09/06/2026
दिवस २ का थप विशेष झलकहरू | राष्ट्रिय फुल कन्ट्याक्ट कराते च्याम्पियनसिप 2026
राष्ट्रिय फुल कन्ट्याक्ट कराते च्याम्पियनसिप २००५ को दोस्रो दिन उत्साह, प्रतिस्पर्धात्मक भावना, अनुशासन र उत्कृष्ट खेल प्रदर्शनका साथ सफलतापूर्वक सम्पन्न भएको छ।
प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई। प्रत्येक खेलाडीले आफ्नो अथक मेहनत, साहस र क्योकुशिन करातेप्रतिको समर्पणलाई उत्कृष्ट रूपमा प्रस्तुत गर्नुभएको छ। साथै, आफ्ना खेलाडीहरूलाई निरन्तर मार्गदर्शन, प्रेरणा र प्रशिक्षण प्रदान गर्नुहुने सम्पूर्ण प्रशिक्षकहरूलाई विशेष सम्मान तथा धन्यवाद व्यक्त गर्दछौं।
देशका विभिन्न डोजो तथा टोलीहरूबाट सहभागी भई प्रतियोगितालाई अझ भव्य, प्रतिस्पर्धात्मक र सफल बनाउनुहुने सम्पूर्ण टिमहरूलाई हार्दिक कृतज्ञता। तपाईंहरूको सहभागिताले नेपाली क्योकुशिन करातेको एकता, भाईचारा र विकासलाई थप मजबुत बनाएको छ।
यस प्रतियोगितालाई सफल बनाउन दिनरात खटिनुहुने आयोजक समिति, निर्णायकहरू, स्वयंसेवकहरू, अभिभावकहरू तथा सम्पूर्ण समर्थकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
विशेष रूपमा, नेपाल फुल कन्ट्याक्ट कराते महासंघका अध्यक्ष सूर्य बुढाथोकीज्यू प्रति हार्दिक आभार व्यक्त गर्दछौं। नेपाली क्योकुशिन करातेको विकास, विस्तार तथा खेलाडीहरूको उज्ज्वल भविष्य निर्माणका लागि उहाँले पुर्याउनुभएको नेतृत्व, समर्पण र निरन्तर सहयोग अत्यन्तै प्रशंसनीय छ।
हामी सबैको साझा प्रयास, अनुशासन र क्योकुशिन भावनाले नेपाली करातेलाई अझ उचाइमा पुर्याउने विश्वासका साथ अगाडि बढिरहेका छौं।
ओसु!