World vision

World vision

Share

Click one
visit world

20/06/2024

Chandra Ganesh यो कुन ठाउँ हो ?

06/06/2024

यो ठाउँ कुन हो ? पहिचान गरौँ ।

26/05/2024

जाडो छल्ने कोशिस ।

Photos from World vision's post 06/03/2024

यो कुन ठाउँ हो ? पहिचान गरौँ

02/02/2024

उमेरसँगै छुटेको सपना । अब फोटो राखेर चित्त बनाउने ।

29/01/2024

Physically absence but mentally present there.

24/01/2024

A beautiful village. Malika baglung, Nepal.

31/12/2023

Dr om murti anil suggest

30/12/2023

सरकार युवालाई यसरी नै यता पठाउ ?????

01/12/2023

तत्कालकाे खुसी खाेसेर अनिस्चित भविष्यकाे भागदाैडमा रहेकाे बाध्यता ।

14/11/2023

अधिनायकवादी बाटो

सामाजिक सञ्जाल नियमन गर्न भनेर सरकारले निर्देशिका पारित गर्नु र त्यसलगत्तै सबै वर्ग र तप्काका जनताले सजिलै आफ्नो अभिमत व्यक्त गर्ने लोकप्रिय प्लेटफर्म बन्द गर्नुलाई संयोगमात्र मान्न सकिन्न ।

संसदबाट कानून बनाएर सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउने र सामाजिक सञ्जाल प्लेटफर्महरुलाई नेपालमा दर्ता गराएर आर्थिक कारोबारलाई समेत कानूनी दायरामा ल्याउने सुल्टो बाटो छाडेर सरकार तजबिजी निर्णयमार्फत यस्ता सञ्जाल बन्द गराउन उद्यत हुनु अन्ततः अधिनायकवादी बाटो नै हो ।

हिजो केपी शर्मा ओली नेतृत्वको सरकारका सञ्चारमन्त्री गोकुल बास्कोटाले सामाजिक सञ्जाललगायत विदेशी यस्ता प्लेटफर्महरुले नेपालबाट अर्बौं रुपैयाँ अवैध रुपमा लगिरहेको र उनीहरु नेपालको कानूनप्रति जवाफदेही नहुँदा त्यस्ता सञ्जालबाट हानिकारक कन्टेन्टहरु निर्वाध प्रवाह भइरहेकाले कानून बनाएर दायरमा ल्याउन खोज्दा अधिनायकवाद ल्याउन खोज्यो भन्नेहरु नै अहिले अधिनायकवादी बन्न खोजेका छन् ।

हिजो केपी शर्मा ओली नेतृत्वको सरकारका सञ्चारमन्त्री गोकुल बास्कोटाले सामाजिक सञ्जाललगायत विदेशी यस्ता प्लेटफर्महरुले नेपालबाट अर्बौं रुपैयाँ अवैध रुपमा लगिरहेको र उनीहरु नेपालको कानूनप्रति जवाफदेही नहुँदा त्यस्ता सञ्जालबाट हानिकारक कन्टेन्टहरु निर्वाध प्रवाह भइरहेकाले कानून बनाएर दायरमा ल्याउन खोज्दा अधिनायकवाद ल्याउन खोज्यो भन्नेहरु नै अहिले अधिनायकवादी बन्न खोजेका छन् ।

बास्कोटाले सूचना प्रविधिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलगायत सञ्चार क्षेत्र र सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत हुने अभिव्यक्तिका माध्यमहरुलाई व्यवस्थित गर्न ४ वटा विधेयक संसदमा लगेका थिए । तर, तत्कालीन नेकपाकै प्रचण्ड-माधव पक्ष र कांग्रेसले अभिव्यक्ति स्वतन्त्रतामाथि हमला गर्न खोजेको भन्दै विधेयक अघि बढ्न दिएका थिएनन् ।

यदि त्यसबेला संसदमा पर्याप्त छलफल गरेर ती विधेयक पारित गरेको भए आज टिकटकमा आउने कन्टेन्टबाट डराएर सरकार आतंकित बन्दै प्रतिवन्ध लगाउनुपर्ने नौवत आउने थिएन । त्यसैले कि उनीहरुले हिजो हामी गलत रहेछौं भनेर सार्वजनिक रुपमा आत्मालोचना गर्नुपर्छ कि त अहिलेको निर्णय फिर्ता लिनुपर्छ ।

सरकारको पछिल्लो निर्णय संवैधानिक रुपमा दूरदर्शिताको हिसाबले र लोकतान्त्रिक मूल्य मान्यताको कसीमा गलत छ । गल्ती गर्नेलाई कानूनको दायरामा ल्याउने काम सरकारको हो । यो वा त्यो बहानामा अभिव्यक्ति स्वतन्त्रता प्रकट गर्ने माध्यमहरुमाथिको प्रतिवन्ध लोकतान्त्रिक व्यवस्थामा स्वीकार्य हुन्न ।
Nepalpress #

13/11/2023

नेपालमा टिकटक बन्द, सरकारले गर्‍यो यस्तो निर्णय

काठमाडौं ।
सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ ।

आज बसेकाे मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हाे ।

टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले नेपाल प्रेसलाई जानकारी दिइन् ।
पछिल्लो समय नेपालमा सामाजिक सद्भाव विथोल्ने गतिविधि भइरहेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय भएको उनले बताइन् ।
उनका अनुसार मन्त्रिपरिषद् बैठकले नेपाली क्यालेण्डरमा नेपाल सम्वतलाई पनि विक्रम सम्वत जस्तै गरेर उल्लेख गर्ने निर्णय पनि गरेको छ । नेपाल सम्बतलाई यस अघि नै राष्ट्रिय सम्बतका रुपमा घोषणा भइसकेको छ ।
व्यवहारिक रुपमा कार्यान्वयनमा नआएको भन्दै सरकारले २०८० कात्तिक २८ गतेदेखि सुरु हुने नेपाल सम्बत ११४४ को उपलक्ष्यमा शुभकामना दिदैँ विक्रम सम्बत उल्लेख गरिने सरकारी कागजमा नेपाल सम्बत पनि उल्लेख गर्ने निर्णय भएको हो ।
nepalpress

Want your business to be the top-listed Gym/sports Facility in Christchurch?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Newzeland
Christchurch