31/07/2025
Master Mentor and The Mother Design training 2025.
HELPING FATHERS BRING HEAVEN HOME
Founded on common sense and the principles for healthy family we find in the Bible, The World Needs A Father is about training communities of men to understand the value of their roles as fathers, and giving them the tools to train other men around them, so that as heaven splashes down in their home, the ripples flow through their community.
31/07/2025
Master Mentor and The Mother Design training 2025.
15/12/2024
Master Mentor Training 2024
10/10/2024
MMT &TMD 2024
25/09/2024
15/03/2024
Pray for MMT in September,2024.
21/02/2023
TWNAF Nepal movement vision sharing meeting with the faith base leaders.
अभिभावकले मनन गर्नु पर्ने कुराहरु:-
-------------------------------------------------
१, बेलुका ८:००बजे-सम्ममा टिभी बन्द गर्नुहोस् ! टिभिमा ८ बजे भन्दा पछाडि आफ्नो बच्चा भन्दा महत्त्वपूर्ण केही आउँदैन !
२, आफ्नो बच्चाको स्कुलको कापी किताब हेर्नको लागि ३०/४५ मिनेट समय निकाल्नुहोस ! उसको गृहकार्य पूरा गराउनुहोस्!
३, दैनिक सबै बिषयको कापी हेर्नुहोस। उस बिषयमा खास ध्यान दिनुहोस् जसमा उ राम्रो गरिरहेको छैन !
४, बच्चाको आधारभूत शिक्षा भबिश्यको लागि अति महत्त्वपूर्ण हुन्छ !
५, बच्चालाई रातको १० बजे सुत्न र बिहान ६ बजे उठ्नको लागि बानी बसाल्नुहोस् !
६, यदि तपाईं कुनै पार्टी/सामाजिक कार्यमा बच्चाको साथमा जानुहुन्छ भने धेरै रातसम्म घर फर्कनुहुदैन भने भोलिपल्ट बच्चाहरूलाई आराम गर्न दिनुहोस् ( स्कुल नपठाउनुहोस् ) यदि तपाईं भोलि बच्चा स्कुल पठाउन चाहनुहुन्छ भने रातको १० बजेभित्र घर फर्कनुहोस !
७, आफ्नो बच्चालाई बिरुवा लगाउन र उसलाई हेरचाह गर्नको लागि बानी बसाल्नुहोस !
८, सुत्ने समय आफ्नो बच्चालाई पृथ्वीनारायण,भिमसेन,अम्बर सिंह थापा, बलभद्र कुवर जस्ताको जिबनी गाथा सुनाउनुहोस !
९, हरेक बर्ष गर्मी वा जाडोको छुट्टिमा (आफ्नो गक्ष अनुसार) कहि घुमाउन लानुहोस यसले उनीहरुको भिन्दै मान्छेको साथ नंया ठाउँमा बस्न सिक्छ्न !
१०, आफ्नो बच्चाको प्रतिभाको पत्ता लगाउनुहोस ! र उसलाई तिखार्न सहायता गर्नुहोस् ! ( बच्चा कुनै बिषय संगित, खेल, अभिनय , चित्रकला, नृत्य , आदिमा रुचि राख्न सक्छन् यसले उनीहरुको जीवन रमाइलो बनाउछ !
११, बच्चालाई प्लास्टिक प्रयोग नगर्नको लागि सिकाउनुहोस ! तातो खाना र पानी प्लास्टिकमा प्रयोग नगर्नको लागि भन्नुहोस् !
१२, भान्साकोठामा खाना बनाउने समय जो यस्तो होस् बच्चाले मन पराउन ! उनिहरुलाई खाना बनाउनको लागि आफुलाई सहयोग गर्नको लागि भन्नुहोस् बच्चाहरुलाई राम्रो लाग्ने छ !
१३, प्रत्येक बच्चा जन्मदा नै बैज्ञानिक हुन्छन् ! उनिहरु संग धेरै प्रश्न हुन्छन् , यो सबै प्रश्नको जवाफ हामी दिन सक्छौं ! हामी सचेत हुनुपर्छ बच्चाको प्रश्नमा रिसाउनु हुँदैन ! उसको प्रश्नको जवाफ तुरुन्त दिनुहोस् जवाफ् थाहा छैनभने सोधपुछ गरेर दिनुहोस् !
१४, बच्चालाई अनुशासन र बाँच्नको लागि राम्रो तरिकाले भन्नुहोस् ( सहि र गलत व्याख्या गर्नुहोस् )
१५, बच्चालाई भर्नाको लागि कुनै सर्बश्रेष्ठ स्कुल खोज्नु भन्दा सबैभन्दा राम्रो स्कुल त्यो हो जहाँ तपाईंको बजेटको लागि उपयुक्त छ ! भबिस्यमा हामिले छोराछोरी को पढाइको लागि अधिक पैसा खर्च गर्नुपर्ने हुन्छ ! त्यसैले पैसा बचाउनुहोस यस्ता अरु खर्चिला स्कुलहरु पनि छन् त्यसैले घाँटी हेरि हाड निल्नुहोस !
१६, बच्चालाई आफै पढ्न र सिक्ने बानी बसाल्नुहोस !
१७, बच्चालाई मोबाइल फ़ोन प्रयोग गर्न नदिनुहोस , आबश्यक हुँदा आफ्नो निग्रानिमा मोबाइल प्रयोग गर्न दिनुहोस् !
१८, बच्चालाई आफ्नो काममा सहायता गर्नको आगि भन्नुहोस् ! जस्तै खाना बनाउन , सरसफाइ गर्न, सामान ब्यबस्थित गरि राख्न सिकाउनुहोस !
१९ , र सबैभन्दा महत्त्वपूर्ण चिज हामिले आफ्नो बच्चालाई शिक्षा को साथमा राम्रो संस्कार पनि दिनुपर्छ ! ताकी उनिहरु जिबनमा सफ़ल र सहि मानिस बन्न सकुन !