूपलाई
भित्र बोलाएर भन्न सक्नु हो

“अब तिमीलाई बाहिर उभिनु पर्दैन।
यो ठाउँ पनि तिम्रै हो।”

❤️🕉️🥹

संविधान दिवस २०८३ को सुखद अवसर! 🇳🇵आजको दिन झनै खास बन्यो जब समाज परिवर्तन र नवप्रवर्तनका संवाहक महावीर पुन, सूदन गुरुङ र...
19/09/2026

संविधान दिवस २०८३ को सुखद अवसर! 🇳🇵

आजको दिन झनै खास बन्यो जब समाज परिवर्तन र नवप्रवर्तनका संवाहक महावीर पुन, सूदन गुरुङ र उपप्रमुख सुनिता डंगोलज्यूहरूसँग भेट्ने सौभाग्य मिल्यो। उहाँहरूको सादगी, समर्पण र देशप्रतिको मायालाई नजिकबाट अनुभूत गर्न पाइयो।

देश निर्माणमा आ-आफ्नो ठाउँबाट योगदान पुर्‍याउने प्रेरणासहित, सबैमा संविधान दिवसको धेरै-धेरै शुभकामना! ❤️🙏🕉️

#संविधानदिवस #नेपाल #भेटघाट #प्रेरणा

हामी सबैको साझा फूलबारी नेपालमा फुलेको एउटा सुन्दर फूल 'गुरुङ समुदाय'। उहाँहरूको कथा, त्याग, स्वाभिमान, आफ्नै मौलिकता र ...
18/09/2026

हामी सबैको साझा फूलबारी नेपालमा फुलेको एउटा सुन्दर फूल 'गुरुङ समुदाय'। उहाँहरूको कथा, त्याग, स्वाभिमान, आफ्नै मौलिकता र वास्तविक जीवनको सङ्घर्ष समेटेर हामीमाझ पस्किएको असाध्यै मीठो र मनछुने कथा 'पेन्सन पट्टा' मैले आज हेरेँ। हजुरहरूले पनि पायक पर्ने ठाउँ र अनुकूल समय निकालेर एकपटक अवश्य हेर्नुहोला। ❤️👏

Chandragiri 💚     ❤️
12/09/2026

Chandragiri 💚

❤️

हिजो MG Road मा सिक्किम राइडर्स टिमलाई भेट्ने अवसर मिल्यो। नेपालको बाढी पहिरो पीडितहरूका लागि हजुरहरूले गर्नुभएको सहयोग ...
07/09/2026

हिजो MG Road मा सिक्किम राइडर्स टिमलाई भेट्ने अवसर मिल्यो। नेपालको बाढी पहिरो पीडितहरूका लागि हजुरहरूले गर्नुभएको सहयोग र दर्शाउनुभएको मायाको लागि नेपाल र नेपालीको तर्फबाट धेरै-धेरै धन्यवाद। हजुरहरूको यो सहयोगी हातले हाम्रो मन छोएको छ। 🙏❤️🕉️

First day in Sikkim
06/09/2026

First day in Sikkim

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

सिक्किमको चिसो हावा, रङ्गीचङ्गी फूलहरू र आमाको आत्मीय साथ... 🏔️🌺 हिजोको यो यात्रा सधैं मेरो मनको नजिक रहनेछ।🌺     🕉️
06/09/2026

सिक्किमको चिसो हावा, रङ्गीचङ्गी फूलहरू र आमाको आत्मीय साथ... 🏔️🌺 हिजोको यो यात्रा सधैं मेरो मनको नजिक रहनेछ।🌺
🕉️

आज पहिलो पटक आमासँग सँगै प्लेनको यात्रा गर्दै सिक्किम जाने क्रममा अलिकति ढिला भएर एयरपोर्ट पुग्यौं। सबै कुरा उडानका लागि...
03/09/2026

आज पहिलो पटक आमासँग सँगै प्लेनको यात्रा गर्दै सिक्किम जाने क्रममा अलिकति ढिला भएर एयरपोर्ट पुग्यौं। सबै कुरा उडानका लागि तयार भइसकेको थियो, तर Buddha Air का स्टाफ सदस्य र उहाँको सम्पूर्ण टिमले अत्यन्तै तत्परताका साथ सहयोग गरेर हामीलाई समयमै प्लेनसम्म पुर्‍याउनुभयो।
उहाँहरूको यो उत्कृष्ट सेवा, दयालु व्यवहार र उत्कृष्ट टिमवर्कका लागि Buddha Air को सम्पूर्ण टिमलाई हृदयदेखि नै धेरै-धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु! 🙏✈️ ❤️🕉️
🙏Buddha Air

Address

From Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Anjila Tumbapo Subba posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Anjila Tumbapo Subba:

Shortcuts

Share

Category