Just Nepal Foundation

Just Nepal Foundation

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Just Nepal Foundation, 171 Mahapur Marga, Bansbari, Kathmandu/03, Kathmandu.

As a local civil society organization, we support actions of poor & marginalized people in the development of locally owned sustainable solutions & in raising their diverse and locally-grounded voices for equitable development at home and wider society.

Photos from Just Nepal Foundation's post 28/05/2026

१३ जेष्ठ २०८३
शेराबेसि महिला कृषक समूह हेलम्बु-३ र जष्ट नेपाल फाउण्डेशन बिच एक सम्झौता पत्रमा हस्तक्षर भइ पाल्चोकसेरा मा धानको बिउको बिबिधता परिक्षण ब्लक स्थापनार्थ नर्सरी राखियो । नर्सरीमा नेपाल कृषि अनुसन्धान परिषद खुमल्टारबाट प्राप्त भएको धानका आठ प्रजातिहरु र हेलम्बुमा आयोजना गरिएको कृषि जैविक विविधता प्रदर्शनी मेलाबाट संकलन गरिएको ६ वटा रैथाने प्रजातिहरु गरि कुल १४ प्रजातिको धान परिक्षणका लागि राखिएको छ । परिक्षणको क्रममा किसानहरुले प्राबिधिकको सहयोगमा नर्सरी देखि बाली भित्र्याउने र उत्पादित बिउको स्वाद परिक्षण सम्मका गतिबिधिहरुबाट बीउ उत्पादन र बाली बिकासको ज्ञान् सीप हाँसिल गर्ने अपेक्षा गरिएको छ भने भबिस्यमा धानको बीउको समस्या न्युनिकरण हुने अपेक्षा गरिएको छ । सुरुवातिका यी कामहरुमा परियोजनाका प्राबिधिक उद्दब कार्किको सहजिकरण रहेको थियो भने स्थानिय जलवायु अभियान्ता। गिता थापा ले फिल्डको व्यवस्थापन गर्नुभएको थियोे।

Photos from Just Nepal Foundation's post 27/05/2026

१२ जेष्ठ २०८३
इच्छेस्वर महिला बचत तथा कृषक समूह हेलम्बु-६ र जष्ट नेपाल फाउण्डेशन बिच एक सम्झौता पत्रमा हस्तक्षर भइ थापाटारमा धानको बिउको बिबिधता परिक्षण ब्लक स्थापनार्थ नर्सरी राखियो । नर्सरीमा नेपाल कृषि अनुसन्धान परिषद खुमल्टारबाट प्राप्त भएको धानका आठ प्रजातिहरु र हेलम्बुमा आयोजना गरिएको कृषि जैविक विविधता प्रदर्शनी मेलाबाट संकलन गरिएको ६ वटा रैथाने प्रजातिहरु गरि कुल १४ प्रजातिको धान परिक्षणका लागि राखिएको छ । परिक्षणको क्रममा किसानहरुले प्राबिधिकको सहयोगमा नर्सरी देखि बाली भित्र्याउने र उत्पादित बिउको स्वाद परिक्षण सम्मका गतिबिधिहरुबाट बीउ उत्पादन र बाली बिकासको ज्ञान् सीप हाँसिल गर्ने अपेक्षा गरिएको छ भने भबिस्यमा धानको बीउको समस्या न्युनिकरण हुने अपेक्षा गरिएको छ । सुरुवातिका यी कामहरुमा परियोजनाका प्राबिधिक उद्दब कार्किको सहजिकरण रहेको थियो भने स्थानिय जलवायु अभियान्ता सुजन पण्डितले फिल्डको व्यवस्थापन गरेका थिए ।

Photos from Just Nepal Foundation's post 25/05/2026

हेलम्बु गापा वडा नं २ चुरेटारका किसानहरुलाई केराको व्यावसायिक तालिम प्रदान गरे पछि उनिहरु उत्साहित भएर ८ जना किसानहरुले १००० भन्दा बढी परिमाणमा मालभोग केराको सकर रोपेका थिए । केराको सकर माउ बोटबाट अलग गरेको ७ दिन भन्दा बढी समय बिते पछि रोप्ने काम भएकाले कुहिने आशंका गरिएको थियो । प्राबिधिक रुपमा त पलाएर आउँछ भन्नेमा परियोजना बिस्वस्त नै थियो । बिरुवा रोपेको करिब १५ दिन पछि बिरुवाको अबस्था के कस्तो छ भनी हेर्दा बिरुवाले नयाँ जरा हालेको र माटोमा टुसा पलाउन थालेको पाइयो । यो परिक्षणले किसानहरु बिस्वस्त भएका छ्न ।
यस्तै गरी किसानहरुले लगाउँदै आएको चिनियाँ चम्पा जातको केराको सकर अत्यधिक रुपमा बढेर आम्दानी र गुणस्तर घट्ने अबस्थालाई मध्यनजर गर्दै त्यसको ब्यबस्थापन, सरसफाइ र मलखादको बारेमा स्थलगत परामर्श प्रदान गरियो । परियोजनाले प्रदान गरेको सचेतनामुलक कृयाकलापहरुबाट किसानहरु उत्साहित भै ब्यबसायिक केरा खेतिमा लागेका हुन । उत्पादनलाई बजारसँग पनि जोड्ने कारणले पनि यो सम्भब भएको हो । हुन त केरा खेतिमा पनि बाँदरको प्रकोप भने चुनौतिपुर्ण छ । तर पनि बजारको माग राम्रो भएको र हेरचाह गर्न सजिलो भएकोले किसानको लगाब वृद्धि भएको देखिन्छ । केरा खेती गर्ने किसानहरुको गाउँ विभिन्न गाउँमा छरिएको हुनाले कृषक पाठशाला सन्चालनको काम चुनौतिपुर्ण छ । सिकाई र उत्पादन दुबै सँगसँगै लैजान सकिने अर्को उपाय भनेको सम्बन्धित किसानको केरा बगानमा पुगेर प्राबिधिक सेवा प्रदान गर्नु हो । यस्मा पाएक पर्ने किसानहरुको सानोसानो समुहमा भेला भए आलोपालो किसानको बगानमा काम गर्दै सिक्ने सिकाउने काम पनि हुने र उत्पादन पनि संगै हुने भएकोले घुम्ती बिधिबाट प्रत्येक किसानको बगानमा नै प्राबिधिक सेवा उपलब्ध गराउने गरि सिकाइको रणनितीमा सुधार गर्न आबस्यक देखियो ।

23/05/2026

रैथाने बाली र बिउबिजन जोगाउन जस्ट नेपाल फाउन्डेसन र हेलम्बु गाउपालिकाले गरेको जैविक विविधता प्रदर्सनी मेला सम्पन्न भएको छ ! यस कार्यक्रमले रैथाने बाली संरक्षण र सामुदायिक बीउ बैंक स्थापना गर्नु मुख्य उद्देश रहेको छ।

Photos from Just Nepal Foundation's post 23/05/2026
23/05/2026

कृषि जैविक विविधता प्रदर्शनी मेलामा राखिएका विभिन्न स्टलहरूको अवलोकन गर्दै प्रमुख अतिथि तथा विशिष्ट अतिथिज्यूहरू।

Coordination Officer 21/05/2026

Just Nepal Foundation is hiring. Qualified candidates please apply. Deadline: 27th of May, 2026.

Coordination Officer Reporting To: Project Technical CoordinatorRole Overview:The Coordination Officer will play a key role in strengthening coordination among l...

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


171 Mahapur Marga, Bansbari, Kathmandu/03
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00