16/08/2026
मिति 2083/04/29 गते कालिका-१, चितवनमा आटी नेपालकाे आयाेजना तथा कृषि उद्योग मार्टकाे व्यवस्थापनमा "कृषि उद्योगी तथा उद्यमी सम्मेलन" उद्यमशिलता तथा नवप्रवर्तन विस्तार कार्यक्रम भब्य रुपमा सम्पन्न गरियाे । "स्वदेशी साेंच, स्वदेशी पुँजी, समृद्ध कृषि, समुन्नत नेपाल" भन्ने मुल नारा लिएर आयाेजना गरिएको कार्यक्रममा प्रमुख अतिथि - संघीय संसदको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति माननीय अशोक कुमार चौधरीज्यू,
विशिष्ट अतिथि- गण्डकी प्रदेश सभा, सभामुख माननीय कृष्ण प्रसाद धितालज्यू,
विशेष अतिथि- नेपाल नगरपालिका संघका अध्यक्ष तथा निलकण्ठ नगरपालिकाका नगरप्रमुख श्री भिम प्रसाद ढुङ्गानाज्यू,
नेपाल सरकार कृषि, वन तथा पर्यावरण मन्त्रालय र अन्तर्गतका विभिन्न निकायका उच्च पदस्थ कर्मचारीज्यूहरु,
साना तथा घरेलु उद्योग महासंघ, केरा व्यवसाय, दुग्ध व्यवसाय, पोल्ट्री व्यवसाय, बिऊ विजन व्यवसाय जस्ता कृषिका क्षेत्रगत संघ, महासंघ र अन्य प्रतिनिधिहरुको सक्रिय सहभागितामा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
मिति 2083/04/30 गते अतिथि विशिष्ट जनको उपस्थितिमा कृषि प्रविधि क्षेत्रको अग्रणी उत्पादक उद्योग NTS Industries , प्राङ्गारिक मल उत्पादन क्षेत्रको अग्रणी उद्योग Obifert तथा राजा च्याउ र डल्ले च्याउ उत्पादनको अग्रणी उद्योग NC biotech Industries को अवलोकन भ्रमण गरि कार्यक्रम भव्यताका साथ सम्पन्न गरियो ।