Talent Development Centre Nepal

Talent Development Centre Nepal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Talent Development Centre Nepal, Chakrapath, Kathmandu.

01/09/2020
31/08/2020

Talent: 1. A special often athletic, creative or artistic aptitude or general intelligence or mental power/ability.
2. The natural endowment of person.

05/07/2020

Every child is unique भन्ने भनाइनै छ।बालबालिकाको प्रकृति, रुचि, चाहना र क्षमता फरक फरक हुन्छ। एउटा बच्चा जन्मिदैमा केहि बिशेष गुण लिएर जन्मिएको हुन्छ । जन्म पछि परिवार , विद्यालय , समाजले तेस्लाइ मलजल गरेर बिकाश गराउने मात्रै हो। उदाहरणको लागि एउटा सुन्तलाको बिउ बाट राम्रो हेरचाह गरियो भने राम्रो र धेरै सुन्तला फलाउन सकिन्छ तर स्याउ फलाउन सकिन्न भने जस्तै बच्चालाई पनि उसको प्राकृतिक गुण अनुसारनै अघाडि बढाउनु पर्छ।

विद्यालयमा विषयगत पठनपाठनका साथै विभिन्न अतिरिक्त क्रियाकलापलाई समाबेश गरियेको हुन्छ। विशेष गरि निजि विद्यालयहरुमा यस्लाइ निकै महत्त्वका साथ संचालन गरिन्छ। यो निकै सर्हानिय कार्य हो। विध्यार्थीको समग्र बिकाशको लागिपनि विभिन्न अतिरिक्त क्रियाकलाप निरन्तर सन्चालन गरिराख्नु पर्छ ।क्रियाकलापबाट विध्यार्थीमा परेको सकारात्मक प्रभावको मूल्याकंन पनि गरि राख्नु पर्छ। अतिरिक्त क्रियाकलाप संचालन गर्दा विधयार्थीको रुचि, उमेर र आबस्येक्तालाई ख्याल् गर्नु पर्छ।
विध्यर्थी जीवन हरेक कुरा सिक्नको लागि सबै भन्दा सहि समय हो। बालबालिका स्वोभाबैले जिज्ञासु हुने भयेकाले यो बेला मा उनिहरुले छिटो सिक्ने र जीवन पर्यन्त रहने दिगो सिकाइ हुन्छ।
सबै बच्चाले सबै कुरा हरु सिक्न सक्छन भन्ने छैन। कुनै बिधामा पोख्त हुन पर्याप्त समय र मिहिनेत चहिन्छ। कोहि विद्यार्थी बहुआयामिक प्रतिभाशाली हुन्छन भने कोहिले एउटा बिधामा मात्रै राम्रा हुनसक्छन तर सबै विद्यार्थीको कला, क्षमता र रुचिलाई सम्मान गर्न सक्नु पर्छ।

समाजलाइ धेरै किसिमका मानिस चाहिन्छ। समाजलाई राजनीतिज्ञ, डाक्टर, ईन्जिनियर, पाइलट, शिक्ष्यक, वकिल, ब्यापारी, खेलाडी, कलाकार आदि चाहिन्छ। माथी उल्लेखित सबै काम गर्न फरक फरक क्षमता भयेको ब्यक्ति चाहिन्छ। माथी उल्लेखित ब्याक्तित्व बन्ने छनक विद्यालयमै देखिन्छ। यसरी धेरै किसिमका क्षमता भएका मानब श्रोत निर्माण गर्न विद्यालयमानै तेहि किसिमका कार्यक्रम र गतिविधि संचालन गर्नु पर्छ।

हामी अभिभावक र शिक्षक ज्युहरु बालबालिकाको बोली नफुटदै I want to be a doctor भन्न सिकाउछौं । पहिलो कुरा सबै डाक्टर बन्न सक्दैनन र बन्नु पनि हुदैन। दोस्रो कुरा नबुझ्ने बच्चालाई यो बन्छु भन त्यो बन्छु भन भन्ने हाम्रो अधिकार पनि हुन्न। जब एउटा बच्चा 10/15 बर्षको हुन्छ उस्ले आफै भन्न थाल्छ के बन्ने भन्ने कुरा।कलाकार, खेलाडी आदिले पनि डाक्टरले भन्दा बढी आम्दानी गर्छन र सम्मान पनि हुन्छ भने हामी किन डाक्टरनै भन्न सिकाउछौ? नेपालमा खेलाडी कलाकारको इज्जत कम छ भने त्यो राज्य र समाजको कमजोरी हो। हामिले बच्चाको भबिस्य निर्धारण गर्ने होइन बच्चाको हरेक क्रियाकलापलाई नजिक बाट नियाल्नु पर्छ र उस्को रुचिलाई ख्याल गर्दै उस्को बाटोमा सहजीकरण मात्रै गर्नु पर्छ।

धेरै अभिभावक र केही शिक्षकहरुमा समेत अतिरिक्त क्रियाकलापले पढाई बिगार्छ भन्ने भ्रम छ। बिशेष गरि खेल र सङितले त झन बिगार्छ भन्ने भ्रम छ। यो भ्रमलाई विद्यालय सन्चालक र शिक्षकहरुले चिर्न सक्नु पर्छ। पढाई र अतिरिक्त क्रियाकलाप बिचको सम्बन्ध हामीले बुझ्नु पर्छ र बुझाउन सक्नु पर्छ। कुनै बच्चा पढाइ र अतिरिक्त क्रियाकलाप दुबैमा अब्बल हुन्छन भने कोहि पढाईमा कम्जोर अनि अतिरिक्त क्रियाकलापमा अब्बल हुन पनि सक्छन् । पढाइ कमजोर भएकै कारण बच्चालाई खेल्न नाच्न गितगाउन रोक्नु हुन्न। एस्ले बच्चालाई झन धेरै मानसिक पिडा दिन्छ।स्मरण रहोस अमेरिकी झन्डा स्कुल पढ्ने बालकले बनाएका थिए तर उहाँलाई शिक्षिकाले नराम्रो भएको भन्दै B- grade दिनु भएको थियो। पछि तेहि झन्डा अमेरिकी झन्डा बन्यो र सन्सार भर आज सम्म फरफराइ रहेको छ। स्मरण रहोस थोमस अल्वा एडिसन जस्ता महान बैज्ञानिक लाई विद्यालयले निस्कासन गरेको थियो। स्मरण रहोस Cristiano Ronaldo लाइ स्कुल पढदा शिक्षकले फुटबल खेलेर जिन्दगी चल्दैन भन्नू भएको थियो। आज उहाँ सन्सारकै धनी खेलाडी हुन। कलेज र विस्व विद्यालय छोडेर आफ्नो क्षेत्रमा सफल हुने महान ब्याक्तित्व हरु धेरै छन। उदाहरणको लागि Bill Gates, Steve Jobs, Mark Zuckerberg, Benjamin Franklin Albert Einstein Walt Disney, Charles Dickens etc.

पढाई र उसको रुचिको कुरा गर्ने समयको ब्यबस्थापन गराउनु पर्छ।विषयगत ज्ञान हुनु राम्रो हो तर सबै बच्चा विषयगत ज्ञानमा मात्रै रमाउन सक्दैनन। बिज्ञान मन पर्ने बच्चालाई सामाजिक मन नपर्न सक्छ र मन पर्नै पर्छ भन्ने पनि छैन। सूचना र ज्ञानको भणडार मात्रै हुनु भन्दा उदेश्य पूरा गर्ने इच्छाशक्ति र मिहिनेत ठुलो कुरा हो भन्ने कुरा हामिले पनि बुझ्नु पर्छ र बच्चालाई पनि बुझाउन सक्नुपर्छ। उदाहरणको लागि Steve Jobs ले कलेज छोडनुनै मेरो जिन्दगीको एउटा राम्रो निर्णय थियो भन्नू भएको थियो। उहाँले आफ्नो भनाइलाई पुष्ठि गर्दै भन्नू भएको थियो मलाइ मन नपर्ने विषय पढेर समय र पैसा बर्बाद गर्नु भन्दा त्यो समय लाई जे गर्न मन छ तेस्मा लगायर म सफल भएको हु। मेरो आसय पढ्नु हुन्न वा पर्दैन भन्ने होइन बरु आफ्नो लक्ष्य र इच्छा सङ मेल खाने बिसय पढ्नु पर्छ भन्ने हो।

30/06/2020

Exercise is defined as any movement that makes your muscles work and requires your body to burn calories.Some of the examples are running, jogging, walking, swimming, dancing, PT, Games etc.
The top 10 benefits of regular exercise:
1. It can make you feel happier.
2. It can help with weight loss.
3. It can help you to build muscles and strong bones.
4. It can increase your energy level.
5. It can reduce your risk of chronic diseases.
6. It can help help in skin health and avoid early aging.
7. It can help your brain health and memory.
8. It can help with relaxation and sleep quality.
9. It can reduce pain.
10. It supports in social and emotional health.

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Chakrapath
Kathmandu
977