17/10/2026
७१ औँ प्रहरी दिवस २०८३ का अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूद्वारा नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा नेपाल प्रहरी शारीरिक सुगठन तथा खेलकुद शिक्षालय अन्तर्गत रहेका खेलहरु मध्ये वर्ष २०८३ को उत्कृष्ट प्रशिक्षक साथै खेलाडीको रुपमा सम्मानित भएका पुरुष फुटबलका मुख्य प्रशिक्षक प्रवह चेत कुमार घिमिरे र एथ्लेटिक्स खेलका खेलाडी प्रज नागेश्वर अहिरलाई नगद पुरस्कार, प्रशंसा-पत्र तथा कदरपत्रद्वारा सम्मान गरिएको छ ।