04/06/2026
Shaolin Nepal Kung Fu को तर्फबाट काठमाडौँ महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष श्री ईश्वरमान डंगोलज्यू, सम्पूर्ण वडा सदस्यज्यूहरू, वडा सचिव श्री प्रमोद अधिकारीज्यू तथा अधिकृत श्री दिनानाथ सापकोटाज्यूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।
खेलकुद सामग्री प्रदान गरी युवाहरूलाई खेलकुद, स्वास्थ्य, अनुशासन तथा सकारात्मक गतिविधितर्फ प्रेरित गर्ने कार्यमा यहाँहरूको महत्वपूर्ण सहयोगले हाम्रो संस्थालाई थप उत्साहित बनाएको छ।
यस सहयोगले खेलकुद क्षेत्रको विकास, स्वस्थ समाज निर्माण तथा आत्मरक्षा शिक्षाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएका छौं।
आगामी दिनहरूमा पनि यस्तै सहयोग, सद्भाव र सहकार्यको अपेक्षा गर्दै पुनः हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
Shaolin Nepal Kung Fu परिवार
04/05/2026
07/04/2026
13/01/2026
11/01/2026