25/08/2026
हार्दिक निमन्त्रणा ढ्वाङ्कुम महोत्सव सचिव सञ्जय राईको र समग्र वाम्बुलेहरुको तर्फबाट वामड्यालाे।
भदौ १०, ११ र १२ गते लो वाम्ड्याल, ब्लाङ्कानेमा आयोजना हुन गइरहेको किरात वाम्बुले राई समुदायको महान् सांस्कृतिक पर्व ढ्वाङ्कुमको अवसरमा आयोजित “ढ्वाङ्कुम महोत्सव” मा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ।
ढ्वाङ्कुम केवल एउटा पर्व मात्र नभई किरात वाम्बुले राई समुदायको मौलिक संस्कृति, परम्परा, भाषा, कला र पहिचानको उत्सव हो। यस अवसरमा तीनै दिन विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरिनेछन्।
🎶 भदौ १० गते
स्थानीय कलाकारहरूको विशेष सांस्कृतिक प्रस्तुति रहनेछ। आफ्नो कला तथा सांस्कृतिक प्रस्तुति लिएर सहभागी हुन चाहनुहुने सम्पूर्ण कलाकार तथा प्रतिभाहरूलाई भदौ १० गते नै उपस्थित भई आफ्नो प्रस्तुति दिन हार्दिक अनुरोध गर्दछौँ।
🎭 भदौ ११ गते
विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रममार्फत महोत्सवलाई थप भव्य र उत्सवमय बनाइनेछ।
🎤 भदौ १२ गते — विशेष आकर्षण
वाम्बुले कलाकारहरूको विशेष प्रस्तुति तथा लोकप्रिय गायिका बबिना किराँतीको भव्य सांगीतिक प्रस्तुति रहनेछ। त्यसैले भदौ १२ गतेको विशेष कार्यक्रम नछुटाउनुहोस्!
📡 प्रत्यक्ष प्रसारण
कार्यव्यस्तता वा अन्य कारणले कार्यक्रमस्थलमा उपस्थित हुन नसक्नुहुने तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण दर्शकहरूले ढ्वाङ्कुमको आधिकारिक फेसबुक पेज तथा यात्री मिडिया एण्ड म्यानेजमेन्टको आधिकारिक फेसबुक पेजमार्फत महोत्सवका कार्यक्रमहरू प्रत्यक्ष प्रसारण (LIVE) हेर्न सक्नुहुनेछ।
❤️ ढ्वाङ्कुम महोत्सव
भदौ १०, ११ र १२ | लो वाम्ड्याल, ब्लाङ्काने
सबैलाई हार्दिक निमन्त्रणा!