Bhutan Khabar

Bhutan Khabar

Share

Bringing the World Closer to Your Community Through Trusted News. Connecting you to the world.

06/14/2026

कतारमा भएको सन् २०२२ को फिफा विश्वकप चलिरहँदा लामिन यमाल मात्र १५ वर्षका थिए। त्यतिबेला उनी बार्सिलोनाको प्रसिद्ध ‘ला मासिया’ एकेडेमीमा आफ्नो फुटबल यात्रालाई निखार्दै टेलिभिजनबाट विश्वकपका खेलहरू हेर्ने गर्थे।

तर, चार वर्षमै आश्चर्यजनक मोड लिएको छ। आज यमाल विश्व फुटबलका सबैभन्दा चर्चित र प्रतिभाशाली खेलाडीमध्ये एक बनेका छन् र सन् २०२६ को फिफा विश्वकपमा स्पेनलाई विश्वविजेता बनाउने अभियानको अग्रपंक्तिमा उभिएका छन्।

सन् २०२३ मा बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गरेका यमालले सन् २०२४ को युरो कपमा स्पेनलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। उत्कृष्ट प्रदर्शनकै कारण उनी प्रतियोगिताको ‘उत्कृष्ट युवा खेलाडी’ समेत घोषित भएका थिए।

अहिले १८ वर्षका यमाल स्पेनिस राष्ट्रिय टोलीका मुख्य भरोसा बनेका छन्। केही वर्षअघि विश्वकप हेरेर सपना बुन्ने किशोर आज आफ्नै देशलाई विश्वकप ट्रफी दिलाउने लक्ष्यसहित मैदानमा छन्।❣️

06/14/2026

हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु ,
यो समस्या हैन!

दुख त्यो दिन मान्नु , जुन दिन म जिस्किन छोड्छु !

06/14/2026

विष्णु पौडेल र शंकर पोखरेल पदको लोभी पापी हुन्, एमाले फुटाउन सक्छन्ः केपी शर्मा ओली

06/14/2026

बीबीसीले नेपालको बर्दिया राष्ट्रिय निकुञ्जका बाघबारे बनाएको डकुमेन्ट्री ‘टाइगर आइल्यान्ड’ले यतिबेला विश्वब्यापी चर्चा पाएको छ ।

७ जूनमा विश्वव्यापी प्रसारण भएको एक घण्टा लामो उक्त श्रृंखलामा एउटा पोथी बाघले अर्को पोथी बाघका डमरुलाई स्याहारसुसार गरिरहेको दुर्लभ दृष्य देखाइएको छ ।

बाघले आफ्नोसँगै अन्य बाघका डमरुलाई पनि लालनपालन र स्याहार गर्छन् भन्ने तथ्य उजागर भएको बिज्ञको भनाई छ । अर्को तर्फ भाले बाघले आफ्ना बच्चालाई देख्नासाथ मा'र्छन् भन्ने तथ्य पनि यसबाट गलत पाइएको छ ।

Photo: BBC

06/14/2026

देशलाई ऊर्जा क्षेत्रमा थप आत्मनिर्भर बनाउने लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्षभित्र कुल विद्युत् उत्पादन क्षमता ५,३३५ मेगावाट पुर्‍याउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ।

ऊर्जा क्षेत्रका कार्यक्रमअनुसार एक वर्षभित्र १,०४० मेगावाट थप विद्युत् उत्पादन, १२ वटा नयाँ प्रसारण लाइन निर्माण सम्पन्न तथा प्रतिव्यक्ति विद्युत् खपत ५११ किलोवाट घण्टासम्म पुर्‍याउने लक्ष्य तय गरिएको छ।

सरकारको विश्वास छ कि यस योजनाले देशभर विद्युत् आपूर्ति थप सहज बनाउने, औद्योगिकीकरणलाई गति दिने, रोजगारी सिर्जना गर्ने तथा आर्थिक विकासमा महत्वपूर्ण टेवा पुर्‍याउनेछ। ऊर्जा पूर्वाधार विस्तारसँगै नेपाललाई ऊर्जा निर्याततर्फ समेत थप बलियो बनाउने अपेक्षा गरिएको छ।

06/14/2026

सस्तोमा महँगो मोबाइल पाइने लोभ देखाएर सयौँ सर्वसाधारणलाई ठगी गर्ने झापाका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। आईफोन १५ प्रो म्याक्स मात्र ६५ हजार रुपैयाँमा उपलब्ध हुने भन्दै फेसबुक र टिकटकमा विज्ञापन गरेर उनीहरूले करिब २०० जनालाई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ पर्नेमा झापाको बिर्तामोड घर भएका दिलीप तामाङ र आशुतोष ओली रहेका छन्। उनीहरूलाई काठमाडौंको ठमेलस्थित एक होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आरोपीहरूले न्युरोडका वास्तविक मोबाइल पसलका भिडियो डाउनलोड गरी सम्पादन गरेर “सस्तो मूल्य” र “होम डेलिभरी” को झुटो अफर सार्वजनिक गर्थे। ग्राहकलाई विश्वास दिलाएर अग्रिम रकम माग्ने र पैसा पठाएलगत्तै सम्पर्कविहीन हुने उनीहरूको शैली थियो।

अनुसन्धानमा उनीहरूले ठगीको रकम बैंक खातामा नराखी क्रिप्टोकरेन्सी र अनलाइन सट्टेबाजी प्लेटफर्ममार्फत घुमाएर डिजिटल वालेटमा लैजाने गरेको खुलेको छ। यसरी आर्थिक कारोबार जटिल बनाएकाले अनुसन्धानमा थप चुनौती देखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ठगीबाट संकलित अधिकांश रकम उनीहरूले विलासी जीवनशैली, महँगो अपार्टमेन्ट भाडा र मोजमस्तीमा खर्च गरिसकेका छन्। हालसम्म बैंक खातामा उल्लेखनीय रकम फेला नपरेको जनाइएको छ।

06/14/2026

१२ वर्षको उमेरमा विद्यालयबाटै माओवादी विद्रोहीद्वारा भर्ती गरिएका लेनिन बिष्टको दुई दशक लामो न्यायिक संघर्ष अन्ततः ऐतिहासिक मोडमा पुगेको छ। नेपालको सर्वोच्च अदालतले माओवादी द्वन्द्वका क्रममा बालबालिकालाई सैनिकका रूपमा भर्ती गर्नु गम्भीर युद्ध अपराध भएको ठहर गर्दै पीडित बालसैनिकलाई क्षतिपूर्ति उपलब्ध गराउन र भविष्यमा यस्ता कार्यलाई अपराध मान्ने कानुनी व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

काभ्रे जिल्लाका लेनिन बिष्ट सन् २००२ मा मात्र १२ वर्षका थिए, जब माओवादी विद्रोहीहरू विद्यालयमै पुगेर विद्यार्थी भर्ती अभियान चलाइरहेका थिए। प्रत्येक परिवारबाट एक जना सदस्य विद्रोही सेनामा पठाउनुपर्ने दबाब थियो। अन्याय, शोषण र विभेदविरुद्ध लड्ने नाराबाट प्रभावित भएका बिष्ट आफ्ना चार सहपाठीसँगै माओवादी सेनामा सामेल भएका थिए।

बाल उमेरकै कारण उनी गुप्तचर इकाइमा खटाइए। सेना र प्रहरीका आधार शिविरबारे सूचना संकलन गर्ने, आक्रमणको योजना बनाउन सहयोग गर्ने तथा विस्फोटक पदार्थ र हतियार चलाउने तालिमसमेत उनले पाए। उनले दुईवटा सैन्य आक्रमणमा सहभागिता जनाएका थिए। त्यस क्रममा उनीसँगै भर्ती भएका दुई सहपाठी मारिएका थिए।

२००६ को शान्ति सम्झौतापछि संयुक्त राष्ट्रसंघको निगरानीमा रहेका शिविरमा राखिएका बिष्टसहित झण्डै ३ हजार बालसैनिकलाई उमेर नपुगेको भन्दै ‘डिस्क्वालिफाइड’ अर्थात् अयोग्य लडाकु घोषणा गरिएको थियो। घर फर्कँदा उनी १८ वर्षका भइसकेका थिए।

त्यही ‘डिस्क्वालिफाइड’ को पीडाले उनलाई न्यायका लागि संघर्ष गर्न प्रेरित गर्‍यो। उनले पूर्व बालसैनिकहरूको हकहितका लागि ‘डि–प्लान’ (Discharged People's Liberation Army Network) स्थापना गरे। तर त्यसपछि उनी राजनीतिक दबाब र अवरोधको सामना गर्न बाध्य भए। एक समय उनको सक्रियताकै कारण जेलसमेत बस्नुपरेको थियो।

सरकार र अन्तर्राष्ट्रिय निकायबाट अपेक्षित न्याय नपाएपछि उनले आफूजस्तै हजारौं पूर्व बालसैनिकको तर्फबाट सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले बालसैनिक भर्तीलाई युद्ध अपराधको मान्यता दिएको हो।

अदालतले तत्कालीन माओवादी नेतृत्वलाई प्रत्यक्ष रूपमा दोषी ठहर नगरे पनि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमार्फत थप अनुसन्धान गरी आवश्यक निर्णय लिन निर्देशन दिएको छ।

फैसलामा बालसैनिकहरूले भोगेका मानसिक आघात, स्वास्थ्य समस्या, शैक्षिक अवसर गुमेको अवस्था तथा सामाजिक विभेदलाई सम्बोधन गर्न सरकारलाई विशेष कार्यक्रम ल्याउन पनि भनिएको छ। साथै ‘डिस्क्वालिफाइड’ र ‘डिस्चार्ज्ड’ जस्ता अपमानजनक शब्द प्रयोग नगर्न समेत अदालतले निर्देशन दिएको छ।

द्वन्द्वकालमा संयुक्त राष्ट्रसंघीय शिविरबाट बिदाइ गरिएका वयस्क लडाकुले ८ लाख रुपैयाँसम्म क्षतिपूर्ति पाए पनि बालसैनिकहरूले केवल १० हजार रुपैयाँ मात्र पाएका थिए। थप १ लाख रुपैयाँ दिने प्रतिबद्धता गरिए पनि त्यो कार्यान्वयन हुन सकेको थिएन। सर्वोच्च अदालतले अब उनीहरूलाई पनि समान आधारमा क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उल्लेख गरेको छ।

हाल ३६ वर्षीय लेनिन बिष्ट विवाहित छन् र उनका दुई सन्तान छन्। उनी हाल त्रिभुवन विश्वविद्यालयको इतिहास विभागमा एमफिल अध्ययनरत छन्। सर्वोच्चको फैसलापछि पनि आफूले पूर्व सहकर्मीबाट धम्कीहरू पाउन थालेको उनले बताएका छन्।

फैसलापछि प्रतिक्रिया दिँदै बिष्टले भने, “यो केवल मेरो वा नेपालका बालसैनिकहरूको मात्र जित होइन, अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण नजिर हो। हामीले गुमाएको बाल्यकालको न्याय पाउन लामो संघर्ष गर्‍यौं। न्याय ढिलो भयो, तर अस्वीकार भएन।”

माओवादी सशस्त्र द्वन्द्व सुरु भएको तीन दशक र शान्ति सम्झौताको दुई दशक पुग्न लाग्दा आएको यो फैसला नेपालको संक्रमणकालीन न्याय प्रक्रियाका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। हजारौं पूर्व बालसैनिकका लागि यो निर्णयले न्याय, सम्मान र पुनर्स्थापनाको नयाँ आशा जगाएको छ।

06/14/2026

ल है जर्मनी फ्यानहरु: Germany is playing their first match in this FIFA World Cup today. ❤️

06/14/2026

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको मेहनतले नेपालको अर्थतन्त्रलाई बलियो आधार दिएको देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामै रेमिट्यान्स आप्रवाह ४१.२ प्रतिशतले बढेर ऐतिहासिक १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैशाख महिनामा मात्रै २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ स्वदेश भित्रिएको छ। रेमिट्यान्सको यो उच्च वृद्धिसँगै देशको विदेशी मुद्रा सञ्चिति, चालु खाता र शोधनान्तर स्थिति थप मजबुत बनेको जनाइएको छ।

अर्थतन्त्रका धेरै क्षेत्र सुस्ताइरहेका बेला विदेशमा पसिना बगाइरहेका लाखौँ नेपालीले पठाएको रकम नै अहिले देशको अर्थतन्त्र धान्ने प्रमुख आधार बनेको विश्लेषण गरिएको छ।

06/14/2026

बाजुराको हिमाली गाउँपालिका ३ लाम्पाटामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना भएको छ ।

Want your business to be the top-listed Gym/sports Facility in Harrisburg?

Click here to claim your Sponsored Listing.

Location

Address


Harrisburg, PA