04/10/2026
यस दशैंको पावन अवसरमा आयोजना हुन गइरहेको 5-A-Side फुटबल प्रतियोगितामा सम्पूर्ण खेलाडी, खेलप्रेमी, युवा साथीहरू तथा फुटबलप्रेमी महानुभावहरूलाई हार्दिक स्वागत गर्दछौँ। ⚽❤️
दशैंको खुसी, उमंग र उत्साहलाई खेलकुदसँग जोड्दै आपसी भाइचारा, मित्रता, अनुशासन र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा यहाँहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ भव्य र सफल बनाउनेछ।
त्यसैले यस दशैंमा मनोरञ्जनसँगै खेलकुदको माहोलमा रमाउन, आफ्नो प्रतिभा प्रदर्शन गर्न र फुटबलप्रतिको प्रेमलाई अझ बलियो बनाउन सम्पूर्ण खेलाडी तथा खेलप्रेमीहरूलाई यस प्रतियोगितामा सहभागी भईदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
आउनुहोस्, दशैं मनाऔँ — फुटबल खेल्दै