Azaz Ansari

Azaz Ansari

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Azaz Ansari, Coach, Ratnapark, Kathmandu, Kathmandu.

15/04/2026

माननिय उर्जा जलश्रोत तथा सिचाई मन्त्री तथा ने. वि. प्रा. सञ्चालक समीतिका अध्यक्ष विराज भक्त्त श्रेष्ट ज्यूको स्वागत कार्यक्रममा माननिय मन्त्री ज्यूले आफ्नो मन्तव्य राखनुहुदै || Biraj Bhakta Shrestha बिराज भक्त श्रेष्ठ

12/04/2026

Prime Minister ❇️ बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ!

- आफ्नो नाममा बैंक ब्यालेन्स १ करोड ४६ लाख (सम्पत्तिको स्रोत सामाजिक सञ्जाल)
- सुन, चाँदी, हिरा लगायतका गरगरहना १९० तोला, पैत्रिक (पत्नी सविना काफ्लेको नाममा )
- बुबाको नाममा महोत्तरीमा ९ विघा जग्गा
- काठमाडौंमा ५ आना (धुव्र देवि शाह, आमाको नाममा)
- धनुषामा १.२विघा जग्गा( धुव्र देवि शाह, आमाको नाममा)

12/04/2026

गर्ने हैन त नया सालमा ? नयाँ वर्ष २०८३ सालमा बिहेको लागि ४१ दिन साइत परेको छ। 😀

बैशाख: ७, ८, २२, २३, २४, २५, ३०, ३१ गते (८ दिन)
असार: ९, १३, १४, १५, १७, १८, २३ गते (७ दिन)
मंसिर: ९, १०, १६, १७, १९, २४, २५, २६ गते (८ दिन)
माघ: ४, १२, १५, १९, २०, २७ (६ दिन)
फाल्गुन: ३, ४, ११, १२, १५, १६, १७, १८, २०, २५, २६, ३० गते (१२ दिन)

12/04/2026

सुचना ✅

08/04/2026

Good News ✅
अब NTC Sim मा Data Package सकेपछि Balance नघट्ने भएको छ।

*444 # Dial गरेर देखिएको ४ मध्ये, Options 4 मा गएर PAYG Disable गर्न सकिन्छ।

07/04/2026

नया मर्यादाक्रम ‼️✅

07/04/2026

Update ‼️ Relief for Data User:
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले 90% Data प्रयोगपछि ग्राहकलाई सूचना पठाउने, ग्राहकलाई Pay As You Go निष्कृय गर्ने विकल्प दिने र डेटा सेवा Subscription Model मा सञ्चालन गर्न सकिने प्रणाली लागू गर्ने तयारी गरेको छ ।

06/04/2026

मौलापुर बजार स्थित जगदीश साहको घरमा ग्यास सिलिण्डर पड़केर भएको आगलागीको खबरले दुःखी बनाएकोछ । घरवार बिहीन भएको पीड़ित परिवारलाई तुरुन्त राहत स्वरूप क्षतिपूर्तिको ब्यवस्था गर्न सम्बन्धित निकाय हरुको गम्भिर ध्यानाकर्षण गराउदछु ।

05/04/2026

मन्त्रिपरिषद् बैठकका निर्णय ✅

1) डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टका लागि क्रमश: एशियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गर्ने ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।

2) दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।

3) नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन, सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने ।

4) राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिनुभएको राजीनामा स्वीकृत गर्ने ।

5) पेट्रोलियम आपूर्तीमा उत्पन्न असहजताका कारण ०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने ।

6) शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने ।

7) डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने ।

8)आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने ।

05/04/2026

श्रम तथा रोजगार सम्बन्धी जानकारीको लागि श्रमाधान कल सेन्टरको निम्न नम्बरमा २४ सै घण्टा सम्पर्क गर्न सक्नु हुन्छ |

☎️सम्पर्क-ठेगाना !!
वैदेशिक रोजगार बोर्डको सचिवालय
ठेगाना : बबरमहल, काठमाण्डाैं
फोन नं. ०१-५३२०३११, ०१-५३२०४३३
फ्याक्स नं. ०१-५३२०५४३
ईमेेलः- [email protected], [email protected], [email protected]
श्रमाधान कल सेन्टर ईमेेलः- [email protected]
श्रमाधान कल सेन्टर नं‌‌. :१६६००१५०००५, ११४१
इमो नं‌‌. : +९७७-९८५१३४७२२२
भाइबर नं‌‌. : +९७७-९८५१३४७२२२
Website : www.feb.gov.np
Instagram : https://www.instagram.com/foreignemploymentboard/
Tiktok : https://www.tiktok.com/

श्रमाधान श्रम कल सेन्टर

05/04/2026

⚠️ बृद्ध भत्तामा ठूलो अपडेट ! सबैले जान्नै पर्ने खबर !!

#बृद्धभत्ता



05/04/2026

Exam Center Head र Exam Guard को कमजोरीका कारण जुम्लामा SEE परीक्षाको उत्तरपुस्तिका हराएको भन्दै २ जना नै पदमुक्त भएका छन्।

हराएको भनिएको Answersheet पछि भेटिएको छ।

Source: Jumla Police

यसरी लापरवाही नगरियोस सम्बन्धित सबैलाई अनुरोध छ !

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Ratnapark, Kathmandu
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00