02/05/2026
“युवाको संघर्स, कृषकको समृद्धि, र व्यवसायिक सफलता”
कहिलेकाहीँ सफलता केवल सपना देखेर प्राप्त हुँदैन, त्यसका लागि दृढ संकल्प, अथक मेहनत, सीप, अनुभव र आफ्नै माटोमा केही गरौँ भन्ने अटल विश्वास आवश्यक पर्दछ ।
यसै प्रेरणादायी यात्राका एक उत्कृष्ट उदाहरण हुनुहुन्छ श्री सुमन पौडेलज्यू - एक कृषि स्नातक, दक्ष कृषि प्राविधिक, र नेपाली कृषकहरूको जीवनस्तर उकास्न समर्पित युवा उद्यमी ।
कर्मा कृषि केन्द्र, सिंधुवा शाखा, धनकुटामा समर्पित कर्मचारीको रूपमा आफ्नो रोजगारीको यात्रा प्रारम्भ गर्नु भएका सुमन पौडेलज्यूले किसानका समस्या, आवश्यकता र सम्भावनालाई नजिकबाट बुझ्दै कृषकहरूसँगको प्रत्यक्ष सहकार्य, कृषि सेवा प्रतिको समर्पण र नेपालमै केही उदाहरणीय कार्य गर्ने दृढ इच्छाशक्तिले उहाँलाई केवल रोजगारीमा सीमित राखेन - बरु उद्यमशीलताको नयाँ उचाइतर्फ प्रेरित गर्यो ।
उहाँकै लगनशीलता, इमान्दारिता र कृषि प्रतिको समर्पणलाई सम्मान गर्दै कर्मा ग्रुप अफ कम्पनीजले उहाँलाई कर्मा कृषि केन्द्र सिंधुवा शाखा, धनकुटामा फ्रेन्चाइज प्रदान गर्यो । यससँगै सुरु भयो उहाँको आफ्नै व्यवसायिक अध्याय – कर्मा कृषि केन्द्र अन्तर्गत - मिड हिल्स एग्रो सप्लयर्स एण्ड कन्सर्न, सिंधुवा धनकुटा ।
“कृषकको समृद्धि, हाम्रो चाहना” भन्ने भनाईलाई व्यवहारमा आत्मसाथ गर्दै निरन्तर संघर्ष, परिवारको साथ, कृषकहरूप्रतिको जिम्मेवारी र अथक परिश्रमकै परिणाम स्वरूप उहाँले कर्मा कृषि केन्द्रको नयाँ शाखा, मिड हिल्स एग्रो सप्लयर्स एण्ड कन्सर्न, हिले, धनकुटा शाखा विस्तार गर्दै सफलताको अर्को ऐतिहासिक पाइला चाल्नुभएको छ ।
यो केवल एउटा शाखा विस्तार मात्र होइन, यो नेपाली युवाको सम्भावनाको प्रमाण हो ।
यो कृषि क्षेत्रमा भविष्य देख्नेहरूको प्रेरणा हो ।
यो नेपालमै, कृषि क्षेत्रमा केही गर्ने सोच भई, निरन्तर मेहनत र सही सहकार्य भए सफलता सम्भव छ भन्ने प्रमाण हो ।
कर्म ग्रुप अफ कम्पनीजको तर्फबाट श्री सुमन पौडेलज्यूलाई यस नयाँ व्यवसाय विस्तारका लागि हार्दिक बधाई तथा सफलताको अनन्त शुभकामनाका साथ आगामी व्यवसायिक यात्रा अझ सफल, प्रभावकारी र नेपाली कृषकहरूको समृद्धिमा अझ योगदानमूलक रहोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछौं ।
तपाईको यो यात्रा हजारौँ कृषि स्नातक, युवा उद्यमी र कृषिमा भविष्य खोज्ने नेपालीहरूका लागि प्रेरणाको स्रोत बनोस्, हार्दिक शुभकामना ।
“कृषकको समृद्धि, हाम्रो चाहना”
कर्म कृषि केन्द्र परिवार ।
Sometimes, success is not achieved merely by dreaming — it requires unwavering determination, relentless hard work, skill, experience, and an unshakable belief that we must do something meaningful in our own land. One outstanding example of this inspiring journey is Mr. Suman Poudel — a graduate in agriculture, a skilled agricultural technician, and a young entrepreneur dedicated to uplifting the living standards of Nepali farmers.
Mr. Poudel began his professional journey as a dedicated staff member at the Karma Krishi Kendra, Sindhuwa Branch, Dhankuta. Closely understanding the problems, needs, and potentials of farmers, his direct collaboration with them, his deep commitment to agricultural services, and his firm determination to do something exemplary in Nepal were not confined to employment — they propelled him toward a new height of entrepreneurship.
Recognizing and honoring his perseverance, honesty, and dedication to agriculture, the Karma Group of Companies provided him with a franchise for the Karma Krishi Kendra, Sindhuwa Branch, Dhankuta. Thus, began his own entrepreneurial chapter under the Karma Krishi Kendra umbrella: Mid Hills Agro Suppliers & Concern, Sindhuwa, Dhankuta as one of the first franchise partner of Karma Krishi Kendra. The Franchise scheme of Karma Krishi Kendra is to encourage and empower Agriculture graduates to start their own agri-business as an entrepreneur. The core concept of this franchise scheme is to discourage brain drain to the foreign countries and help Nepalese farmers by providing quality products and technical supports at the ground level. It is great feeling to see him expanding his agri-business to another level. Mr. Poudel’s continuous efforts, family support, sense of responsibility toward farmers, and tireless hard work, he has now taken another historic step toward success — expanding to establish a new branch: Mid Hills Agro Suppliers & Concern, Hile, Dhankuta.
This is not merely a branch expansion. This is proof of the potential of Nepali youth. This is an inspiration for those who see a future in the agricultural sector. This is evidence that success is possible in Nepal, in agriculture, when one has the will, sustained effort, and the right collaboration.
On behalf of the Karma Group of Companies, we extend our heartfelt congratulations to Mr. Suman Poudel on this new business expansion. We also express our warmest wishes for his continued success — may his entrepreneurial journey ahead become even more successful, more impactful, and more deeply contribute to the prosperity of Nepali farmers. May this journey of yours become a source of inspiration for thousands of agriculture graduates, young entrepreneurs, and all Nepalis seeking a future in agriculture. Once again, huge congratulations and best wishes to Mr. Poudel and the Mid Hills Agro Suppliers & Concern, Hile, Dhankuta. Let our moto and our dream comes true.
"Farmer’s Prosperity – Our Desire"
Karma Krishi Kendra Family