Riyadh Football Club

Riyadh Football Club

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Riyadh Football Club, Sports, Riyadh.

Riyad Football Club is a club established with the objective of maintaining mutual brotherhood among Nepalis and forgetting all their sorrows despite being away from home and making the Nepali football sector known at the international level.

16/06/2026

"पाँचौं रियाद कप २०२६"
यही मिति २०२६,जुन २६ को दिन "पाँचौ रियाद कप" मा आर्थिक,नैतिक तथा भौतिक रुपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीदाताहरु साथै खेलाडीहरुका लागि सम्मान कार्यक्रम हुन गईरहेको जानकारी गराउदछौ।🙏🙏

Photos from Riyadh Football Club's post 14/06/2026

रियाद एफसिद्वारा आयोजित "पाँचौ रियाद कप २०२६"
मे २७ को दिन मनकारी साथै खेलप्रेमि दर्शकहरुबाट उठाएको बाकी रकम लमजुङ जिल्ला मर्स्याङदी गाउँपालिका वडा नं:५ छिचु निवासी धनराज घलेको छोरी देवी माया घलेलाई ब्लड क्यान्सर र बोन म्यारो क्यान्सर रोगले सङ्क्रमित भएको हुनाले उहाँलाई blood hospital Kathmandu मा भर्ना गरिएको छ र उहाँको उपचारको लागि रियाद एफसिद्वारा रु-३६,४५०/- सहयोग गरेको जानकारी गराउदछौ।🙏🙏🙏 साथै सु-स्वास्थको कामना गर्दछौं।
जय रियाद एफसि🙏

Photos from Riyadh Football Club's post 12/06/2026

रियाद एफसिद्वारा आयोजित "पाँचौ रियाद कप २०२६"
मे २७ को दिन सभ्य र भब्यताका साथ सम्पन्न गर्न सफल भयौ । तसर्थ सो-प्रतियोगितामा हामीले हाम्रो पुर्व खेलाडी भुपाल गुरुङको भाइ (जीवन गुरुङ) उहाँको श्रीमतीलाई ब्लड क्यानसर भएको हुनाले हामीले हाम्रो प्रतियोगितामा हाम्रा मनकारी साथै खेलप्रेमि दर्शकहरु माज केही आर्थिक रकम उठाएर भरतपुर अस्पतालमा उपचारको लागि उहाँलाई रु-50,000/-नगद सहयोग गरेको जानकारी गराउदछौ। 🙏🙏🙏🙏🙏🙏रियाद एफसिको तर्फबाट सु-स्वास्थको कामना गर्दछौं ।

07/06/2026

रियाद फुटबल क्लब द्वारा आयोजित "पाँचौँ रियाद कप २०२६" अन्तर्गत मे २७ मा सम्पन्न प्रतियोगिताको अन्तिम खेलसम्म पाथीभरा एफ.सि ले खेलका नियमहरूको पूर्ण पालना गर्दै अनुशासित, मर्यादित तथा उत्कृष्ट खेलभावनासहित प्रदर्शन गरेको मूल्याङ्कनका आधारमा उक्त टोलीलाई "FAIR PLAY AWARD" प्रदान गरिएको जानकारी गराइन्छ।
उक्त अवार्डअन्तर्गत सनसाइन सगरमाथा ट्राभल्स को सौजन्यमा एकतर्फी हवाई टिकट (One Way Air Ticket) प्रदान गरिएको छ।
यस उपलब्धिका लागि पाथीभरा एफ.सि लाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।
रियाद फुटबल क्लब परिवार।
🙏⚽🏆🙏

02/06/2026

श्रद्धाञ्जली सन्देश
चौथो रियाद कप फुटबल प्रतियोगिता २०२५ मा रियाद फुटबल क्लबबाट जर्सी नम्बर १२ लगाई उत्कृष्ट खेल प्रदर्शन गर्नु भएका कर्मा लामा ज्यू, आफ्नो तथा सम्पूर्ण परिवारको सपना पूरा गर्ने उद्देश्यले प्राणभन्दा प्यारो परिवार र आफ्नो जन्मभूमि नेपाललाई छोडी सात समुद्रपारि प्रवासमा कर्म गर्न आउनु भएको थियो। दुःखद रूपमा उहाँको प्रवासमै निधन भएको खबरले हामी सम्पूर्णलाई स्तब्ध र मर्माहित बनाएको छ।
उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै, उहाँको मृत आत्माको चिरशान्तिको कामना सहित उहाँले लगाउनु भएको जर्सी प्रदर्शन गरी रियाद फुटबल क्लबका खेलाडी तथा सम्पूर्ण रियाद फुटबल क्लब परिवारको तर्फबाट एक मिनेट मौनधारण गरियो।
हार्दिक श्रद्धाञ्जली।
स्वर्गीय कर्मा लामा ज्यूको आत्माले चिरशान्ति प्राप्त गरोस्। 🕊️

31/05/2026

"पाँचौ रियाद कप"
🏆️🏆️

27/05/2026

सहयोगको लागि धेरै धेरै धन्यवाद छ हजुरलाई🙏🙏🙏

27/05/2026

5th Riyadh Cup ⚽⚽

Mongolian FC (B) VS Pathibhara FC (jubail)⚽⚽

Want your business to be the top-listed Gym/sports Facility in Riyadh?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Riyadh