Trisuli river : White water Rafting

Trisuli river : White water Rafting

Share

World class trips, fun guides and happy guests. Welcome to ADRIFT ADVENTURES NEPAL! We are an award Large hard-sided luggage will not fit into
the aircraft.

We are an award winning, experienced and respected WILD HIMALAYAS WHITTE WATER River rafting and Multi water sports outfitter based in Nepal
Since 2000, we have run the highest quality river trips possible: well-organized, ecologically sound and meaningful experiences. We have learned what it takes to make a river trip extra special for you, your friends and your family. Awesome Guides & Attentive

Photos from Trisuli river : White water Rafting's post 29/12/2025

🚣‍♂️ साहसी जलयात्रा, उद्धार तथा जलविद्युत क्षेत्रका लागि
Premium Rafting & Rescue Equipment – अब नेपालमै उपलब्ध
साहसी जलयात्रा (Rafting / Kayaking), नदी–ताल–पोखरी, जलविद्युत आयोजना, तालिम केन्द्र तथा आपतकालीन उद्धार कार्यका लागि प्रयोग हुने उच्च गुणस्तरीय राफ्टिङ ढुङ्गा (Rafts) तथा उद्धार सामग्री अब नेपालमै उपलब्ध छ।
के तपाईंलाई थाहा छ?
• कुन कामका लागि कुन प्रकारको ढुङ्गा उपयुक्त हुन्छ?
• ढुङ्गा र सामग्री कति वर्षसम्म टिक्छ?
• सही प्राविधिक जानकारी नहुँदा अनावश्यक रूपमा महँगो मूल्य त तिरिरहनु भएको छैन?
👉 अब यी सबै विषयमा निःशुल्क, प्रमाणसहित र प्राविधिक जानकारी उपलब्ध छ।
हाम्रो सामग्री किन रोज्ने?
नेपालको भौगोलिक अवस्था र नदी प्रणालीलाई ध्यानमा राखी डिजाइन गरिएका यी सामग्रीहरू:
✔️ किफायती मूल्य
✔️ अत्यन्त टिकाउ र भरपर्दो
✔️ अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डअनुसार निर्मित
✔️ १००% गुणस्तर र सुरक्षाको ग्यारेन्टी
Premium Rafting & Rescue Equipment — अब सुरक्षित लगानी नेपालमै
उपलब्ध सामग्रीहरू
• प्रिमियम ह्वाइटवाटर राफ्ट (Whitewater Raft)
• उद्धार राफ्ट (Rapid Response / Rescue Raft)
• तालिम, आपतकालीन उद्धार तथा एक्सपेडिसनका लागि उपयुक्त उपकरण
• अन्तर्राष्ट्रिय सेफ्टी स्ट्यान्डर्डअनुसार प्रमाणित
• अत्यन्त स्थिर, मजबुत र भरपर्दो डिजाइन
उपयुक्त प्रयोग क्षेत्र
• राफ्टिङ तथा साहसिक पर्यटन कम्पनीहरू
• जलयात्रा तथा तालिम केन्द्रहरू
• उद्धार संस्था (Search & Rescue, Disaster Response)
• स्थानीय, प्रदेश तथा संघीय सरकारी निकायहरू
• जलविद्युत आयोजनाहरू
• नदीमा कार्यरत सम्पूर्ण गाइडहरू
• माछापालन, अनुसन्धान तथा हाइड्रोसम्बन्धी संस्थाहरू
विशेषताहरू
✔️ गुणस्तरमा कुनै सम्झौता छैन
✔️ सुरक्षा र भरपर्दोपनामा १००% ग्यारेन्टी
✔️ प्राविधिक विवरण, मूल्य सूची तथा डेमो उपलब्ध
✔️ प्रत्येक सामग्रीमा ५ वर्षसम्मको पूर्ण ग्यारेन्टी
✔️ आवश्यक मर्मतसम्भार तथा After Sales

Service उपलब्ध..
Premium Rafting
“सुरक्षामा सम्झौता नगरी, अन्तर्राष्ट्रिय स्तरको अनुभव दिने व्यावसायिक राफ्टिङ सामग्री”
नेपालका नदी, साहसिक जलयात्रा तथा उद्धार क्षेत्रमा २५ वर्षभन्दा बढीको व्यावहारिक अनुभवका आधारमा, अब उच्च गुणस्तरीय, प्रमाणित र भरपर्दो सामग्रीहरू उचित र पारदर्शी मूल्यमा उपलब्ध गराइरहेका छौं।
📞 जानकारी तथा सम्पर्क
WhatsApp /
Mobile: +977 9851004814

ढुङ्गा कहाँ बनिन्छ?
कसरी आयात हुन्छ?

कुन कामका लागि कुन मोडल उपयुक्त हुन्छ?
👉 निःशुल्क परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्।
अवसर नछुटाउनुहोस् — सुरक्षामा लगानी गर्नुहोस्।

Photos from Trisuli river : White water Rafting's post 18/05/2025

“नदी बगिरहुन्, जीवन रहिरहोस्”...
हिमालै मुलुक नेपाल — जहाँका हिउँले ढाकिएका हिमश्रृङ्खलाहरूले शुद्ध जलको अनवरत स्रोत प्रदान गर्छन्। ती हिमनदीहरूबाट बगेका खोलानाला र नदीहरू नेपाली जीवनशैली, संस्कृतिको मेरुदण्ड मात्र होइनन्, प्रकृतिको अनुपम देन हुन्। तर, ती नै जीवनदायिनी नदीहरू आज हामी आफैंको बेवास्ता र लापरवाहीका कारण विनाशको मुखतिर धकेलिँदैछन्।

स्थानीय सरकार, प्रदेश सरकार र समुदायको साझा जिम्मेवारी हुनु पर्ने फोहोर व्यवस्थापनमा न त आवश्यक ध्यान दिइएको छ, न नै प्रभावकारी पहल।
ट्रकका ट्रक फोहोर नदी किनारमा थुपारिँदैछन्, ढल खुलेआम मिसाइन्छ, प्लास्टिक र रासायनिक वस्तुहरू बगाइन्छन् — तर न अनुगमन छ, न कारबाही।
आज ती नै नदीहरू, जसको पानी कहिल्यै पिउन योग्य थियो, छुनसमेत अयोग्य बनेका छन्। माछा, जलचर, जैविक प्रणाली सबै तहसनहस भइरहेका छन्। पर्यावरणीय सन्तुलन डगमगिएको छ।
यस्तो अवस्थामा सरकारले “हामी जलवायु परिवर्तनविरुद्ध ठूलो काम गर्दैछौं” भन्नु खोक्रो नाराभन्दा बढी केही होइन। जब नदी जोगाउन सकिन्न, फोहोर व्यवस्थापन गर्न सकिन्न, तब जलवायु न्यायको सपना केवल मञ्चमा उभिएर बोलेका भाषणमै सीमित हुन्छ।
यदि साँच्चै हामी जलवायु संरक्षणमा गम्भीर छौं भने,
सबैभन्दा पहिलो कदम — आफ्ना नदी, ताल, जङ्गल, र प्राकृतिक सम्पदाको संरक्षण हुनुपर्छ।

सरकार, सरोकारवाला निकायहरू र स्थानीय समुदायबीच सहकार्य, स्पष्ट योजना, कठोर निगरानी र जनचेतना अभिवृद्धिको संयोजन नहुँदासम्म, हामीले खोजेको दिगो विकास सम्भव छैन।
आजको सन्देश स्पष्ट छ —
“शुद्ध पिउने पानी बग्ने नदीहरूमा आज ढल बगिरहेको छ, फोहोर बगिरहेको छ, प्लास्टिक बगिरहेको छ।
जुन नदीले हामीलाई जीवन दिएको थियो, आज हामीले उसैलाई मर्न दिइरहेका छौं।
यदि अझै पनि सचिएनौं भने, न पानी बच्छ, न भविष्य।”
तर सँगै, एउटा सकारात्मक पक्ष पनि देखिएको
नेपालले पछिल्लो समय अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन र प्राकृतिक सौन्दर्यको प्रचारमा उल्लेखनीय कदम चालेको छ।
यदि यही प्रयासमा पर्यावरण संरक्षणलाई जोड दिइयो भने, नेपालले आफैंलाई हरित पर्यटनको अन्तर्राष्ट्रिय उदाहरण बनाउने सम्भावना प्रशस्तै

Photos from Northwest Rafting Company's post 13/04/2024
जगदुल्ला जलविद्युत् आयोजनाः यसरी बदल्नेछ कर्णाली प्रदेशको आर्थिक हैसियत 03/03/2024

जगदुल्ला जलविद्युत् आयोजनाः यसरी बदल्नेछ कर्णाली प्रदेशको आर्थिक हैसियत दैलेखको पदमखोला र द्वारीखोला साना जलविद्युत् आयोजनाबाट क्रमशः चार दशमलव आठ मेगावाट र तीन दशमलव ७५ मेगावाट विद्य....

"Hydropower Project Threatens Rafting Industry, Posing Challenges For Nepal's Tourism Sector" 28/02/2024

"Hydropower Project Threatens Rafting Industry, Posing Challenges for Nepal's Tourism Sector"

"Hydropower Project Threatens Rafting Industry, Posing Challenges For Nepal's Tourism Sector" Trishuli-  In a development that has sent shockwaves through Nepal's tourism sector, the proposed Trishuli hydropower project is causing a major crisis for the thriving rafting business. Concerned stakeholders are voicing their worries about the detrimental impact this project could have on …

26/02/2024

धेरै धेरै धन्यवाद आदरणीय मेरा सबै पत्रकार साथीहरू/ मित्रहरू, जसको शुद्ध कलमले हामीलाई हरेक पल सहयोग गरिरहनु भएको छ, सम्बन्धित निकायमा, र्याफ्टिङ, नदी पर्यटन र नेपालको पर्यटन समस्याहरूर समाधानको लागि पनि तरिका देखाइरहनु भएको छ.. तपाईको सहयोगले हामीलाई थप हौसला प्रदान गर्दछ... ताकि हामी केहि राम्रो गर्ने प्रयास गर्न सक्छौं ।

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

http://www.nepalriver.com/, http://www.nepalmountaintravel.com/, http://www.nepalhiking

Address


Adrift Adventures Nepal Pvt. Ltd
Kathmandu
19538