Yesterday is a closed chapter. Today I’m writing the story I want to read
Anjila Tumbapo Subba
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Anjila Tumbapo Subba, Sports, from kathmandu, Kathmandu.
International Goal keeper | Nepal National Team & Sethu FC Captain | Professional Football Player | Motivational Speaker | Sports Empowerment Advocate | Brand Ambassador| Product Influencer And Armed Police Force Goal Keeper #ATS16
01/05/2026
मनको शान्ति नै ठुलो कुरा हो। बुद्धका उपदेशहरूलाई आफ्नो जीवनमा उतार्न सकियोस्। बुद्ध जयन्तीको सबैलाई हार्दिक शुभकामना
Inner peace is the ultimate wealth. May we all be able to practice the teachings of Buddha in our lives. Heartfelt wishes to everyone on the occasion of Buddha Jayanti
🪬🫂🕉️❤️💚🙏🤲
नेपाली फुटबल अहिले एउटा यस्तो दोबाटोमा उभिएको छ, जहाँ खेल भन्दा बढी राजनीति र प्रशासनिक विवाद हावी भइरहेको छ। यो देख्दा एउटा खेलाडीको नाताले मन साह्रै रुन्छ। 💔🇳🇵
राष्ट्रिय खेलकुद परिषद (राखेप) र एन्फा (ANFA) बीचको आन्तरिक कलहले गर्दा आगामी SAFF Women’s Championship 2026 मा हाम्रो सहभागिता नै संकटमा पर्नु भनेको खेलकुदकै उपहास हो। यी "प्रशासनिक रोक" र "समयसीमाको उल्लङ्घन" केवल कागजका कुरा होइनन्—यसको पछाडि हजारौँ खेलाडीहरूको पसिना, सपना र देशका लागि केही गर्ने वर्षौँको मेहनत लुकेको हुन्छ।
जब संस्थाहरू चल्न छोड्छन्, तब एउटा खेलाडीको भविष्यमा अन्धकार छाउँछ। हामी देशको गर्वका लागि खेल्छौँ, तर प्रशिक्षण क्याम्प, प्राविधिक तयारी र स्पष्ट कार्ययोजना बिना हामी मैदानमा कसरी उत्रिने?
नेपाल सरकार र एन्फालाई विनम्र अनुरोध:
खेलकुद जोड्ने माध्यम बन्नुपर्छ, प्रशासनिक दाउपेचको रणभूमि होइन। दुवै पक्षलाई तुरुन्तै आपसी सहमति खोज्न म हार्दिक आग्रह गर्दछु। खेलाडीलाई खेल्ने वातावरण दिनुहोस्। हाम्रो मेहनत गोवाको मैदानमा देखिनुपर्छ, बन्द कोठाको विवादमा हराउनु हुँदैन।
हाम्रा खेलाडीका सपनाहरूलाई प्रशासनिक पक्षाघातको सिकार नबनाउनुहोस्। हाम्रो भविष्य "जोखिम" मा होइन, तपाईंहरूको "प्राथमिकता" मा हुनुपर्छ। ⚽🙏
#खेलाडीको_भविष्य 🙏
17/04/2026
हजुरको साथ अनि विश्वासले गर्दा नै आज म यो स्थानमा पुग्न सफल भएको छु। मेरो प्रत्येक पाइला पाइलामा हजुरको आशीर्वाद होस्। मातातीर्थ औंसी Happy Mother's Day 🫂🪬💚🙏🕉️
फुटबल नै मेरो वास्तविक सम्पत्ति हो।
Football is my true wealth.
03/04/2026
१० वर्ष एउटा दशक। एउटा खेलाडीले १० वर्षसम्म मैदानमा के मात्रै सहँदैन? घाम, पानी, चोटपटक र अभाव। एउटा एउटा इँटा थपेर घर बनाए झैँ, नेपाली महिला फुटबल टोलीले आफ्नो साख र सफलता बनाएको थियो। तर आज? १० वर्षको त्यो कडा मेहनतलाई खरानी बनाउन तपाईंहरूको स्वार्थ र राजनीतिलाई १० मिनेट पनि लागेन।
अन्तराष्ट्रिय खेल खेल्न पाउनु एउटा खेलाडीको लागि एउटा पर्व जस्तै हो। एउटा सपनाको शिखर हो। तर जब अन्तिम समयमा आएर राजनीतिको फोहोरी खेलले गर्दा हाम्रो अवसर खोसिन्छ, तब त्यो पीडा कस्तो हुन्छ, के तपाईंहरूले कहिल्यै महसुस गर्नुभएको छ? तपाईंहरू त केवल 'न्यूज' पढ्नुहुन्छ र 'अफसोस' मान्नुहुन्छ, तर मैदानमा ओर्लिन नपाउँदा एउटा खेलाडीको मन कति पटक मर्छ, त्यो हामीलाई मात्र थाहा छ।
आज तपाईंहरूले आफ्नो स्वार्थ जोगाउनु भयो होला, तर भोलि आउने पुस्तालाई के जवाफ दिनुहुन्छ? नयाँ आउने बहिनीहरूले कुन सपना बोकेर मैदानमा आउने? जब यहाँ खेलाडीको भविष्यमाथि नै खेलबाड हुन्छ भने, कसले आफ्नो जीवन फुटबलमा समर्पण गर्ने?
खेलाडीको रगत र पसिनालाई राजनीतिको साधन नबनाइदिनुस्। हामी देशको लागि खेल्न चाहन्छौँ, तपाईंहरूको अहङ्कारका लागि होइन। खेललाई खेल नै रहन दिनुस्, यसलाई राजनीतिको अखडा नबनाउनुस्।
अन्तराष्ट्रिय खेल खेल्न नपाउनुको पीडा एउटा खेलाडीले मात्र बुझ्न सक्छ। व्यक्तिगत स्वार्थ र राजनीतिक खिचातानीले आज नेपाली महिला फुटबल र समग्र खेलाडीको भविष्य अन्धकारमा धकेलिएको छ। हामीलाई मैदान चाहिन्छ, राजनीति होइन। हाम्रो सपनामाथि खेलबाड गर्ने अधिकार कसैलाई छैन!
फुटबलको जिम्मेवार ब्यक्तिले नबुझे कस्ले बुझ्ने ?
धन्यवाद छ ती सबैलाई, जसले आफ्नो व्यक्तिगत स्वार्थलाई देश र खेलभन्दा माथि राखेर आज नेपाली फुटबललाई यो अवस्थामा पुर्याइदिनुभयो।
NepaliFootball
31/03/2026
मैदानमा पसिना बगाउन हामी कहिल्यै पछि हटेनौं, तर कार्यकक्षको राजनीतिले हाम्रो बाटो छेक्दा मन रुन्छ। फिफा सिरिज खेल्न नपाउने हल्लाले सारा खेलाडीको मनोबल गिरेको छ। खेलकुद निकाय र सरकारलाई प्रश्न छ—के हाम्रो मेहनतको कुनै मूल्य छैन? राजनीतिक विवादले फुटबललाई बन्धक नबनाइयोस्। हामीलाई राजनीति होइन, फुटबल खेल्ने वातावरण चाहियो!
हामी खेल्न चाहन्छौं, देशको झण्डा फहराउन चाहन्छौं। All Nepal Football Association-ANFA National Sports Council, Nepal
27/03/2026
सम्माननीय प्रधानमन्त्री बालेन शाह ज्यू,
नवनियुक्त प्रधानमन्त्री पदको कार्यभार सम्हाल्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। एउटा खेलाडीको रूपमा मैले मैदानमा सधैं अनुशासन र लक्ष्यप्रतिको दृढताको महत्त्व बुझेकी छु तपाईंको नेतृत्वमा देशले पनि त्यस्तै नयाँ गतिशीलता र उचाइ हासिल गर्नेछ भन्ने पूर्ण विश्वास लिएकी छु। विशेष गरी नेपाली खेलकुद र युवाहरूको सपनालाई तपाईंले नयाँ दिशा दिनुहुनेछ भन्ने आशा छ। तपाईंको कार्यकाल पूर्ण सफल रहोस्।🙏
22/03/2026
The pitch is my happy place the smile says it all.💚🪬
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Address
From Kathmandu
Kathmandu