Pidarbani Football Club

Directions Contact the business

Pidarbani Football Club footballer union

🩺 हार्दिक धन्यवाद तथा आभार! ⚽🙏तेस्रो वडा अध्यक्ष फुटबल प्रतियोगिता–२०८३ लाई सफल बनाउन कनकपुर, सप्तरीस्थित क्लिनिकका सञ्च...
02/10/2026

🩺 हार्दिक धन्यवाद तथा आभार! ⚽🙏

तेस्रो वडा अध्यक्ष फुटबल प्रतियोगिता–२०८३ लाई सफल बनाउन कनकपुर, सप्तरीस्थित क्लिनिकका सञ्चालक, पिडरबनी निवासी युवा खेलप्रेमी तथा समाजसेवी श्री धिरज कुमार चौधरीज्यूले प्रतियोगिताका लागि First Aid सहयोग प्रदान गर्दै Medical Partner Sponsor का रूपमा साथ दिनुभएकोमा पिडरबनी फुटबल क्लब परिवार हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं ।

खेलाडीहरूको स्वास्थ्य सुरक्षाप्रति देखाउनुभएको यो सहयोग र सामाजिक उत्तरदायित्वप्रति विशेष सम्मान व्यक्त गर्दछौँ ।

🙏आर्थिक सहयोगप्रति हार्दिक आभार 🙏पिडरबनी फुटबल क्लबद्वारा आयोजना हुन गइरहेको तेस्रो वडा अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगि...
30/09/2026

🙏आर्थिक सहयोगप्रति हार्दिक आभार 🙏

पिडरबनी फुटबल क्लबद्वारा आयोजना हुन गइरहेको तेस्रो वडा अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगिता–२०८३ को सफल सञ्चालनका लागि यस क्लबका पूर्व खेलाडी तथा हाल वैदेशिक रोजगारीमा रहनुभएका लहान–१८, शोभापुर निवासी मो. तोफिक अन्सारीज्यूले रु. १,५००/- आर्थिक सहयोग गर्नुभएकोमा उहाँप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।

क्लबसँगको आफ्नो पुरानो सम्बन्धलाई आत्मसात् गर्दै प्रतियोगिताको सफलताका लागि गर्नुभएको यो सहयोगले हामीलाई थप उत्साह र हौसला प्रदान गरेको छ।

नगद रु. १०,०००/- आर्थिक सहयोगप्रति हार्दिक आभार 🙏पिडरबनी फुटबल क्लबद्वारा आयोजना हुन गइरहेको तेस्रो वडा अध्यक्ष गोल्ड कप...
29/09/2026

नगद रु. १०,०००/- आर्थिक सहयोगप्रति हार्दिक आभार 🙏

पिडरबनी फुटबल क्लबद्वारा आयोजना हुन गइरहेको तेस्रो वडा अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगिता–२०८३ को सफल सञ्चालनका लागि यस क्लबका अध्यक्ष तथा भगवानपुर गाउँपालिकामा कार्यरत सब–इन्जिनियर एवं लहान–११, पिडरबनी निवासी श्री उकेश चौधरीज्यूले नगद रु. १०,०००/- (दश हजार रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्नुभएकोमा उहाँप्रति पिडरबनी फुटबल क्लब परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।

खेलकुदको विकास, खेलाडीलाई अवसर तथा स्थानीय प्रतिभाको प्रोत्साहनका लागि उहाँले गर्नुभएको यस सहयोगले प्रतियोगितालाई थप उत्साह र ऊर्जा प्रदान गरेको छ।

उहाँको निरन्तर साथ, सहयोग र सद्भावको अपेक्षा गर्दै हार्दिक धन्यवाद। 🙏

नगद रु. १०,०००/- आर्थिक सहयोगप्रती हार्दिक आभार🙏पिडरबनी फुटबल क्लबद्वारा आयोजना हुन गइरहेको तेस्रो वडा अध्यक्ष गोल्ड कप ...
28/09/2026

नगद रु. १०,०००/- आर्थिक सहयोगप्रती हार्दिक आभार🙏

पिडरबनी फुटबल क्लबद्वारा आयोजना हुन गइरहेको तेस्रो वडा अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगिता–२०८३ को सफल सञ्चालनका लागि नेपालगन्ज–१३, बाँके स्थित रहेको Family Dental Care Center का सञ्चालक, क्लबका पूर्व खेलाडी तथा लहान–११, पिडरबनी निवासी डा. विश्वनाथ चौधरीज्यूले रु. १०,०००/- आर्थिक सहयोग प्रदान गर्नुभएको छ।

क्लबसँगको आफ्नो पुरानो सम्बन्धलाई निरन्तरता दिँदै प्रतियोगिता सफल बनाउन गर्नुभएको यो सहयोगप्रति पिडरबनी फुटबल क्लब परिवार हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।

जर्सी प्रायोजनप्रति हार्दिक आभार! 🙏पिडरबनी फुटबल क्लबद्वारा आयोजना हुन गइरहेको तेस्रो वडा अध्यक्ष फुटबल प्रतियोगिता–२०८३...
27/09/2026

जर्सी प्रायोजनप्रति हार्दिक आभार! 🙏

पिडरबनी फुटबल क्लबद्वारा आयोजना हुन गइरहेको तेस्रो वडा अध्यक्ष फुटबल प्रतियोगिता–२०८३ लाई सफल बनाउन श्री अनमोल साहज्यूले खेलाडीहरूको लागि ४० थान जर्सी प्रायोजन गर्नुभएकोमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।

खेलप्रतिको उहाँको यो साथ र सहयोगले खेलाडीहरूलाई थप हौसला र ऊर्जा प्रदान गरेको छ।

पिडरबनी फुटबल क्लब परिवार

प्रायोजन तथा सहयोग गरिदिन हार्दिक अनुरोध🙏खेलकुदको विकास, खेलाडीको पहिचान, अवसर तथा स्थानीय व्यवसायलाई प्रवर्द्धन गर्ने उ...
27/09/2026

प्रायोजन तथा सहयोग गरिदिन हार्दिक अनुरोध🙏

खेलकुदको विकास, खेलाडीको पहिचान, अवसर तथा स्थानीय व्यवसायलाई प्रवर्द्धन गर्ने उदेश्यले नेपालीहरुको महान चाड बडा दशैको शुभ अवसरमा यहि मिति 2083 असोज 31 गते देखि कार्तिक 8 गते सम्म पिडरबनी फुटबल क्लब द्वारा आयोजना हुन गईरहेको तेस्रो वडा अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगिता संचालन गर्ने निर्णय भएको हुनाले उक्त प्रतियोगिता सभ्य तथा भव्य रुपमा सफल रुपमा संचालन गर्न आदरणीय व्यवसायीहरु, खेलप्रेमी शुभेच्छुक, सम्पुर्ण गाउँबासी तथा स्वदेश तथा विदेशमा बस्नुहुने दाजु भाईहरुमा सहयोग तथा प्रायोजन गरि सहयोग गर्न हार्दिक अनुरोध गर्दछौं ।

सहयोगको लागि तल दिइएको यस क्लबको बैंक खाताको QR मार्फत तथा यस क्लबका अध्यक्ष श्री उकेश चौधरी मो.9804725057 र कोषध्यक्ष शरण चौधरी मो. 9815700855 मा सम्पर्क गरि सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछौं ।

20/09/2026

⚽🔥 दशैं फुटबलको जोशमा रमाउने होइन त?

🏆 तेस्रो वडा अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगिता–२०८३
COMING SOON… ⏳🔥

📍 पिडरबनी
Get Ready for the Game! ⚽🏆

13/09/2026
भावपूर्ण श्रद्धान्जली🙏🙏 यस क्लबका सदस्य श्री सानु कुमार चौधरीज्युको पुजणीय बुवा श्री पशुपति चौधरीको असमायिक निधन भएकोमा ...
11/09/2026

भावपूर्ण श्रद्धान्जली🙏🙏

यस क्लबका सदस्य श्री सानु कुमार चौधरीज्युको पुजणीय बुवा श्री पशुपति चौधरीको असमायिक निधन भएकोमा भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछौ साथै शोक सन्तप्त परिवारजानमा भावपूर्ण सम्बेदना प्रकट गर्दछौ ।

हार्दिक श्रद्धाञ्जली!प्रकृति विपद्को यस पीडादायी घडीमा भोटेकोशीको विनाशकारी बाढीमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण दिवङ्ग...
07/09/2026

हार्दिक श्रद्धाञ्जली!

प्रकृति विपद्को यस पीडादायी घडीमा भोटेकोशीको विनाशकारी बाढीमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण दिवङ्गत आत्माहरूप्रति उहाँहरूको १३औँ पुण्यतिथिका अवसरमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।

शोकसन्तप्त सम्पूर्ण परिवारजन तथा आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दछौं। 🙏

-पिडरबनी फुटबल क्लब परिवार

Address

Lahan

Website

Alerts

Be the first to know and let us send you an email when Pidarbani Football Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pidarbani Football Club:

Shortcuts

Share

Category