20/08/2026
नेपालकै ठूलो अन्तर-विद्यालय फुटबल 'एशियन पेन्ट्स च्याम्पियन्स कप U18' भाद्र १६ गतेदेखि हेमजामा सञ्चालन हुने
हेमजा (कास्की) । देशकै ठूलो अन्तर-विद्यालय फुटबल प्रतियोगिता "एशियन पेन्ट्स च्याम्पियन्स कप अल नेपाल इन्टरस्कुल फुटबल टुर्नामेन्ट U18" आगामी भाद्र १६ गते (सेप्टेम्बर १) देखि कास्कीको हेमजास्थित विष्णु पादुका खेलमैदानमा आयोजना हुने भएको छ।
'द हिमालयन' (The Himalayan) को आयोजनामा हुन लागेको यस बृहत् प्रतियोगितामा देशभरका विद्यालयहरूले सहभागिता जनाउनेछन्।
प्रतियोगिताका प्रमुख विवरणहरू:
आयोजक: द हिमालयन (The Himalayan)
मुख्य प्रायोजक: एशियन पेन्ट्स (Asian Paints)
पावार्ड बाइ र मोबिलिटी पार्टनर: एनसेल (Ncell) र BYD
स्थान: विष्णु पादुका खेलमैदान, हेमजा
सुरु हुने मिति: २०८३ भाद्र १६ गते (सेप्टेम्बर १, २०२६)
उमेर समूह: १८ वर्षमुनि (U18) - छात्र तथा छात्रा दुवै विधा
सहभागिता: ७ वटै प्रदेशका ३०० भन्दा बढी विद्यालय र ९,००० भन्दा बढी खेलाडीहरू
उक्त प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यालय तथा खेलाडीहरूले आधिकारिक वेबसाइट [www.championscuptht.com](https://www.championscuptht.com) मार्फत वा पोस्टरमा दिइएको क्यूआर कोड स्क्यान गरी टोली दर्ता गर्न सक्नेछन्। देशैभरका प्रतिभावान युवा खेलाडीहरूलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने यो एक उत्कृष्ट अवसर हुनेछ।अनलाइन दर्ता गरियका बिधालयहरुले RS pokhara football club ko page मार्फत जानकारी लिन सक्नुहुनेछ । सम्पर्क न ९८२७१७०७५७
९८५६०४४३७६
03/08/2026
प्रतियोगिताको विवरण
टिम दर्ता मिति: २०८३/०५/२५ गते बेलुका ७ बजेसम्म २६ गते Tie sheet निर्माण हुनेछ।
प्रतियोगिता मिति: २०८३/०५/२७ देखि २९ गतेसम्म
स्थान: पोखरा महानगरपालिका -२५, हेमजा गौरीशंकर खेलकुद मैदान "गैरी"
मुख्य नियमहरू:-
१) खेल सुरु हुन भन्दा १ घण्टा अगाडि मैदानमा उपस्थित हुनुपर्नेछ। ढिलो भएमा वाकओभर (Walkover) दिइनेछ।
२) खेलको अवधि बढीमा २०/२० मिनेटको हुनेछ।
३) खेल बराबरी भएमा सिधै पेनाल्टी सुटआउट गरिनेछ।
४) टिम दर्ता गर्दा १००% शुल्क बुझाउनुपर्नेछ अन्यथा Tie-sheet मा नाम समावेश हुनेछैन ।
५) पहिलो दर्ता हुने १६ टिमलाई मात्र प्राथमिकता दिइनेछ। प्रत्येक टिममा ७+ ३ खेलाडी, १ प्रशिक्षक र १ म्यानेजर हुनुपर्नेछ।
६) कुनै विरोध वा प्रोटेस्ट गर्नुपरेमा रु. ५,००० शुल्क तिरेर निवेदन दिनुपर्नेछ।
७) खेलको दौरान सामान्य चोटपटक लागेमा प्राथमिक उपचार मात्र आयोजकले गर्नेछ, गम्भीर चोटपटकको जिम्मेवारी आयोजकको हुने छैन।
८) खेल सम्बन्धी अन्तिम निर्णय रेफ्रीको निर्णय नै हुनेछ।
९) U16 boys खेलाडीको उमेर: प्रतियोगितामा U-16 (२०६७ साल भदौ २६ पछि जन्मिएका) खेलाडीहरू मात्र सहभागी हुन पाउनेछन्।
१०) पहिचान प्रमाण: प्रत्येक खेलाडीले सक्कल जन्मदर्ता प्रमाणपत्र तथा हाल अध्ययनरत विद्यालयको परिचयपत्र (School ID Card) अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।
११) जर्सी: सबै टिमले एकरूप जर्सी (नम्बर सहित) लगाउनुपर्नेछ। जर्सीको रङ समान भएमा आयोजकको निर्णयअनुसार बिब्स (Bibs) प्रयोग गर्नुपर्नेछ।
१२) खेल नियम: प्रतियोगिता FIFA का प्रचलित नियम अनुसार सञ्चालन हुनेछन्।
१३) प्रतिस्थापन (Substitution): प्रतियोगितामा ३ Substitution गर्न सकिनेछन् ।
१४) अनुशासन: खेलाडी, प्रशिक्षक वा समर्थकबाट अभद्र व्यवहार, गालीगलौज वा हिंसात्मक गतिविधि भएमा आयोजकले कारबाही गर्दै प्रतियोगिताबाट निष्कासन गर्न सक्नेछ।
१५) रातो कार्ड: रातो कार्ड प्राप्त खेलाडीले कम्तीमा अर्को एक खेल खेल्न पाउनेछैन। थप कारबाही आयोजकको निर्णयअनुसार हुनेछ।
१६) पहेंलो कार्ड: दुई पहेंलो कार्ड संकलन गर्ने खेलाडीले अर्को खेल गुमाउनेछ।
१६) खेल तालिका: मौसम वा अन्य विशेष कारणले खेल तालिकामा परिवर्तन गर्नुपर्ने भए आयोजकको निर्णय अन्तिम हुनेछ।
१७) उपस्थिति: खेल सुरु हुनुभन्दा ६० मिनेटअघि टिमले आफ्नो Team Sheet आयोजकलाई बुझाउनुपर्नेछ।
१८) फोर्स माज्योर: प्राकृतिक विपत्ति वा अप्रत्याशित परिस्थितिमा प्रतियोगिताको मिति वा समय परिवर्तन गर्ने अधिकार आयोजकमा रहनेछ।
१९) फोटोग्राफी/भिडियोग्राफी: प्रतियोगिताको क्रममा खिचिएका फोटो तथा भिडियो प्रचार–प्रसारका लागि आयोजकले प्रयोग गर्न सक्नेछ।
२०) आयोजकको अधिकार: यस नियमावलीमा उल्लेख नभएका विषयमा आयोजक समितिको निर्णय नै अन्तिम र सर्वमान्य हुनेछ।
02/08/2026
विष्णु पादुका खेल मैदानको अतिरिक्त सरसफाई सुरु गरी सकेका छौ र ढिकुरपोखरी २०८३ को हरितालिका तीजमा आयोजना हुन लागेको फुट्बल प्रतियोगीको training भैइरहेको हुदा ईच्छुक खेलाडी साथिभाईहरुलाई यसै सुचना मार्फत यस विष्णु पादुका क्लबमा सम्पर्क गर्नहुन अनुरोध गर्दछौं ।
29/07/2026
हरितालिका तीजको पावन अवसरमा यस विष्णु पादुका क्लब,हेमजाको आयोजनामा स्वास्थ्य, भाइचारा र मौलिक संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ दुई विशेष प्रतियोगिताहरू सञ्चालन हुन गइरहेका छन्।
यस विशेष दिनमा सम्पूर्ण खेलप्रेमी तथा दाजुभाइ-दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल पारिदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौँ! 🙏✨