बनौ गाउ को परिचय
सामान्यतया समुन्द्रि सतह देखि करिब करिब २,५०० मिटरको उचाइमा रहेको यो गाउ निकै रमाइलो र मनमोहक सुन्दरताले भरपुर्न ठाउ हो। यहाको प्राय सबै भागमा मगर वस्तिले भरिएको छ भनै न्युन संख्यामा ब्राहामण तथा अन्य जातहरुको पनी बसोवास रहेको छ। बिहान उठ्ने बितिकै हिमाल देख्न पाइयोस भनेजस्तै साच्चै विहानको मिरमरेसगै बेलुकिको सन्धाया नहुन्जेल आमुन्ने सामुन्य भयर धौलागिरि हिमाल अनी वर्षौ देखि काधमा
काध मिलाइ सहयात्रा
गरिरहेको कालिगन्डकी नदी सग लुकामारी गर्दागर्दै दिनहरु वितिरहेको थाहै हुदैन। माथिदेखि तल सम्म केहि फराकिलो फाँटको रुपमा फैलिएको यो गाउ नौ वार्डमा विभाजित रहेको छ। भौगोलिक सुन्दरतामा निकै धनि यस ठाउमा, सुचना तथा संचारको अभावले गर्दा पर्यटन विकास भने न्युन मात्रामा वाहेक केहि प्रगतिहुन सकेको छैन। भौगोलिक रुपमा यस ठाउलाइ हेर्नेहो भने माथिल्लो तथा पुर्विभागमा गुरास तथा अन्य रुखहरुको घना जङगल छ भने गाउको भित्रीभागहरुमा पनि रुखविरुवाहरु रहेकोले झट्टहेर्दा सारै समाइलो लाग्दछ। वर्षभरिनै केहि गर्मि तथा धेरै जाडो हुने यस ठाउमा आलु, धान, मकै, केदो तथा फापर अधिक मात्रामा उत्पादन हुपठन पाठनको लागी दुइ ओटा वाल शिक्षा एक नि. मा. वि. तथा एक मा. वि. रहेको छ। शिक्षाको हिसावले हेर्ने हो भने 5/6 वर्ष पहिलोको तुलनामा यतिवेलाको अवस्थालाइ धेरै राम्रो मान्नु पर्दछ, हरेक वर्ष कक्षा दश पास गर्ने हरुको संख्या पनि धेरै नै रहेको छ। केहि वर्ष पहिले कक्षा एक देखि नै वाहिरको शिक्षक खोजेर कक्षा चलाउनु पर्ने वाध्यता रहेको थियो भने यति वेला कक्षा दश सम्मनै गाउकै स्थानिय शिक्षकहरु वाट पठन पाठन भइरहेको छ। भने केहि समय को अन्तरालमा 10+2 पनि खुल्ने योजना रहेको स्कुल व्यवस्थापन पक्ष वाट थाहा भयको छ। मलाइ लाग्दछ कि स्कुलको राम्रो व्यव्सथापनले पनी छोटो समयमै राम्रो उपलव्धि लिन सकोको हो।यस गाउको आयस्रोतलाइ हेर्ने हो भने अधिकमात्रामा लोकल आलु उत्पादन हुन्छ। प्रत्येक वर्ष आलु लगभग यक कोरोड रुपैया देखिमाथी नै निर्यात हने गर्दछ यस कुरालाइ नया पत्रिका तथा केहि साष्ट्रिय दैनिकहरुले पनी छापोको थियो। जतिवेला आलु लगाउने समयहुन्छ पुरा जिल्लाकै मान्छेहरु आलुको विउकै लागि भयपनि यस गाविस मा छिर्ने गर्दछन। यसवाट पनि वनौ गा. वि. स. को आय आर्जनमा ठुलो सहयोग पुराइ रहेको छ। साथै गाउमा उतापादन भयका कुनैपनि वस्तुहरु निर्यातको लागी साथै कुनै वस्तुहरु आयातको लागी मोटर वाटोको सुविधा रहेको छ। यसलेपनी यहाका मानिसहरुको दैनिक जिवनमा धेरै साहायता दिइ रहेको छ। गाउमा विजुली पानि तथा दैनिक उपभोग्य वस्तुहरुको खासै समस्या नरहेकोले पनी यसगाउका व्यक्तीहरु सुखमय जिवन विताइ रहेको अनुमान गर्न सकिन्छ
मेरो गाउ बनौको बरेमा उल्लेखित गरेको छु
म चित्र फकामी बनौ ५ मै मेरो बाल्येकाल देखि अहिले सम्म सोहि गाउमा बसोबास गर्दै छु पर्वत बनौ समाज
Want your business to be the top-listed Gym/sports Facility in Huntsville?