ओझेलमा बराहपोखरी ताल
पाँच किलोमिटर क्षेत्रफल ओगटेको बराहपोखरी जिल्ला सदरमुकाम दिक्तेलबाट १६ कोस दक्षिणमा पर्छ । बराहपोखरी गाउँ विकास समितिको ६ नम्बर वडामा रहेको यो पोखरीमा डुबुल्की मार्न रहर गर्नेको भीड लाग्ने गर्छ । विशेषगरी हरिबोधनी एकादशीमा दुई दिनसम्म मेला लाग्ने पोखरीआसपासमै रहेको महमाई र शंखेश्वरको पूजा आराधना गर्दा चिताएको पूरा हुने धर्मभीरुहरु विश्वास राख्छन् । जीवनमा सधैँ शान्ति कायम होस् भन्दै हिजोआज पनि यहाँ परेवा उडाउने गरिन्छ । संसारमै नौलो प्रजातिको रातो माछा बराहपोखरीमा पाइन्छ ।
खोटाङ, मङ्सिर १६ गते । सरकारले सन् २०११ लाई पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहादा पहाडी जिल्ला खोटाङलाई चिनाउने एकमात्र बराहापोखरी ताल ओझेलमा परेको छ । सरकारको प्राथमिकतामा नपरेको प्राकृतिक एवम् पर्यटकीय बराहा ताल यतिबेला अलपत्र बनेकोे हो ।
पर्यटन वर्ष नजिकिादै जाादा पर्यटकीय क्षेत्र नै प्राथमिकतामा नपर्दा यहााका समुदाय निराशा बनेका छन् । ताल व्यवस्थापन समितिका अध्यक्ष भुवन श्रेष्ठका अनुसार पोखरीको विकास गर्न कसैले ध्यान दिन सकेको छैन । सभासद, नेतादेखि मन्त्रालयसम्म खोटाङे नागरिकको पहुाच भए पनि यस्ता प्राकृतिक रूपमा मनोरम पर्यटकीय स्थलहरूलाई ध्यान नदिएको आरोप अध्यक्ष श्रेष्ठले लगाउनुभयो ।
सरकारले पर्यटन वर्ष मनाइरहादा पर्यटकीय क्षेत्र बराहा ताल प्राथमिकतामा नपर्दा स्थानीयवासी दुःखी बनेका छन् । तालको विकास गर्न जिल्ला विकास समितिले गुरुयोजना तयार गरे पनि अझै विकास हुनसकेको छैन । तीनसय ३० मिटर लम्बाइ र दुई सय दश मिटर चौडाइ भएको तालको संरक्षण र प्रचारप्रसारमा ध्यान पुर्याउन सके पर्यटकीय रूपमा विकास हुने ताल संरक्षण समितिका पूर्व अध्यक्ष देवीप्रसाद रेग्मीले बताउनुभयो । चार सय ६८ हेक्टर क्षेत्रफल ओगटेको पोखरीमा विश्वकै दुर्लभ मानिने रातो माछा पाइन्छ ।
यतिबेला ऐतिहासिक प्राकृतिक सम्पदाका रूपमा चिनिने बराह ताल विस्तारै सङ्कटमा पर्न थालेपछि नागरिक खबरदारीको आवश्यक्ता रहेको सर्वसाधारणको अनुमान छ । जिल्ल्ााको मुख्य आयस्रोतको बाटो र पर्यटकको मन राख्न सक्ने बराह पोखरीको दर्द देखेर झनै चित्त दुःखेको दिक्तेलका समाजसेवी दुर्गा घिमिरेले बताउनुभयो ।
तालको विकासमा सहयोग गर्न पूर्व जिल्ला वन अधिकृत विशाल घिमिरेले पनि ५० हजार रुपियाा आर्थिक सहयोग पर्यटकीय स्थल बराह तालका लागि प्रदान गर्नुभयो तर सधैा सङ्कटमा पार्न पल्केकालाई भने सो रकम हात्तीको मुखमा जिरा भयो । तालमा पाइने संसारकै दुर्लभ रातोे माछा पनि चोरी सिकारी तथा जलचरले नष्ट पार्न थालेपछि तालको अस्तित्व लोप हुन थालेको छ । यसको संरक्षणप्रति सम्बन्धित निकायको ध्यान
गएको छैन ।
पहाडको मुनि फााटमा रहेको सो ताल पहिरोले पुरेर यसको रूप बिगि्रएको शंखेश्वरी महादेव मन्दिरका महन्त गोविन्द गिरी बताउनुहुन्छ । यहाा वर्षमा एकपल्ट हरिबोधनी एकादशीका दिनदेखि दुई दिन मेला लाग्ने गरेको छ । त्यतिबेला बराह ताल र मेला भर्न आउने पर्यटकको घुइाचो लाग्छ ।
स्थानीयले पोखरीमा भएका माछा संरक्षण गर्नुको सट्टा माछा मार्न नदिए भौतिक कारबाही गर्ने धम्की दिने गरेको बताउादै महन्त गिरी भन्छन्- "नजिकै प्रहरी चौकी भए पनि आफूलाई सुरक्षाको अनुभूति नभएकाले माछा संरक्षण गर्न नसकेकाले चोरी सिकारी बढेको हो ।" आउादा दिनमा तालको प्रचारप्रसार गर्न साथै प्राकृतिक सम्पदाको संरक्षण र सम्र्बद्धन गर्न आगामी दिनमा साताव्यापी महोत्सव गर्ने तयारी भइरहेको ताल संरक्षण समितिका पूर्व अध्यक्ष देवीप्रसाद रेग्मी बताउनुहुन्छ ।
यति मात्रले ताल सङ्कटमा परेको भने किमार्थ नभएको बताउादै पूर्वअध्यक्ष रेग्मी भन्नुहुन्छ, ताल संरक्षण गर्नुपर्ने बेला गुठीको नाममा रहेको बराहाटारस्थित एक सय दुई रोपनी जग्गामध्ये ५५ रोपनी जग्ाा स्थानीय ढकबहादुर कार्की, शिवकुमार श्रेष्ठ, जुक्तिराम राई, कर्म श्रेष्ठ, भुवन श्रेष्ठ, भरत तामाङ, हर्कबहादुर तामाङ, हङ्कङ मगरलगायतले कब्जा गरी घर निर्माण गरेका छन् ।
उनीहरूलगायत अन्य ५० जनाभन्दा बढीले खम्बा गाडेर जग्गा मिचेका छन् । भने गुठीको जग्गामा घर निर्माण गर्नेमध्येका शिवकुमार श्रेष्ठले प्रक्रिया पुर्याएर आफ्नो नाममा दर्ता गर्ने पटक-पटक बताएको र ऐनअनुसार त्यसो गर्न नमिल्ने रहेछ । गुठीको नाममा रहेको जग्गा गुठीयार सवाल गिरीले ५५ रोपनी खुलेआम बिक्री गरेको पाइएको छ ।
गुठीको जग्गा व्यक्तिले रजिस्टेसन गराएपछि २०४३ सालमा मुद्दा परेको र २०४७ सालमा मालपोत कार्यालयको फैसलाले जग्गा फिर्ता गराउने आदेश दिइसके पनि हालसम्म पनि फिर्ता नगरेका हुन्् ।
धार्मिक एवं पर्यटकीय महìव बोकेको प्राकृतिक पोखरी भए पनि उचित वासस्थान, खानेपानी र शौचालयको अभाव छ । यतिका धेरै जनविश्वास र भौतिक सम्पदा बोकेको पोखरी पर्यटन वर्षको पर्यटकीय गन्तव्यस्थल बन्न नसक्दा सरकार निरीह भएको यहााका समुदायको आरोप छ । यस पोखरीलाई पर्यटनको गन्तव्यस्थल बनाउन सके आर्थिक रूपमा निकै फाइदा हुने स्थानीय देवीप्रसाद रेग्मीले बताउनुभयो ।