22/07/2026
हार्दिक आभार सहित धन्यवाद; साथै सहयोगको अभियान बन्द भएको जानकारी गर्दछौं।🙏🙏🙏🤲🤲💞
मानवता भन्दा ठूलो धर्म संसारमा अर्को छैन।�कस्लाई थाहा छ, भोलि कसको जीवनमा कस्तो परिस्थिति आइपर्छ? ठूलो हृदयका साथ किसिपिडी युथ क्लबको मानवीय अभियानमा उत्साहजनक सहयोगको सहभागिता जनाई तुलसीमाया महर्जनको उपचारका लागि आर्थिक, नैतिक तथा भावनात्मक सहयोग प्रदान गर्नुहुने सम्पूर्ण सहयोगी महानुभावहरूप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं।यस सहयोग अभियानमा हामीले लगभग रू एक लाख एकानब्बे हजार तीन सय पचास(१९१३५०) रूपैया,जम्मा भएको भाइ सन्तोष महर्जनले जानकारी गराउनु भएको छ। हामीले सम्पूर्ण सहयोगी मनहरूको स्क्रिनसट (Screenshot) सहितको पोस्ट किसिपिडी युथ क्लब को आधिकारिक पेजमा साझा गरेको छु। छुट्नु भएकाहरुको यहा पनि समेट्ने प्रयत्न गरिएको छ। हजुरहरूले हेर्न सक्नुहुन्छ। तपाईंहरूको उदार सहयोग, सद्भाव र शुभेच्छाले भाइ सन्तोष महर्जनको परिवारलाई नयाँ आशा, साहस र आत्मबल प्रदान गरेको छ। कठिन परिस्थितिमा देखाउनुभएको मानवता,आदरता,मनकारी भावनाको साथले उपचार यात्रालाई सहज र सफल बनाउन अमूल्य योगदान पुर्याएको छ। तपाईंहरूको सानो होस् वा ठूलो—हरेक सहयोग हाम्रो लागि अतुलनीय, अमूल्य र सदैव स्मरणीय रहनेछ। यस्ता पुण्य कर्मको महत्त्वलाई शब्दमा व्यक्त गर्न खोज्दा शब्दहरू नै अपुरा लाग्छन्। किसिपिडी युथ क्लब परिवार हजुरहरूको निरन्तर साथ, सहयोग र विश्वासको अपेक्षा गर्दै सम्पुर्ण सहयोगीहरुको तर्फबाट यस क्लब तुलसी माया महर्जनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौ। पुनः एकपटक सम्पूर्ण सहयोगी महानुभावहरूमा हार्दिक धन्यवाद तथा गहिरो कृतज्ञता व्यक्त गर्दछौं साथै सहयोगको अभियान बन्द भएको जानकारी गर्दछौं। मानवीय सहयोगको भावना अझ फैलिँदै जाओस्। धन्यवाद ❤️.🙏❤️
20/07/2026
तीन महादेश र छ देशमा हुनेछ फिफा विश्वकप २०३०
सन् २०३० को फिफा विश्वकप फुटबल इतिहासकै सबैभन्दा फरक संस्करण बन्ने भएको छ। पहिलो पटक विश्वकप तीन महादेशका छ देशमा आयोजना हुनेछ।
फिफाले पुष्टि गरेअनुसार प्रतियोगिताको मुख्य आयोजना स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रूपमा गर्नेछन्। साथै विश्वकपको १०० वर्ष पूरा भएको अवसरमा उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा एक–एक विशेष सेन्टेनरी खेल आयोजना गरिनेछ।
सन् १९३० मा पहिलो विश्वकप आयोजना गरेको उरुग्वेलाई सम्मानस्वरूप मोन्टेभिडियोमा विशेष उद्घाटन समारोह तथा सेन्टेनरी खेल हुनेछ। अर्जेन्टिना र पाराग्वेले पनि एक–एक खेल आयोजना गर्नेछन् भने त्यसपछि बाँकी सम्पूर्ण प्रतियोगिता स्पेन, पोर्चुगल र मोरक्कोमा सञ्चालन हुनेछ।
यससँगै २०३० को विश्वकप तीन महादेश र छ देशलाई जोड्ने इतिहासकै पहिलो संस्करण बन्नेछ। आयोजना गर्ने सबै छ राष्ट्रले स्वतः विश्वकपमा स्थान पनि पाउनेछन्।
20/07/2026
Congratulations Spain 🇪🇦🏆️
19/07/2026
यस किसिपिडी युथ क्लवका अध्यक्ष श्री प्रबिण महर्जन,यसै क्लवका सचिव श्री बिकास महर्जन तथा यस क्लबका सदस्य एंवम सल्लाहकार ज्युवाट हाम्रो यस काठमाडौं क्षेत्र नं १० बाट निर्वाचित संघिय माननिय सांसद प्रदीप बिष्ट ज्युलाइ यस क्षेत्रमा अवस्थित चन्द्रागिरी नगरपालिका वडा नम्बर ५ किसिपिडी युथ क्लबको लागि बजेट बिनियोजन,यस किसिपिडी सम्पदाबस्ती भित्र विभिन्न धर्म,कला संस्कृति जगेर्ना साथै युवाहरू लक्षित विभिन्न खेलकुद कार्यक्रम आयोजना गर्ने बारे एवम् किसिपिडी स्थित नागढुङ्गा सुरुङमार्ग प्रवेश गर्ने फ्लाइओबरको सुरुवाती बिन्दुमा यस किसिपिडीको नामाकरण,तत्कालै आकाशे पुल निर्माण साथै सम्पूर्ण आम नागरिक( स्वबासि) सुरक्षाको जानकारी गराइ ज्ञापनपत्र बुझाई समसामयिक बिषयमा छलफल गरियो।आशा छ यस हाम्रो मागलाई
सरकारको तर्फबाट तथा माननीय ज्युको तर्फबाट चाडै संबोधन हुनेछ भनी आश लिएका छौ,धन्यवाद ।किसिपिडी युथ क्लब,परिवार,किसिपिडी,च.न.पा ५ काठमाडौं!
30/06/2026
चन्द्रागिरि नगरपालिका वडा न.५ कार्यालयद्वारा यस वडा भित्र रहेका सामुदायिक भवन, मठमन्दिर,बिध्यालय,गुठि,क्लब लगायत संघसंस्थाहरूको लागि आगो निभाउने उपकरण (Fire extinguisher )वितरण अन्तर्गत यस किसिपिडी युथ क्लबलाई १ थान उपकरण दिनु भएकोमा सम्पुर्ण वडा परिवारलाई धन्यवाद व्यक्त गर्दछौं।🙏🙏विशेष धन्यवाद श्री Rajendra Maharjan वडा अध्यक्ष च.न.पा.५,किसिपिडी।
21/06/2026
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको हालै सम्पन्न अधिवेशनबाट चन्द्रागिरिका पेट्रोलियम व्यवसायी तथा यस किसिपिडी युथ क्लबका सल्लाहकार श्री ईश्वर डोंग लामा सदस्य पदमा निर्वाचित भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं !किसिपिडी युथ क्लव, परिवार,च.न.पा. ५ किसिपिडी,काठमाडौं ।
17/06/2026
आज असार ३ गते बुधबारको दिन श्री रातो मच्छिन्द्रनाथ तथा श्री मिननाथको रथ तान्ने कार्यक्रम रहेको हुँदा तस्बिरमा उल्लेखित सम्पूर्ण वडा बासी, समिति, खलः तथा पुचःहरूलाई बाजागाजासहित सहभागी भई यस ऐतिहासिक तथा सांस्कृतिक पर्वलाई भव्य र सभ्य बनाउन हार्दिक अनुरोध गर्दछौं।
आउनुहोस्, हाम्रो मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा एकजुट बनौं।
नोटः विगतका वर्षहरूमा रथ तानेर राति फर्किने क्रममा अत्यधिक भीडभाडका कारण मोबाइल फोनको नेटवर्कमा समस्या आउने र समूह, व्यक्ति तथा गाडी चालकसँग समन्वय गर्न असहज हुने गरेको अनुभव छ।
त्यसैले सहभागी सम्पूर्ण महानुभावहरूलाई सकेसम्म समूहमा नै रहनुहुन, फर्किने समयमा सबै जना उपस्थित हुनुहुन्छ वा कोही छुट्नुभएको छैन भन्ने यकिन गरेर मात्र प्रस्थान गर्नुहुन हार्दिक अनुरोध गर्दछौं।
सुरक्षित यात्रा र सफल सहभागिताको शुभकामना।
धन्यवाद।समय :१ बजे दिउसाे स्थान: गफखेल ,किसिपिडी
जय रातो मच्छिन्द्रनाथ! 🙏
वडा नं ५
वडा कार्यालय
चन्द्रागिरी नगरपालिका
11/06/2026
#विश्व_फुटबलको_महाकुम्भ_आज_बाट_शुरू_हुँदै
आज बाट संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा विश्वकप २०२६ को यात्रा शुरू हुँदैछ।
10/06/2026
सेवा नै धर्म हो:🙏 एक महिने पुरूषोत्तममास मेला(मच्छेगाँउ मेला) अवसरमा यस #किसिपिडी_युथ_क्लबद्वारा आयोजित जेष्ठ नागरिक धार्मिक स्थल भ्रमण कार्यक्रमका सहकार्य गरि सहयोगी गरिदिनु भएकोमा श्री #सनसाईन_स्कुल,परिवार प्रति धेरै धेरै धन्यवाद🙏🙏🙏,साथै यस क्लबबाट मायाको चिनो प्रदान गरिदै सनसाईन स्कुलका प्रिन्सिपल मनिक महर्जन तथा सह-प्रिन्सिपल बिकास महजर्न।🙏💕 किसिपिडी युथ क्लब,परिवार।💕💕🙏🇳🇵
09/06/2026
💕यस मानवीय सहयोगले उपचार अभियानमा ठूलो हौसला र आशा थपेको छ। कठिन परिस्थितिमा यहाँले देखाउनु भएको साथ, सहयोग र उदार मनप्रति हार्दिक सम्मान तथा आभार व्यक्त गर्दछौं। जीवन बचाउने पुण्य कार्यमा यहाँको योगदानअतुलनीय रहनेछ। किसिपिडी युथ क्लब,परिवार🙏🙏🙏