Nepal Police Club

Nepal Police Club

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Police Club, Sports Club, Maharajgunj, Kathmandu.

13/05/2026

सुनसरी जिल्ला खेलकुद क्लवको आयोजना र अखिल नेपाल कबड्डी संघको समन्वयमा मिति २०८३।०१।२६ गतेदेखि ऐ. २९ गतेसम्म सुनसरी स्थित इनरुवामा सञ्चालन भएको “राष्‍ट्रिय महिला कबड्डी प्रतियोगिता २०८३” मा द्वितीय स्थान हासिल गर्न सफल नेपाल प्रहरी महिला कबड्डी टिमका खेलाडी तथा अफिसियलहरुलाई हार्दिक बधाई !!

11/05/2026

हार्दिक बधाई !!

नेपाल आर्चरी संघको आयोजनामा मिति २०८३।०१।२६ गतेदेखि ऐ. २८ गतेसम्म पोखरा स्थित आर्चरी मैदानमा सञ्चालन भएको “१३औं राष्ट्रिय आर्चरी प्रतियोगिता-२०८३” मा ५ स्वर्ण, ४ रजत र २ कास्य गरी कुल ११ पदक हासिल गर्न सफल नेपाल प्रहरीका आर्चरी खेलाडीहरुलाई हार्दिक बधाई !!

10/05/2026

कोहलपुर रेसिङ साहारा क्लब कोहलपुरको आयोजनामा मिति २०८३।०१।१९ गतेदेखि ऐ. २६ गतेसम्म सञ्चालन भएको “चौथो कोहलपुर गोल्डकप फुटबल प्रतियोगिता २०८३” मा द्वितीय स्थान हासिल गर्नुका साथै उक्त प्रतियोगितामा विधागत रुपमा उत्‍कृष्ट घोषित हुन सफल गोलरक्षक शत्रुधन कुमार चौधरी, मिडफिल्डर राम चन्द्र वाजी तथा फरवार्ड आशिष थारु लगायत नेपाल प्रहरी पुरुष फुटबल टिमका सम्पूर्ण खेलाडी तथा अफिसियलहरुलाई हार्दिक बधाई !!

Photos from Nepal Police Club's post 07/05/2026

माया ग्रुप यु.के. र नेपाल प्रहरी शारिरीक सुगठन तथा खेलकुद शिक्षालय बिच 2026 देखि 2027 सम्म नेपाल प्रहरी क्रिकेट टिमका लागि खेल सामग्री प्रायोजन गर्ने सम्झौता भए अनुरुप प्राप्त खेल सामग्रीहरु नेपाल पुलिस क्लब क्रिकेट टिमका खेलाडी तथा अफिसियलहरुलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्र.अ.म.नि. श्री शिद्धी बिक्रम शाहज्यूबाट एक कार्यक्रम बिच हस्तारण गरियो ।

07/05/2026

राईनो क्लबको आयोजनामा मिति २०८३/०१/१२ गतेदेखि ऐ. २३ गतेसम्म मध्यविन्दु-४, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सञ्चालन भएको “आठौं राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०८३” मा प्रथम स्थान हासिल गर्नुका साथै उत्कृष्ट प्रशिक्षक घोषित हुन सफल चेत कुमार घिमिरे लगायत नेपाल प्रहरी पुरुष फुटबल टिमका सम्पूर्ण खेलाडी तथा अफिसियलहरूलाई हार्दिक बधाई !!

Photos from National Police Academy, Maharajgunj, Kathmandu's post 07/05/2026
03/05/2026

ललितपुर म.न.पा. वार्ड नं. ११ को प्रायोजनमा खोल्चा पखरी टोल सुधार समिति तथा खोल्चा पुखु खेलकुद उप समितिको संयुक्त आयोजनामा मिति २०८३।०१।१८ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको “दोस्रो पुष्पराज स्मृति राष्‍ट्रिय टेबल टेनिस प्रतियोगिता” मा नेपाल प्रहरीका टेबल टेनिस खेलाडीहरु नबिता श्रेष्‍ठ र सन्योग कपाली उक्त प्रतियोगितामा सहभागिता भई स्वर्ण पदक (महिला र पुरुष तर्फ) हासिल गर्न सफल भएको ।

03/05/2026

Champions! 🏆
Four in a row 🏆🏆🏆 🏆
Historic Achievement. ✅
Season 2083: Ours
All the hard work paid off.🏆🏆🏆🏆







VC: Update

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Maharajgunj
Kathmandu