मेरो गन्तव्य

मेरो गन्तव्य

Share

https://www.facebook.com/oxalic.limboomadankumar
https://www.facebook.com/Merogantavya
https://business.facebook.com/Hallahokithatta/settings/?tab=page_info

Mero Gantabya Sports Hub- Page and Yt Channel
www.meroogantavya.co
YouTube link
https://youtube.com/@merogantavya38?si=qg_41_XoaWKdikuF
"जहाँ मैदान त्यँहा खेल,
जहाँ खेल त्यहाँ 'गन्तव्य स्पोर्टस
मेरो गन्तव्य,'
9814960257/9867998738/
9767188495

Photos from मेरो गन्तव्य's post 18/08/2026

७औं छथर गाउँपालिका अध्यक्ष कप २०८३ : आयोजक टिम क्लोज क्याम्पमा

छथर, तेह्रथुम । आगामी ७औं छथर गाउँपालिका अध्यक्ष कप–२०८३ लाई लक्षित गर्दै आयोजक टिमले प्रतियोगिताको तयारीलाई तीव्र बनाएको छ। प्रतियोगिताका लागि छथर गाउँपालिकाका विभिन्न वडाबाट प्रतिभाशाली खेलाडीहरू छनोट गरी आयोजक टिमको क्लोज क्याम्प सञ्चालन गरिएको छ।

छनोट भएका खेलाडीहरूलाई एकीकृत गर्दै टोलीले नियमित प्रशिक्षण, शारीरिक अभ्यास तथा खेल रणनीतिमा केन्द्रित तयारी गरिरहेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ खेलाडी तथा प्रशिक्षकहरू तयारीमा जुटेका छन्।

विभिन्न वडाबाट छनोट भएर आएका खेलाडीहरूबीच आपसी समन्वय, टिमवर्क र खेल कौशललाई थप मजबुत बनाउने उद्देश्यले क्लोज क्याम्पमार्फत प्रशिक्षणलाई व्यवस्थित गरिएको आयोजकले जनाएको छ।

७औं छथर गाउँपालिका अध्यक्ष कप–२०८३ मा आयोजक टिमले घरेलु मैदान र समर्थकको साथलाई आत्मविश्वासमा परिणत गर्दै उत्कृष्ट नतिजा निकाल्ने अपेक्षा गरिएको छ।

प्रतियोगिता नजिकिँदै जाँदा आयोजक टिमको तयारीले थप गति लिएको छ भने खेलाडीहरू पनि उच्च मनोबलका साथ मैदानमा उत्रिने तयारीमा छन्।

18/08/2026

𝐇𝐚𝐩𝐩𝐲 𝐁𝐢𝐫𝐭𝐡𝐝𝐚𝐲 𝐑𝐨𝐬𝐡𝐚𝐧 𝐋𝐢𝐦𝐛𝐮 💐

तेह्रथुम जिल्लाका होनहार ANFA रेफ्री रोशन लिम्बु ज्यु
लाइ जन्म दिनको अनगिन्ती शुभकामना व्यक्त गर्दछौं ।
मेरो गन्तव्य परिवार 🥰


18/08/2026

अब मात्र ३ दिन बाँकी ❗
𝟑𝐫𝐝 𝐈𝐧𝐭𝐞𝐫 𝐒𝐜𝐡𝐨𝐨𝐥 𝐂𝐡𝐮𝐭𝐚𝐧 𝐂𝐮𝐩 - 𝟐𝟎𝟖𝟑

भाद्र ५,६ र ७ गते


18/08/2026

⚽ फुटबलप्रतिको समर्पण खेलमैदानमा देखिन्छ,
🏆 आराम त जितपछि मात्र गरिन्छ।
🔥 सपना ठूलो छ भने मेहनत पनि ठूलो हुनुपर्छ!

17/08/2026

अब मात्र ४ दिन बाँकी ❗

ऐतिहासिक भदौरे पुर्णिमा मेलाको अवसरमा ७औं
छथर गाउँपालिका अध्यक्ष कप आमन्त्रित पुरुष
फुटबल प्रतियोगिता - २०८३ भदौ ६ गते बाट ११
गते सम्म सञ्चालन हुने सम्पूर्ण खेलाडी खेल प्रेमी
महानुभावहरु लाइ जानकारी गराउन चाहन्छौं।

17/08/2026

NOW!!! ARE YOU READY GUYS ??

16/08/2026

🏐 𝐕𝐨𝐥𝐥𝐞𝐲𝐛𝐚𝐥𝐥 𝐍𝐨𝐭𝐢𝐜𝐞 𝐎𝐮𝐭 ❗

भदौरे पुर्णिमा मेला २०८३

सातौं गाउँपालिका अध्यक्ष कप अन्तर स्थानीय तह स्तरीय भलिबल प्रतियोगिता

भलिबल खेल व्यवस्थापन समिति
छ्थर गाउँपालिका, शुक्रबारे तेह्रथुम ।

प्रेस विज्ञाप्ती

यस छथर गाउँपालिका शुक्रबारे बजार तेह्रथुममा परम्परागत
रुपमा लाग्दै आएको ऐतिहासिक भदौरे पुर्णिमा मेला २०८३
को अवसरमा विगत जस्तै खेलकुद तथा सांस्कृतिक कार्यक्रम
का साथमा भव्य रुपमा सञ्चालन हुने योजना रहेको सहर्ष
जानकारी गराउन चाहन्छौ। यस अवसरमा छथर गाउँपालिका
अध्यक्ष कप अन्तर स्थानीय तह स्तरीय भलिबल प्रतियोगिता
को सातौं संस्करण २०८३ भाद्र १२ गतेदेखि १५ गतेसम्म छथर
खेलमैदान (खुला मञ्च) मा सञ्चालन हुने तयारी गरिएको छ।

विगतको वर्षहरु भन्दा यस वर्ष प्रतियोगितालाई थप व्यवस्थित
र भव्य बनाउनका लागि हामी लागि परिरहेका छौं। सातौं
गाउँपालिका अध्यक्ष कप अन्तर स्थानीय तह स्तरीय भलिबल
प्रतियोगिता, २०८३ मा हामीले आमन्त्रण गरेका कोशी प्रदेश
भित्रका विभिन्न पालिकाहरु समावेश हुनेछन् ।

प्रतियोगिताको औपचारिक उ‌द्घाटन २०८३ भाद्र १२ गते हुनेछ
भई १३ गतेबाट खेल शुरुवात हुनेछ। र फाइनल खेल सहित
पुरस्कार वितरण तथा समापन कार्यक्रम भाद्र १५ गते हुनेछ।
यस प्रतियोगितालाई छथर गाउँपालिका भित्र सन्बालन हुने एक
महत्वपूर्ण प्रतियोगिताको रुपमा लिइएको छ ।

यस वर्ष हामीले पुरस्कार तर्फ पनि वृद्धि गरिए‌को छ। जसमा
च्याम्पियन पुरस्कार नगद रु. २ लाख, ट्रफी मेडल र प्रमाणपत्र
रनरअप पुरस्कार नगद रु. १ लाख १० हजार, ट्रफी मेडल र
प्रमाणपत्र ।

सहभागी टिमहरुलाई फेयरको व्यवस्था समेत गरेका छौं।
विधागत पुरस्कारहरु ट्रफी र नगद पुरस्कार हुनेछ। प्रत्येक
खेलमा म्यान अफ द म्याच पुरस्कार हुनेछ। पुरस्कारहरुमा
नियमानुसार करक‌ट्टी लाग्नेछ ।

यस प्रतियोगिताको मुख्य आर्थिक व्यवस्थापन छथर
गाउँपालिकको कार्यालय, तेह्रथुमबाट भएको छ। साथै अन्य
विभिन्न व्यक्ति तथा संघ संस्थाको तर्फबाट पनि हामीलाई
सहयोग प्राप्त भएको छ। र अझ बढि यस कार्यक्रमको गरिमा
बढाउनका लागि अन्य विभिन्न माहानुभावहरु तथा सम्बद्ध विभिन्न व्यक्तित्वहरुलाई सहभागी हुनुहुन तथा सहयोग गर्नुहुन समेत हामी आयोजकको तर्फबाट हार्दिक अपिल गर्दछौं ।

यस प्रतियोगिता सञ्चालन गर्न हामीलाई मिडिया पार्टनरको रुपमा मेरो गन्तव्य, स्पोटिड नेपाल, प्रहर मिडिया, शुभ खबर डटकम तथा उज्यालो खबर रहनेछन् । इन्टरनेट पार्टनरको रुप
मा टेकमाइन्ड नेटवर्क रहनेछ ।

सहयोगी संस्थाको रुपमा यस गाउँपालिका नित्रका विभिन्न
संघसंस्थाहरु रहनेछन् ।

यस प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्नका लागि खेल
अवलोकन गरी मनोरञ्जन लिनुहुन सम्पूर्ण छथर बासी
आमाबुबा, दाजुभाई तथा दिदी बहिनीहरु, छिमेकी पालिका
तथा जिल्लाका मेला तथा खेलप्रेमी माहानुभावहरुमा हार्दिक
आमन्त्रण गर्दछौं,

यस प्रतियोगिताको सान तथा गरिमा अझ बढाउँदै आगामी
दिनमा थप व्यवस्थित र भव्य रुपमा सञ्चालन गर्ने हामी लागि
परिरहनेछौ धन्यवाद ।

16/08/2026

𝐏𝐫𝐨𝐠𝐫𝐚𝐦 𝐒𝐜𝐡𝐞𝐝𝐮𝐥𝐞 💐

भदौरे पुर्णिमा मेला २०८३

सातौं गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगता
तथा सांस्कृतिक कार्यक्रम
छथर गाउँपालिका, शुक्रबारे तेह्रथुम ।

मेला, खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरुको कार्यतालिका

१. सातौं गाउँपालिका अध्यक्ष कप आमन्त्रित पुरुष
फुटबल प्रतियोगिता मिति २०८३ भाद्र ६ गतेदेखि ११
गतेसम्म

२. सातौं गाउँपालिका अध्यक्ष कप अन्तर स्थानीय तह
स्तरीय भलिबल प्रतियोगिता मिति २०८३ भाद्र १२ गते
देखि १५ गतेसम्म

३. सातौं गाउँपालिका अध्यक्ष कप पुरुष डबल व्याड
मिन्टन प्रतियोगिता मिति २०८३ भाद्र ११ गतेदेखि १४
गतेसम्म

४.साहित्यिक सांगितिक कार्यक्रम मिति २०८३ भाद्र ११
गते बेलुका

५.औपचारिक उद्घाटन समारोह
मिति २०८३ भाद्र १२ गते दिउँसो १ बजे

६. साँस्कृतिक झाँकी प्रदर्शन, नृत्य तथा सम्मान
मिति २०८३ भाद्र १२ गते दिउँसो ११ बजेदेखि

७. साँस्कृतिक कार्यक्रम (सांगितिक कन्सर्ट)
मिति २०८३ भाद्र १२ गतेदेखि १५ गतेसम्म बेलुका
प्रत्येक दिन ।

८. अनलाइन नृत्य प्रतियोगिता सञ्चालन, पुरस्कार
घोषणा तथा वितरण मिति २०८३ भाद्र १३ गते नतिजा
घोषणा र १५ गते पुरस्कार वितरण

९. औपचारिक समापन कार्यक्रम
मिति २०८३ भाद्र १५ गते ।

व्यवस्थापकीय जिम्मेवारी
विभिन्न विधागत कार्यक्रम व्यवस्थापन समितीहरु

साझेदार संस्थाहरु
शुक्रबारे उद्योग बाणिज्य संघ
बजार स्थित टोल विकास संस्थाहरु
शुक्रबारे युथ क्लब
रत्नदेवी अटो संघ, शुक्रबारे

16/08/2026

𝐅𝐨𝐨𝐭𝐛𝐚𝐥𝐥 𝐍𝐨𝐭𝐢𝐜𝐞 𝐎𝐮𝐭 ❗

भदौरे पुर्णिमा मेला २०८३

सातौं गाउँपालिका अध्यक्ष कप आमन्त्रित पुरुष
फुटबल प्रतियोगता

फुटवल खेल व्यवस्थापन समिति
छथर गाउँपालिका, शुक्रबारे तेह्रथुम ।

प्रेस विज्ञाप्ती

यस छथर गाउँपालिका शुक्रबारे बजार तेह्रथुममा परम्परागत
रुपमा लाग्दै आएको ऐतिहासिक भदौरे पुर्णिमा मेला २०८३
को अवसरमा विगत जस्तै खेलकुद तथा साँस्कृतिक कार्यक्रम
का साथमा भव्य रुपमा सञ्चालन हुने योजना रहेको सहर्ष
जानकारी गराउन चाहन्छौं। यस अवसरमा छथर गाउँपालिका
अध्यक्ष कप आमन्त्रित पुरुष फुटवल प्रतियोगिताको सातौं
संस्करण २०८३ भाद्र ६ गतेदेखि ११ गतेसम्म छथर खेलमैदान
मा सञ्चालन हुने तयारी गरिएको छ ।

विगतको वर्षहरु भन्दा यस वर्ष प्रतियोगितालाई थप व्यवस्थित
र भव्य बनाउनका लागि हामी लागि परिरहेका छौं। सातौं
गाउँपालिका अध्यक्ष कप आमन्त्रित पुरुष फुटवल प्रतियोगिता,
२०८३ मा हामीले आमन्त्रण गरेका पूर्व क्षेत्रका ख्याती प्राप्त
७वटा क्लवहरु समावेश हुनेछन् र एउटा आयोजक टिम गरी
जम्मा ८ वटा टिम सहभागी हुनेछन् ।

सहभागी टिमहरु : सतिसाले स्पोर्टिङ क्लव, केरावारी, सिंधुवा
सिंहदेवि युथ क्लब, धनकुटा, सुन्दर खोर्साने युवा क्लव, मोरङ,
शल्मानी एफ.सी कुपी, मंगलवारे युवा क्लव, उर्लावारी, कोशी
पुलिस क्लब, रानी, विराटनगर, चुलाचुली स्पोर्टिङ क्लब, दमक
झापा र आयोजक फुटवल टिम सहभागी हुनेछन्।
प्रतियोगिताको टाइसिट आज नै सार्वजनिक भएको छ ।

प्रतियोगिताको औपचारिक उ‌द्घाटन २०८३ भाद्र ६ गते हुनेछ।
र फाइनल खेल सहित पुरस्कार वितरण तथा समापन कार्यक्रम भाद्र ११ गते हुनेछ। यस वर्ष हामीले खेलमैदानको व्यवस्थापन
का लागि विशेष तयारी लगभग सम्पन्न गरेका छौं। दर्शकहरुलाई
बस्नको लागि अस्थायी प्याराफिट समेत निर्माण गरिएको छ।
यस प्रतियोगितालाई छथर गाउँपालिका भित्र सञ्चालन हुने एक
महत्वपूर्ण प्रतियोगिताको रुपमा लिइएको छ ।

यस वर्ष हामीले फुटवल तर्फको पुरस्कार तर्फ पनि वृद्धि गरेका
छौं। जसमा च्याम्पियन पुरस्कार नगद रु. ४ लाख, ट्रफी मेडल र
प्रमाणपत्र । रनरअप पुरस्कार नगद रु. २ लाख ६६ हजार ६६६
, ट्रफी मेडल र प्रमाणपत्र ।

सहभागी टिमहरुलाई फेयरको व्यवस्था समेत गरेका छौं।
विधागत पुरस्कारहरु ट्रफी र नगद पुरस्कार हुनेछ । प्रत्येक
खेलमा म्यान अफ द म्याच पुरस्कार हुनेछ। पुरस्कारहरुमा
नियमानुसार करकट्टी हुनेछ ।

यस प्रतियोगिताको मुख्य आर्थिक व्यवस्थापन छथर
गाउँपालिकको कार्यालय, तेह्रथुमबाट भएको छ। साथै अन्य
विभिन्न व्यक्ति तथा संघ संस्थाको तर्फवाट पनि हामीलाई
सहयोग प्राप्त भएको छ। र अझ बढि यस कार्यक्रमको गरिमा
बढाउनका लागि अन्य विभिन्न माहानुभावहरु तथा सम्बद्ध
विभिन्न व्यक्तित्वहरुलाई सहभागी हुनुहुन तथा सहयोग गर्नुहुन
समेत हामी आयोजकको तर्फबाट हार्दिक अपिल गर्दछौं ।

यस प्रतियोगिता सञ्चालन गर्न हामीलाई मिडिया पार्टनरको
रुपमा मेरो गन्तव्य, स्पोटिङ नेपाल, प्रहर मिडिया, शुभ खबर
डटकम तथा उज्यालो खवर रहनेछन् । इन्टरनेट पार्टनरको रुप
मा टेकमाइन्ड नेटवर्क रहनेछ ।

सहयोगी संस्थाको रुपमा रत्नदेखि अटो संघ, छथर शुक्रबारे
तथा शुक्रवारे युथ क्लब छथर तेह्रथुम रहनेछन् ।

यस प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्नका लागि खेल
अवलोकन गरी मनोरञ्जन लिनुहुन सम्पुर्ण छथर बासी
आमाबुबा, दाजुभाई तथा दिदी वहिनीहरु, छिमेकी पालिका
तथा जिल्लाका मेला तथा खेलप्रेमी माहानुभावहरुमा हार्दिक
आमन्त्रण गर्दछौं,

यस प्रतियोगिताको सान तथा गरिमा अझ बढाउँदै आगामी
दिनमा थप व्यवस्थित र भव्य रुपमा सञ्चालन गर्न हामी लागि
परिरहनेछौं । धन्यवाद ।

Want your business to be the top-listed Gym/sports Facility in Terhathum?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


छथर हमर्जुङ
Terhathum
57106