NB Lama Ji

NB Lama Ji

Share

Author, Development worker, Travel Guide The majestic Himalayas have been a major source of inspirations since time immemorial.

For centuries, spiritual seekers have explored the mountains and valleys and have attained the highest states of emancipation possible to human mind. Ordinary people too have discovered safe havens, living simple lives in perfect harmony with nature. In the last century, changes in people’s lifestyles and economic activities worldwide have not only affected our well-being and the way we live our l

06/05/2026

Shout out to my newest followers! Excited to have you onboard!

Ram Thakurathi, Dhan Bahadur Lama, सानो काजि

कैलास र कर्णाली: हराएका इतिहास र नभनिएका कथाहरू 27/04/2026

साथीहरू !

कर्णाली र कैलाश क्षेत्रको समाज, प्राचीन राज्यहरूको इतिहास, बसाइसराइको कडी र मिथकहरूको चिरफार गर्दै उपलब्ध अनुसन्धानहरूमा आधारित एउटा लेख तयार पारेको छु। यो लेखको मुख्य उद्देश्य हाम्रो वास्तविक इतिहास बुझेर बृहत् नेपाली समाजलाई एकताबद्ध एवं गौरवान्वित बनाउनु हो ।

कृपया लेख पढेर आफ्नो अमूल्य सुझाव दिनुहोला र उपयोगी लागेमा धेरैभन्दा धेरै माझ पुर्‍याउन सेयर (Share) गरिदिनुहोला।

कैलास र कर्णाली: हराएका इतिहास र नभनिएका कथाहरू कैलास र कर्णाली: हराएका इतिहास र नभनिएका कथाहरू

20/04/2026

के तपाईंलाई थाहा छ?

मुस्ताङका भीर–पहाडमा रहेका गुफाहरू—केही त २००० वर्षभन्दा पनि पुराना छन्—जसमध्ये 'छोसेर' र 'सम्जोङ'का गुफाहरू विशेष रूपमा चिनिन्छन्।

पुरातात्त्विक अनुसन्धान (Mark Aldenderfer, UC Merced सहित) ले हिमालयमा बसाइँसराइ, संस्कृति र मानव विकाससँग सम्बन्धित महत्त्वपूर्ण तथ्यहरू उजागर गरेको छ। अध्ययन अनुसार, मुस्ताङ हिमालय पार मानव आवागमन र सांस्कृतिक आदान–प्रदानको एक प्रमुख मार्ग थियो। यी गुफाहरूमा मानिसहरूले बसे, साधना गरे, र आफ्ना मृतकलाई राखे।

अहिले मुस्ताङ पुग्न सजिलो बन्दैछ, बसाइँ पनि सहज हुँदैछ र सुविधा सम्पन्न होटलहरू पनि उपलब्ध छन्। तर सँगसँगै एउटा शान्त प्रश्न पनि उठ्छ—हामीले आफ्नो गाउँ, भूगोल र इतिहास कत्तिको बुझेका छौं?

किनकि अन्ततः, हामी सबै एउटै मूलबाट विकसित भएका सन्तान हौं।
आफ्नो भूगोल र इतिहास बुझ्दा—हामी आफ्नै समाज र मानवतासँग अझ नजिक हुन्छौं।

यो भिडियोले ती प्राचीन गुफाहरू र आजसम्म निरन्तर चलिरहेको जीवनको झल्को देखाउँछ।

📍 आउनुहोस्, मुस्ताङलाई हेर्न मात्र होइन—मानव, हिमालय र आफ्नै इतिहास बुझ्न।

#इतिहास

05/01/2026

आज सवैजसो मानिस धन र शक्ति पछाडि दौडिरहेका छन्
तर मानिसको पछाडि के दौडिरहेको छ?

यसै विषयमा मेरो केहि समय अघिको लेख
निजी सम्पत्तिको इतिहास, समाजिक न्याय, र भविष्य
फुर्सदमा पढ्नुहोस् र सल्लाह सुझाव दिनु होस्।

#निजीसंपत्ति
#सामाजिकन्याय
#धनरशक्ति
#समाज
#इतिहास
#विचार
#चिन्तन




https://amarbhumi.godaddysites.com/f/निजी-सम्पत्तिको-इतिहास-समाजमा-प्रभाव-र-भविष्य

04/01/2026

लुम्बिनी— एक पवित्र तीर्थस्थल र अमूल्य ऐतिहासिक धरोहर।
ई.पू. तेस्रो शताब्दीमा सम्राट अशोकद्वारा स्थापना गरिएको अशोक स्तम्भ र शिलालेख, तथा पछि जुम्लाका राजा रिपु मल्लको अभिलेखले लुम्बिनीको ऐतिहासिक निरन्तरता र बहुसांस्कृतिक सम्बन्धलाई उजागर गर्छ।

26/12/2025

आजको युवा पुस्ता, विशेषगरी Gen Z हरुले, न्याय, पारदर्शिता र ईमानदारीको खोजमा गम्भीर प्रश्न उठाइरहेका छन् —
सुशासन, पार्दर्शिता, द्रुत विकास सम्भव छ?
अनि नेतृत्वमा कसलाई विश्वास गर्ने ?
तर परिवर्तन कुनै “व्यक्तिमा” खोज्ने अनि धोका खाए पछि "जुन जोगि आए पनि कानै चिरेका" भन्दै आफ्नो थाप्लो समात्ने कि "भ्रष्टाचार किन जन्मिन्छ ? " भन्ने मनोविज्ञान पनि बुझेर सहि व्यक्ति अनि व्यवस्था चुन्न अनि चुनिन, समाजलाई सुधार्न प्रयास गर्ने ?
मेरा केही लेखहरू र मेरो पुस्तक “अमरभूमि” मा —धेरै पहिले
यी नै प्रश्नहरुको उत्तर खोज्ने प्रयास गरेको छु।
📚 पढेर साथ दिनुहोस्, विशेषगरी युवा पुस्ताले —
किनकि परिवर्तन चमत्कारबाट हैन चेतनाको सुद्धतावाट सम्भव हुन्छ ।
👉 तपाईंको विचारमा, परिवर्तन कहाँबाट सुरु हुन्छ?
A) न्यायिक प्रणाली सुधार
😎 नेतृत्वको चेतना र आत्म-समिक्षा
C) नागरिक चेतना
D) अन्य
#अमरभूमि #परिवर्तन

Z Humla
Image courtesy of Chhiringcap Lama

हिमाली गाथा अर्थात् ‘अमरभूमि’ सार्वजनिक 21/11/2024

कर्णाली, हुम्लाको पवित्र भूगोल, परिवेष, जीवनलाइ केन्द्रीय विषय वनाएर लिखित पुस्तक 'अमरभूमि' २०८० को उदीयमान लेखकहरूद्वारा लिखित उत्कृष्ट २ गैरआख्यान पुस्तकहरूमा पुरस्कृत भएको थियो । काठमाडौं, बुटवल, पोखरा, नेपालगंज, हुम्लाका प्रमुख पुस्तक पसलमा यो पुस्तक उपलब्ध छ ।

मुख्य सम्पर्क बिन्दु हिमालयन म्याप हाउस, ठमेल र मुगुम बुक हाउस, बौद्ध ।

हिमाली गाथा अर्थात् ‘अमरभूमि’ सार्वजनिक

21/11/2024

कर्णाली, कैलास क्षेत्रको पवित्र भूगोल, वातावरण, चिन्तन परम्परा र जीवनको विषयमा कर्णालीका उदीयमान लेखकद्वारा लिखित पुस्तक 'अमरभूमि'लाई २०८० को नवोदित लेखकद्वारा लिखित उत्कृष्ट दुई गैरआख्यान पुस्तकमध्य साहित्य पोस्टद्वारा पुरस्कृत गरिएको छ । पुस्तक काठमाडौं, बुटवल, पोखरा, नेपालगञ्ज र हुम्लाका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध छ ।

मुख्य सम्पर्क स्थानहरू : हिमालयन म्याप हाउस, ठमेल र मुगुम बुक हाउस, बौद्ध अनि श्री रलिङ स्टोर हुम्ला ।
थप जानकारीको लागि www.bookshimalaya.com

Photos from NB Lama Ji's post 15/01/2020

Pilgrimage and mindful tours in Nepal, India, Bhutan and Tibet.

15/01/2020

Practice mindfulness while on treks. Join us in our upcoming trips.

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Budhanilkantha
Kathmandu
GPO6039