16/02/2026
Dang Sports Club
Sports club
16/02/2026
09/02/2026
दाङ स्पोर्ट्स क्लबका सल्लाहकार आदरणीय सन्तोष के.सी. ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎂
02/02/2026
Dang Sports Clubs Portugal की सह–सचिव बिपना रोका ओली (बिनु) हिजो सम्पन्न नेपालिज वुमन एशोशिएसन पोर्चुगलको पाँचौँ अधिवेशनबाट सर्वसम्मत रूपमा सचिव पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा उहाँ तथा सम्पूर्ण कार्यसमिति परिवारलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
नव–निर्वाचित नेतृत्वले पोर्चुगलमा बसोबास गर्ने नेपाली महिलाहरूको हक, हित र सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउँदै संस्थालाई अझ सशक्त, एकताबद्ध र प्रभावकारी बनाउने विश्वास लिएका छौं।
Dang Sports Clubs Portugal 🇵🇹
Binu Rc
29/11/2025
दाङ स्पोर्ट्स क्लबका सल्लाकार श्री RawMays Kausalरमेश परियार ज्युको जन्म दिनको अवसरमा हार्दिक शुभकामना।
लिस्बन, पोर्चुगल
21/11/2025
दाङ स्पोर्ट्स क्लबका कार्यकारी सदस्य Arun Oli तथा Tilak basnet ज्यु लाई जन्म दिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछ!
01/10/2025
🌸 विजया दशमी २०८२ सालको शुभकामना ! 🙏 🌸
Dang Sports Club, पोर्चुगल परिवारको तर्फबाट सम्पूर्ण सदस्यहरू, खेलप्रेमी, शुभेच्छुक तथा समर्थक महानुभावहरूलाई विजया दशमी २०८२ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
आशा गर्दछौँ कि विजय, एकता र सद्भावको प्रतीक यो महान् पर्वले सबैमा स्वास्थ्य, सुख, शान्ति, समृद्धि र प्रगतिको नयाँ ऊर्जा जगाओस्।
खेल भावना, अनुशासन र भाइचाराको भावनासहित हामी सबै अझ एकताबद्ध भई अघि बढ्न सकौँ भन्ने हार्दिक कामना गर्दछौँ।
यस पावन अवसरमा तपाईं र तपाईंका परिवारजनमा सदैव हर्ष, समृद्धि र प्रगतिको आशीर्वाद रहोस् भन्ने शुभेच्छा प्रकट गर्दछौँ।
💐 समस्त Dang Sports Club परिवार
🇵🇹 Dang Sports Club, पोर्चुगल
20/09/2025
✨ दाङ स्पोर्ट्स क्लब ✨
का कार्यकारी सदस्य
श्री सुरज रावत क्षेत्री ज्युलाई
जन्मदिनको पावन अवसरमा
हार्दिक शुभकामना व्यक्त गर्दछ।
🎉 स्वास्थ्य, दीर्घायु र सफलतापूर्ण जीवनको कामना गर्दछौं। 🎉
Dang Sports Club Portugal 🇵🇹
09/09/2025
📢 प्रेस विज्ञप्ति
– Dang Sports Club, Portugal
नेपाल आमाका अवोध सन्तान “Gen Z” ले गरेका शान्तिपूर्ण प्रदर्शन केही समयमै नरसंहारमा परिणत भएको हृदयविदारक घटनाले Dang Sports Club, Portugal लाई अत्यन्त मर्माहित र स्तब्ध बनाएको छ।
यस घटनामा संलग्न सबै जिम्मेवार निकायका उच्चस्तरीय छानबिन समिति गठन गरी, अबोध बालबालिकाको निर्मम हत्या गर्ने अपराधीलाई कानूनी दायरामा ल्याई कडाभन्दा कडा सजाय दिनु पर्ने हाम्रो दृढ माग छ।
विभिन्न मन्त्रालयहरू, सिंहदरबार, राष्ट्रपति भवन, न्यायिक भवन लगायत प्रशासनिक कार्यालयहरूमा आगजनी भइ अप्रिय क्षति भएको छ। यी सबै सरकारी सम्पदा हुन्, त्यसको संरक्षण गर्नु हाम्रो दायित्व हो। त्यसैले Gen-Z पुस्तालाई धैर्य तथा संयमता अपनाउन हार्दिक अपिल गर्दछौं।
यस्तो कठिन परिस्थितिमा, Dang Sports Club, Portugal विद्यार्थी र राष्ट्रभक्त युवाहरूको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गर्दछ।
यस दुखद घटनामा ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं। साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।
यस घटनाप्रति गहिरो शोक प्रकट गर्दै, Dang Sports Club, Portugal ले एक दिन शोक मनाउने निर्णय गरेको जानकारी गराउँछ।
हार्दिक अभिवादनसहित,
शिवसागर बुढाथोकी. सचिब
अध्यक्ष केशब केसी
Dang Sports Club, Portugal
🖤 सेप्टेम्बर ८ : नेपालको इतिहासकै अविस्मरणीय कालो दिन 🖤
आज Gen-Z ले गरेको शान्तिपूर्ण प्रदर्शन उग्ररूप लिन जाँदा अनेकौं निर्दोषले ज्यान गुमाउनु परेको र कयौं घाइते भएको हृदयविदारक घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ।
🙏 मृत आत्माप्रति चिर शान्तिको कामना गर्दै, शोकाकुल परिवारजनप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछौं।
🕯️ दाङ स्पोर्ट्स क्लब परिवार (Portugal) ले दीप प्रज्वलन गरी दिवंगत आत्माहरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ।
💐 सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको हार्दिक कामना गर्दछौं।
✊ Gen-Z को न्यायपूर्ण आवाजलाई हामी दृढ समर्थन गर्दछौं।
10/08/2025
दाङ स्पोर्ट्स क्लबका उत्कृष्ट मिडफिल्डर श्री दिपेस पुन को आज पर्न गएको जन्म उत्सवको अवसरमा जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौ।
family
Clique aqui para solicitar o seu anúncio patrocinado.
Localização
Categoria
Website
Endereço
Rua Do Benformoso 210, 3rd
Lisbon
1100-087