श्रावण १५
खीरको मिठाससँगै सेवा र सम्झनाको एउटा सुन्दर दिन।
आदर्श नमुना क्लब
Adarsha Namuna Club is a one of the reputed football club of Myagde gaupalika 4 Manahari Tanahun Nep
31/07/2026
"जहाँबाट यात्रा सुरु भयो, त्यहीँ फर्किएर केही योगदान गर्न पाउनु नै जीवनको सबैभन्दा ठूलो सौभाग्य हो।"
आज श्रावण १५ को पावन अवसरमा श्री पार्वती आधारभूत विद्यालयमा आदरणीय शिक्षिकाहरू र हामी सबै मिलेर खीर पकायौं। तयार भएको खीर विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई प्रेमपूर्वक खुवायौं। त्यसपछि आदरणीय शिक्षिकाहरू र हामी सबै सँगै बसेर खीरको स्वाद लियौं। साथै विद्यालय परिसरमा बढेको झार काट्दै सरसफाइ अभियानमा पनि सहभागी भयौं।
आजको दिन अझ विशेष यस कारण बन्यो कि, यस क्लबका तर्फबाट सहभागी भएका हामीमध्ये अधिकांशले यही विद्यालयको आँगनमा आफ्नो बाल्यकाल बिताएका थियौं। यही कक्षाकोठामा अक्षर चिन्यौं, यही मैदानमा दौडियौं, लड्यौं, उठ्यौं र जीवनका पहिलो सपना देख्न सिक्यौं। वर्षौंपछि फेरि यही विद्यालयमा फर्किएर विद्यार्थीहरूको अनुहारमा मुस्कान बाँड्न र आफ्नो विद्यालयका लागि सानो भए पनि योगदान गर्न पाउँदा मन गर्व, खुशी र आत्मीयताले भरियो।
विद्यालयले हामीलाई दिएको शिक्षा, संस्कार र प्रेरणाप्रति कृतज्ञता व्यक्त गर्दै गरिएको यो सानो प्रयास आगामी दिनहरूमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दछौं।
श्री पार्वती आधारभूत विद्यालय प्रति हार्दिक सम्मान तथा सम्पूर्ण शिक्षकवर्ग, विद्यार्थी र सहयोगी सबैमा हार्दिक धन्यवाद। ❤️🙏
26/06/2026
⚽️ शुभ यात्रा, सुमन श्रेष्ठ ❤️🇵🇱
हरेक खेलाडीको कथा केवल मैदानमा खेलिएको ९० मिनेट मात्र हुँदैन, केही कथाहरू संघर्ष, जिम्मेवारी र सपनासँग जोडिएका हुन्छन्।
तनहुँको माटोबाट फुटबल यात्रा सुरु गरेर Three Star Club U-18, Pulchowk Sports Club, विभिन्न स्थानीय प्रतियोगिता हुँदै रास्ट्रीय स्तरको प्रतियोगीतामा समेत सहभागी भइ मैदानमा गोल मात्र होइन फुटबल मा केही गर्ने सपना बुन्दै अघि बढ्नु भएको व्यक्तित्व — सुमन श्रेष्ठ ।
यस क्लबमा Grassroot Training का Head Coach भएर धेरै साना नानीबाबुहरुको हात समातेर फुटबलको बाटो देखाउनुभयो। प्रशिक्षणको दौरान मैदानमा सिकाएको कुरा केवल पास, शट र गोल मात्र थिएन, अनुशासन, मेहनत र हार नमान्ने बानी पनि थियो।
तर आज मैदानमा बल संग संघर्ष गर्दै रमाईरहेको एउटा खेलाडीको जीवनमा अर्को खेलको अध्याय सुरु हुँदैछ।
दुःख लाग्छ, नेपालको फुटबलको अवस्था यस्तो छ कि धेरै प्रतिभाशाली खेलाडी र प्रशिक्षकहरू आफ्नो सपना र परिवारको जिम्मेवारीबीच कठिन निर्णय गर्न बाध्य भइरहेका छन्। आज धेरै नेपाली युवाहरू अवसर र भविस्य निर्माणको खोजीमा विदेशिन बाध्य भइरहेका छन्। नेपालबाट ठूलो संख्यामा युवाहरू रोजगारीका लागि बाहिरिने क्रम निरन्तर देखिएको छ।
आज तपाईं फुटबल मैदानबाट केही समय टाढा भएर आफ्नो र परिवारको भविष्यका लागि जन्मभुमि छाडेर कर्मभुमी तर्फ लाग्दै हुनुहुन्छ।
तर एउटा कुरा निश्चित छ
खेलाडीले मैदान छोड्न सक्छ,
तर उसको मनले फुटबल कहिल्यै छोड्दैन।
आदर्श नमुना क्लब परिवारको तर्फबाट सफल वैदेशिक यात्रा, सुरक्षित बसाइ र उज्ज्वल भविष्यको कामना गर्दछौ ❤️
फर्किएर फेरि मैदानमा उभिने दिनको प्रतीक्षामा...
कहिलेकाहीँ जीवनका सबैभन्दा सुन्दर सम्झनाहरू ती हुन्छन्, जुन हामीले क्लबका साथीभाइहरूसँग सँगै हाँस्दै र रमाउँदै बिताएका हुन्छौं । यी पलहरू सधैं मनमा बसिरहनेछन्। संगै बिताएका ती रमाइला क्षणहरू केवल सम्झना मात्र होइनन्, जीवनका अमूल्य पलहरू हुन्। सँगै हाँसेका, सँगै दुःख–सुख बाँडेका र सँगै गरेका साना–साना कामहरूले हाम्रो सम्बन्धलाई अझ बलियो बनाएको छ।
समय बित्दै जाँदा यी क्षणहरू बित्लान्, तर ती विताएका पलहरु, हाँसो, रमाइलो र मित्रताको भावना सधैं हाम्रो मनमा ताजा रहिरहनेछ । क्लबका साथीभाइसँग बिताएको हरेक पल जीवनको सुन्दर कथा जस्तै लाग्छ।
08/03/2026
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा साना नानीहरूलाई खेलकुदप्रति प्रेरित गर्ने उद्देश्यले फुटबल प्रशिक्षणमा सहभागी साना नानीहरूको स्वास्थ्य र ऊर्जालाई ध्यानमा राख्दै पौष्टिक आहार अन्तर्गत अन्डा वितरण गरिएको छ। यसले बालबालिकाहरूलाई अभ्यासका क्रममा आवश्यक ऊर्जा प्राप्त गर्न र खेलप्रति अझ उत्साहित बन्न सहयोग पुर्याउने विश्वास गरिएको छ।
खेलकुदले अनुशासन, स्वास्थ्य र आत्मविश्वास बढाउने भएकाले साना उमेरदेखि नै यस्तो प्रशिक्षण र सहयोग आवश्यक हुन्छ। नानीहरूको उज्ज्वल भविष्य र खेलकुद विकासका लागि गरिएको यो सानो प्रयासले उनीहरूलाई अझ प्रेरणा दिने अपेक्षा गरिएको छ।
सम्पूर्ण क्लब परिवार मिलेर मनाइएको होली साँच्चै अविस्मरणीय बन्यो।
रंगले भरिएका अनुहार, हाँसोले भरिएको वातावरण र आपसी सद्भावले २०८२ को होलीलाई विशेष बनायो।
होली केवल रङ्गको पर्व मात्र होइन, सम्बन्धलाई अझ गाढा बनाउने अवसर पनि हो।
सम्पुर्ण क्लब परिवारसँग बिताएको हरेक क्षण सबैलाई सधैंका लागि सम्झनामा रहनेछ।
02/03/2026
रङ्हरूको पर्व होली
सम्बन्ध मजबुत बनाउने, टाढिएका मनहरू नजिक ल्याउने, रिस–राग भुलाएर नयाँ सुरुवात गर्ने सुन्दर अवसर होली ।
सम्बन्धहरूमा मिठास र सबैको जीवनमा नयाँ ऊर्जा भरियोस ।
“सातै रंग इन्द्रेणी जस्तै हाम्रो सम्बन्ध पनि त्यति नै सुन्दर रहिरहोस ।"
#आदर्श_नमुना_क्लब
#होली_विशेष
#सम्बन्ध_अनि_होली
22/02/2026
धार्मिक तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै देउसी-भैलो -२०८२ बाट संकलन रकम मध्यबाट समाजको धार्मिक तथा सांस्कृतिक संरक्षणमा योगदान पुर्याउने उद्देश्यले स्थानीय पार्वती मन्दिरलाई आर्थिक सहयोग हस्तान्तरण ।
मन्दिर हाम्रो आस्था, संस्कार र सामुदायिक एकताको प्रतीक भएकाले यस पवित्र कार्यमा सहभागी हुन पाउँदा हामी गर्व महसुस गर्दछौ। यो सहयोग रकम भन्दा ठूलो हाम्रो भावना र समाजप्रतिको समर्पण हो। हामीले गरेको सहयोग ठूलो नहुन सक्छ, तर यसमा हाम्रो श्रद्धा, माया र समाजप्रतिको जिम्मेवारी समेटिएको छ। आगामी दिनहरूमा पनि यस्ता धार्मिक तथा सामाजिक कार्यहरूमा आदर्श नमुना क्लब सधैं अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्दछ ।
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Myagde 4, Manahari
Tanahun
33900