Nepal Kwanmukan Karate Do Association - NKKDA

Nepal Kwanmukan Karate Do Association - NKKDA

Share

Nepal Kwanmukan Karate Do Association.Karate trainning center at Anamnagar, Near Occidental School.

Photos from Nepal Kwanmukan Karate Do Association - NKKDA's post 01/01/2026

नेपाल क्वानमुकान कराते–दो संघको वार्षिक साधारण सभा (AGM) तथा तेस्रो केन्द्रीय समिति निर्वाचन २०८२ पौष १६ गते बुधबार सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य श्री कमल बहादुर भट्टराईज्यू रहनुभएको थियो।
राष्ट्रिय खेलकुद परिषद्को तीन सदस्यीय निर्वाचन समितिद्वारा—संयोजक तथा कानून विभाग प्रमुख श्री नारायण राज आर्यालज्यूको नेतृत्वमा—निष्पक्ष र मर्यादित रूपमा निर्वाचन सम्पन्न भयो।
निर्वाचनमार्फत श्री जनक सुवेदीज्यू अध्यक्षतामा नेपाल क्वानमुकान कराते–डो संघको १७ सदस्यीय कार्यसमिति गठन भयो र सम्पूर्ण पदमा निर्वाचित हुनुभएका समितिहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण अतिथि, प्रतिनिधि तथा सदस्यहरूलाई हार्दिक धन्यवाद। 🥋🇳🇵

19/11/2025
Photos from Nepal Kwanmukan Karate Do Association - NKKDA's post 06/09/2025

नेपाल क्वानमुकान कराते डो संघकाे कोशी प्रदेश प्रथम साधारणसभा तथा नेपाल क्वानमुकान कराते डो संघ कोशी प्रदेश गठन आज मिति २०८२ साल भाद्र २१ गते उर्लाबारी मोरङ मा सफलता का साथ सम्पन्न गरियो।
उपस्थिति:
कोशी खेलकुद विकास बोर्ड बाट प्रतिनिधि: श्री प्रदीप भगत थारुज्यु
नेपाल क्वानमुकान कराते डो संघ केन्द्रीय उपाध्यक्ष: नरदेव राई ज्यू
नेपाल क्वानमुकान कराते डो संघ केन्द्रीय कार्यालय सचिव:विक्रम श्रेष्ठ ज्यू
नेपाल क्वानमुकान कराते डो संघकाे कोशी प्रदेशमा अध्यक्ष श्री चन्द्र ब धिमाल ज्यू काे अध्यक्षतामा ७ सदस्य समिति गठन गरियो।

08/08/2025

शुभकामना सन्देश

नेपाल क्वान्मुकान कराते डो संघ परिवारको तर्फबाट
श्रीमती शर्मिला थापा बिष्टज्यूलाई
पाटन उच्च अदालत, ललितपुरको न्यायाधीश पदमा
नियुक्ति भएकोमा
हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

तपाईंको निष्ठा, समर्पण र कडा मेहनतको फलस्वरूप प्राप्त यस जिम्मेवारीमा
अझ सफल र न्यायपूर्ण कार्यकाल रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।
तपाईंको आगामी यात्रा अझ गौरवपूर्ण, प्रेरणादायक र सफल रहोस्।

नेपाल क्वान्मुकान कराते डो संघ परिवार

Photos from Nepal Kwanmukan Karate Do Association - NKKDA's post 10/07/2025

आज गुरु पूर्णिमा काे दिन नेपाल कवनमुकान कराते डो संघ काे केन्द्रिय कार्यालय अनामनगरमा संघ का उपलब्ध गुरु ज्यू हरु पदाधिकारीहरु र खेलाडी साथी हरुको छलफल ताथा भेटघाट।

07/04/2025

हाम्रो संघको अभिभावक उत्तम राईज्युको दुःखद निधन भएको अत्यन्तै दुःखका साथ जानकारी गराउँदै, उहाँको पार्थिव शरीरलाई आज २०८१ चैत्र २५ गते, दिनको २ बजे, पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी गराइन्छ।
उहाँको आत्माले शान्ति पाओस् भन्ने गहिरो कामना गर्दै,
नेपाल क्वानमुकान कराते डो संघ परिवार
भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ।

25/03/2025

नेपाल कराते महासंघकाे अध्यक्ष युवराज लामा र महा- सचिव दावा गुरुङले विश्व कराते महासंघको नीति नियमलाई उल्लंघन गर्दै विभिन्न करतेका चाहिने नचाहिने कार्यक्रमहरुकाे आयोजना गर्दै देश भरिका विभिन्न कराते संघहरुको अधिकार माथि र मौलिक अधिकारमा व्यक्तिगत स्वार्थका लागि कार्यक्रमहरु सञ्चालन गर्दै आएको हुँदा व्यापक रुपमा आर्थिक अनियमता भई रहेको र विश्व कराते मान्यता अनुसार सबै कराँतेका विधहरुलाई समेटेर बनेको महासंघ हाल आएर सबै कराते विद्यालयले कराते संघहरुको छाता संघ महासंघबाट असहमति हुँदै असन्तुष्टिहरु व्यापक रुपमा चलिरहेको हुँदा मिति २०८१ चैत्र ९ गते दोश्रो वार्षिक साधारसभामा ८० प्रतिशत अनुपस्थिति भई साधारणसभा पूर्ण रुपमा विफल भएको हुँदा कराते महासंघको नेतृत्व माथि प्रश्न चिन्ह खडा भएको छ। मिति २०८१ चैत्र ६ गते राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी , १३ औ साफ काे स्वर्ण पदक विजयी विप्लप लाल श्रेष्ठले दिएको अप्रत्यासित सन्यास काे घोषणाको कारण, नेपाल कराते महासंघको अध्यक्ष युवराज लामाले बारम्बार निजको मनोबल गिराउने काम र स्वछ प्रतिष्प्रधा नगर्दै प्रतियोगिताहरूमा समावेश नगराएको हुँदा आफू खुशी आफ्नो आफ्नो व्यक्तिलाई प्रतियोगितामा समावेश गरिएको हुँदा निजले नेतृत्व गरेको क्रियाकलापले आफ्नो कराते जीवनबाट सन्यास लिने घोषणा व्यक्त गरेको हुँदा अब उपरान्त नेपाल कराते महासंघको नेतृत्वमा प्रश्न चिन्ह खडा भएको छ। राष्ट्रिय खेलकुद परिषदमा दर्ता रहेको राष्ट्रिय संघहरुको बेवास्ता गर्दै आफू खुशी नेतृत्व चलाएको र सम्पूर्ण राष्ट्रिय कराते संघहरूलाई निषेधित गर्ने सोचले राष्ट्रिय खेलकुद परिषदको अधिकार र जिम्मेवारीमाथि हस्तछेप गर्दै सम्पूर्ण कराते महासंघहरुको नवीकरण र चुनाव रोकिरहेको हुँदा सम्पूर्ण संघहरुको आपतिजनक विचारहरू आएको छ। युवराज लामा सदस्य सचिव हुँदा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएका कसैको संघ बेचेर आर्थिक हिनामिना गरि भ्रष्टाचार गरेको र महा सचिव दावा गुरुङ २००२ साल तिर कराते महासंघको अध्यक्ष हुँदा आर्थिक हिनामिना गरेको हुँदा कराते महासंघबाट बहिष्कृत भई छोड्नु पर्दा महासंघका महत्त्वपूर्ण कागजातहरू र अमूल्य वस्तुहरू लागेको आरोपमा चोरी मुद्दा लागि फरार भएको व्यक्ति हो। यी सबै विषय वस्तुलाई लिएर अहिलेकाे कराते महासंघ माथि यी दुई व्यक्तिले गरेको नेतृत्व आपतिजनक भएको कुरा सबैमा जानकारी छ। यही विषयवस्तुलाई लिएर अब आउने करातेको नेतृत्व कसरी जाने बारेमा जाँदा सम्पूर्ण कराते खेलाडीहरूको भविष्य कसरी सुनिश्चित हुन्छ भन्ने जिज्ञासा मा खडा भएका केही प्रश्नहरू :
१: कराते महासंघ के हो? यसको विश्व मान्यता के छ?
२: कराते महासंघको क्रियाकलापको बारेमा उठेको जिम्मेवारी के हो ?
३: कराते महासंघ वैधानिक की अवैधानिक?
४: कराते महासंघले गरेको आर्थिक हिनामिना काे बारेमा जिम्मेवार काे?
५: राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको सम्पूर्ण कराते राष्ट्रिय संघहरुको
बारेमा कराते महासंघको दृष्टिकोण के हो?
६: रा. खे.प. मा दर्ता भएको अपूर्ण कराते संघहरुको हक अधिकार र
जिम्मेवारी के हो ?
७: खेलकुद परिषदले कराते संघहरुलाई हेर्ने दृ्टिकोणकाे बारेमा।
८: खेलकुद परिषदमा कराते विधाका संघहरू दर्ता गर्ने सम्पूर्ण
प्रक्रियालाई करते महासघं र रा. खें.प. काे हेर्ने दृष्टिकोण के हो ?
९: नेपाल कवनमुकान कराते डो संघ ले उच्च अदालत पाटनमा रिट हालेर
सोकाे फैसला कवनमुकन कराते काे संघ काे पक्षमा आएर पनि
अदालत काे अपहेलना भई सक्दा सम्म पनि अदालत काे निर्देशन
नमानेर घोक्रो फुलाउदै हिन्नेहरुलाई अब कुन कानुन लगाउने हो त?

जनक सुवेदी
अध्यक्ष
नेपाल कवानमुकान कराते डो संघ

Photos from Nepal Kwanmukan Karate Do Association - NKKDA's post 19/01/2025

नेपालका राष्ट्रिय कराते संघहरुको यही मिति २०८१ माघ ६ गते काे दिन बसेको बैठकमा नेपालमा करातेको भविष्य र यसको विकासका लागि महत्वपूर्ण छलफल गरी कराते संघका सदस्यहरू र प्रतिष्ठित खेलका व्यक्तित्वहरूले नेपालमा कराते खेलको भविष्य र यसको सुधारको उपायहरूमा गहिरो छलफल गर्नुभयो। नेपाल काे कराते खेलमा रहेका नकारात्मकता र अवरोधहरूलाई हटाउने बारेमा सशक्त रणनीतिहरू बनाइयो।

19/11/2024

Nepal Kwanmukan Karate Do Association with
City Montessori Anamnagar

Photos from Nepal Kwanmukan Karate Do Association - NKKDA's post 16/11/2024

नेपाल का कराते संघहरू काे चिफ कोच र सदस्यहरु काे भेटघाट कार्यक्रम। सो कार्यक्रम मा कराते संघहरूलाई कराते महासंघले गरेको अन्याय मा असन्तुष्टि प्रकट गर्दै सबै कराते का चिफ कोच लगायत सदस्य हरु ले राष्ट्रिय खेलकुद परिषद् का सदस्य सचिव ज्यू सँग यस समस्या लाई समाधान गरिदिन छलफल गरियो।
मिति: २०८१ साल कार्तिक ३० गते।

Photos from Nepal Kwanmukan Karate Do Association - NKKDA's post 16/11/2024

नेपाल क्वानमुकान कराते डो संघको प्रतिनिधित्व बाट सबै कराते संघहरू लाई समेटेर माननीय खेलकुद मन्त्रीज्यू लाई ध्यानाकर्षण गराउँदै।
नेपाल कराते महासंघ र राष्ट्रिय खेलकुद परिषद्लें नेपाल मा भएका अफिसियल कराते गोजु रियो, सितोरियो , सोतोकान, वादो रियो लगायत अरु ८० ओटा कराते लाई ज्यादती र विकृति गरेको हुँदा सबै कराते मिलेर माननीय खेलकुद मन्त्री ज्यू काे मा विकृति हटाउन विज्ञप्ति लिएर गएका थियौ।
मिति २०८१ साल कार्तिक २७ गते

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Anamnagar, Ekta Marg Near Occidental School
Kathmandu
44600

Opening Hours

Monday 05:00 - 10:00
16:00 - 19:00
Tuesday 05:00 - 10:00
16:00 - 19:00
Wednesday 05:00 - 10:00
16:00 - 19:00
Thursday 05:00 - 10:00
16:00 - 19:00
Friday 05:00 - 10:00
16:00 - 19:00
Saturday 05:00 - 10:00